Thursday, September 8, 2016

आशलाग्दा ५ मन्त्रीहरु

२२ भदौ २०७३ काठमाण्डौं । रातारात हिरो दाउमा धेरैजसो । हालका कुनैपनि मन्त्रीसँग निश्चित कार्ययोजना छैन । तर उनीहरुमा देखिएको जोस–जाँगर र महत्वकांक्षाले भने केही आशा गर्न सकिने ठाऊँ छ । केही मन्त्रीहरु कार्ययोजना वनाउने तयारीमा रहेका छन् । केही मन्त्री परिपक्व भएकाले उनीहरुले दीर्घकालीन महत्वका काम गर्लान् भन्ने आशा गर्न सकिन्छ । यिनै मध्येका ५ जनाको छनौट गर्ने कोशिस गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसरी भएपनि सफल भइ छाड्ने उद्घोषका साथ अघि बढेका छन् । तर उनका काम हेर्न बाँकी छ । किनभने उनी अत्यन्तै अफ्टेरो परिस्थितिमा छन् । त्यसकारण उनको सफलतामा चौतर्फी संका पनि छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा अघिल्लो सरकारले ल्याएको बजेट पास गराउने अभियानमा छन् । तर विगतमा मन्त्री हुँदा उनले प्रदर्शन गरेको परिपक्वताका कारण जनतालाई निराश वनाउँदैनन् भन्ने पनि एकथरीको विश्वास रहेकोछ । सुरेन्द्र (राम) कार्कीले सञ्चार मन्त्रालय सम्हालेका छन् । निश्चित योजना नभएपनि उनी बौद्धिक र परिपक्व नेता भएका कारण केही नयाँ काम गर्ने आम आशा हुनु अस्वभाविक होइन । मन्त्री हुनेवित्तकै उनले टेलिकम नेतृत्वलाई सुधारकालागी दिएको अल्टिमेटम सहितको निर्देशन तारिफ योग्य नै थियो । दुई वर्षमा डेढ दर्जन जाहाज खरिदको उद्घोष गरेका पर्यटन मन्त्री जीवनबहादुर शाही नयाँ मन्त्री हुन् । भर्खरै उनले एउटा ‘बोल्ड डिसिजन’ गरेका छन् । सरोकारवालाहरुले पशुपतिनाथ मन्दिरको पुनसंरचना भारतलाई गर्न दिने सिफारिसलाई उनले धोती लगाइदिएका छन् । उनी पनि नयाँ कार्ययोजना बनाउने तयारीमा रहेका छन् । जोश जाँगर भएका अन्य मन्त्री पनि छन् कांग्रेस–माओवादीमा । जस्तो माओवादी केन्द्र जनार्दश शर्मा (उर्जा) केही ‘रिजल्ट’ दिनु पर्छ भनेर लागेका छन् । तर उनका परिपक्वताको खाँचो देखिन्छ । आजै हटाइहाल्ने, आजै लाइन काटेर रातारात हिरो भइहाल्ने जस्तो चरम महत्वकांक्षामा छन् मन्त्री शर्मा । छोटकरीमा भन्नुपर्दा आम मन्त्रीहरु रातारात हिरो हुने उपाय खोजिरहेका छन् । विगतमा केही मन्त्रीहरु यसैगरी हिरो भएका पनि छन् । आफ्नालागी रातारात हिरो हुनेगरी काम गर्ने कि देशकालागी दीर्घकालीन काम गर्ने ? भन्ने सम्बन्धमा मन्त्रीहरु रनभुल्लमा देखिन्छन् । किनभने उनीहरुसँग निश्चयनै लामो समय छैन । १. गगन थापा (स्वास्थ्य) आफ्नै कार्यकालमा विकट जिल्ला र गाऊँका जनतामा स्वास्थ्यको पहूँच स्थापित गरिछाड्ने घोषणा गरेका छन् स्वास्थ्य मन्त्री गगन थापाले । उनी कांग्रेसका मात्र होइन युवाहरुका पनि आशाका केन्द्र हुन् । नयाँ कार्यक्रम ल्याउने गृहकार्यमा रहेका गगन स्वास्थ्यविद्धहरुको वीचमा बसेर काम गरिरहेका छन् । २. कृष्णबहादुर महरा (अर्र्थ) उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा अघिल्लो सरकारले ल्याएको बजेट पास गराउने अभियानमा छन् । यस बजेटवाट उनलाई केही हात लाग्नेवाला छैन । तर विगतमा मन्त्री हुँदा उनले प्रदर्शन गरेको परिपक्वताका कारण उनले जनतालाई निराश वनाउँदैनन् भन्ने आम विश्लेषण छ । मन्त्री हुने वित्तिकै उनी पूर्वअर्थमन्त्री र धेरै अर्थविद्धकहाँ पनि पुगे । ३. अर्जुननसिंह केसी (सहरी विकास) सहरी विकास मन्त्री अर्जुननसिंह केसीले सपथ लिने बित्तिकै ‘मापदण्ड नपुगेका घर भत्काईने’ घोषणा गरे । मन्त्रालय स्रोतका अनुसार उनी कार्ययोजना बनाउन सक्रिय छन् । जसरी भएपनि ‘क्लिक’ हुने सोचका साथ मन्त्री भएका उनी सहरमा नयाँ काम गरेर देखाउने सोचमा छन् । ४. सुरेन्द्र (राम) कार्की (सञ्चार) सुरेन्द्र (राम) कार्कीले सञ्चार मन्त्रालय सम्हालेका छन् । निश्चित योजना नभएपनि उनी बौद्धिक र परिपक्व नेता भएका कारण केही नयाँ काम गर्ने आम आशा हुनु अस्वभाविक होइन । मन्त्री हुनेवित्तकै उनले टेलिकम नेतृत्वलाई सुधारकालागी दिएको अल्टिमेटम सहितको निर्देशन तारिफ योग्य नै थियो । ५. जीवनबहादुर शाही (पर्यटन) दुई वर्षमा डेढ दर्जन जाहाज खरिदको उद्घोष गरेका पर्यटन मन्त्री शाही नयाँ मन्त्री हुन् । गर्नखोज्दा यस मन्त्रालयले धेरै महत्वपूर्ण काम गर्न सक्छ । भर्खरै उनले एउटा ‘बोल्ड डिसिजन’ गरेका छन् । सरोकारवालाहरुले पशुपतिनाथ मन्दिरको पुनसंरचना भारतलाई गर्न दिने सिफारिसलाई उनले धोती लगाइदिएका छन् । उनी पनि नयाँ कार्ययोजना बनाउने तयारीमा रहेका छन् । यी पनि कांग्रेसवाट आशलाग्दा अर्जुननसिंह केसी (सहरी विकास) गगन थापा (स्वास्थ्य) जीवनबहादुर शाही (पर्यटन) शंकर भण्डारी (वन तथा भूसंरक्षण) केशवकुमार बुढाथोकी (सामान्य प्रशासन) माओवादीवाट आशलाग्दा कृष्णबहादुर महरा (अर्थ) हितराज पाण्डे (स्थानीय विकास ) जनार्दन शर्मा ‘प्रभाकर’ (उर्जा) सुरेन्द्र (राम) कुमार कार्की (सञ्चार) धनिराम पौडेल (शिक्षा) हालका २७ मन्त्रीहरु १. पुष्पकमल दाहाल ‘प्रचण्ड’– प्रधानमन्त्री । खानेपानी तथा सरसफाईस पशुपंक्षी विकास, महिला, बालबालिका तथा समाजकल्याण, विज्ञान तथा प्रविधि । २. विमलेन्द्र निधि – उपप्रधानमन्त्री, गृह । ३. कृष्णबहादुर महरा– उपप्रधानमन्त्री, अर्थ । ४. अर्जुननरसिंह के.सी. – सहरी विकास । ५. रमेश लेखक– भौतिक पूर्वाधार तथा यातायात । ६. जनार्दन शर्मा – ऊर्जा । ७. डा. प्रकाशशरण महत – परराष्ट्र । ८. बालकृष्ण खाँण– रक्षा । ९. दीपक बोहरा– आपूर्ति । १०. सूर्यमान गुरुङ – श्रम तथा रोजगार । ११. गौरीशंकर चौधरी– कृषि विकास । १२. दलजीत श्रीपाइली – युवा तथा खेलकुद । १३. विक्रम पाण्डे– भूमिसुधार तथा व्यवस्था । १४. जयदेव जोशी – जनसंख्या तथा वातावरण । १५. हितराज पाण्डे – सङ्गीय मामिला तथा स्थानीय विकास १६.सुरेन्द्रकुमार कार्की – सूचना तथा सञ्चार १७. धनिराम पौडेल– शिक्षा १८. अजयशंकर नायक – कानुन, न्याय, तथा संसदीय मामिला १९. केशवकुमार वुढाथोकी – सामान्य प्रशासन २०. रोमी गौचन थकाली– वाणिज्य २१. सीतादेवी यादव– शान्ति तथा पुननिर्माण २२. जीवनबहादुर शाही – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन २३. दिपक गिरी– सिँचाइ २४. नवीन्द्रराज जोशी– उद्योग २५. शंकर भण्डारी – वन तथा भूसंरक्षण २६. गगनकुमार थापा– स्वास्थ्य २७. हृदयराम थानी– सहकारी तथा गरिबी निवारण राज्य मन्त्री २८ श्रीप्रसाद जवेगु – संघीय मामिला तथा स्थानीय विकास २९ सत्यनारायण भगत– ऊर्जा ३० राधिका तामाङ्ग– कृषि विकास ३१ धनमाया वि.क.– शिक्षा

No comments:

Post a Comment