Thursday, September 8, 2016
क्रिकेटमा फसे प्रधानमन्त्री
गृहकार्य कम हुँदा सरोकारवालाहरुले निर्णय मानेनन् ।
नेपाल क्रिकेट संघ (क्यान) लाई बोर्डमा रूपान्तरित गर्न सल्लाहकार समिति बनाउने निर्णय विवादीत भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतिनिधिसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत बसेर गरेको निर्णय विवादीत भएको हो ।
आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेभ रिचर्डसन, कार्यकारी सदस्य इमरान ख्वाजा र एकाउन्ट शाखा प्रमुख अमर शेखले एकैपटक प्रधानमन्त्री, विभागीय मन्त्री र राखेप सदस्य–सचिवलाई सँगै राखेर बोर्ड बनाउन सल्लाहकार समिति बनाउने कुरामा सहमत गराएका थिए ।
विनागृहकार्य सदस्य–सचिवले मन्त्रीलाई ‘ब्रिफिङ’ गरेको र मन्त्रीले पनि सोही काँचो ‘ब्रिफिङ’ प्रधानमन्त्रीलाई गरेको हुनाले यस्तो अवस्था आएको सरोकारवालाहरुको विश्लेषण छ । सरोकारवालाहरुसँग छलफल नै नगरि आइसीसीका प्रतिनिधिहरुसँग बैठक बसाएर निर्णय गरिएपछि विवाद चुलिएको हो । क्यानको निर्वाचित कमिटी र पुरानो क्यान समितिका पदाधिकारीहरुले सल्लाहकार समितिमा नबस्ने निर्णय सार्वजनिक गरिसकेका छन् । गत बैशाखदेखि क्यान आइसीसीवाट निलम्बनमा परेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment