Friday, September 2, 2016
हेटौँडा- काठमाडौँ छोटो दूरीको सडक बिस्तारमा तीव्रता
हेटौँंडा, १७ भदौ । हेटौँडा– काठमाडौँ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग बिस्तार कार्यले फेरी तीव्रता पाएको छ ।
नाकाबन्दीपछि सुस्त बनेको ९० किलोमिटर लामो सडकचौँडा बढाउने कार्यलाई कान्तिलोकपथ सडक आयोजनाले फेरी तीव्रता दिएको हो ।
सडक आयोजना प्रमुख दीपक केसीकाअनुसार तराई आन्दोलन र नाकाबन्दीले गर्दा इन्धनको चरम अभावले काम ठप्पै बनाएकामा केही हप्तायता ठेकेदारले कामलाई तीव्रता दिएको जानकारी दिनुभयो ।
आयोजनाले चालुु आर्थिक वर्षभित्र सडकलाई चौडा गरिसक्ने र आउने आर्थिक वर्षदेखि कालोपत्रे गर्ने लक्ष्य छ । आयोजनाले ठेकेदार कम्पनीलाई सडक चौडा गर्न पुस मसान्तसम्मको समय दिएपनि इन्धन अभावले निर्धारित समयमा काम हुन नसक्ने देखिएकाले असार मसान्तसम्मको लागि म्याद थप भएको थियो ।
तर असारसम्म चौडागर्ने काम नसकिएपछि फेरि म्याद थप गरेर काम सकाउने योजना अघि सारिएको हो ।
सडक चौडा गर्ने काममा अझै एकवर्ष लाग्नसक्ने देखिएको छ । हेटौँडा र काठमाडौँबाट साना तथा ठूला सवारीका साधन सजिलैसँग ओहोरदोहोर गर्नका लागि यो मार्गले निकै सहयोग पुग्ने स्थानीयवासी बताउँछन् ।
हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटो र चापागाउँ दोबाटो सम्म ९० किलोमिटर लम्बाइ रहेको सडकको चौडाइ तीनदेखि पाँच मिटर रहेकाले त्यसलाई ८.३० मिटर चौडा गर्न लागिएको आयोजनाका प्रमुख केसीले बताउनुभयो ।
विभिन्न खण्ड गरी सडक चौडाका लागि हेटौँडाको बुद्धचोकदेखि ललितपुरको टिकाभैरव पुलसम्म ७९ किलोमिटर कन्टेक प्रालि, एससिसि मोतिदान जेबी, महालक्ष्मी सिं एण्ड ब्रदर्स जेबी, कञ्चनजङ्गा गोल्डेन ग्रुप र हनुमान कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।
हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटो चाँपागाउँ दोबाटोसम्म ९० किमीमध्ये हेटौँडादेखि टिकाभैरवको पुलसम्म ७९ किमी सडक योजनाले हेर्ने र बाँकी टिकाभैरवको पुलदेखि सातदोबाटो चाँपागाउँ दोबाटोसम्म ११ किमी भने ललितपुर सडक डिभिजन कार्यालयले हेर्ने आयोजना प्रमुख केसीले बताउनुभयो ।
सडक डिभिजन कार्यालयले हेटौँडाको बुद्धचोकदेखि चुच्चे खोला, चुच्चे खोलादेखि जितपुर र टिकाभैरवदेखि तिनपानेसम्मको सडक खण्डको कालोपत्रे स्तरोन्नतिका लागि यसअघि नै बोलपत्र आह्वानसमेत गरिसकेको छ ।
जग्गा अधिग्रहण गर्न र अधिकांश स्थानमा सडक छेउमा घर टहरा बनिसकेको तथा अतिक्रमित संरचना हटाउनुपर्ने चुनौती आयोजनालाई छ । यस सडकलाई दक्षिणकाली–सिस्नेरी सडकखण्ड, त्रिभुवन लोकपथको विकल्पको रुपमा हेरिएको छ ।
गत वर्षको विनाशकारी भूकम्पका कारण आएको पहिरोले अन्य लोकमार्गलाई अवरोध गरेपछि यस मार्गलाई वैकल्पिक मार्गको रुपमा स्थापित गराउन राज्यले चासो बढेको हो ।
प्रत्येक आर्थिक वर्षमा रु पाँच-पाँच करोड विनियोजन भएकामा चालुु आर्थिक वर्षका लागि रु ३९ करोड विनियोजन भएको छ । यसअघि सो योजनामा झन्डै ४७ करोड खर्च भइसकेको छ ।
विंसं.२०१३मा राजा महेन्द्रले शिलान्यास गरेपछि यो ‘राजपथ’ निर्माण सुरू गरिएको थियो । काठमाडौँ– हेटैँडा वैकल्पिक सडकको योजनाका रूपमा २०६५ सालमा सरकारले तत्कालीन कान्ति राजपथलाई ‘लोकमार्ग’ नाम दिइ छुट्टै योजनाका रूपमा कामअघि बढाएको हो । रासस
Subscribe to:
Post Comments (Atom)
नमस्ते।
ReplyDeleteम श्रीमती अल्टोरो मार्टिन एक निजी ऋणदाता हूँ जसले व्यक्तियों, व्यापारिक कम्पनीहरु, बीमा र अन्य को लागि ऋण जीवन को अवसर प्रदान गर्दछ। तपाईं वित्तीय समस्यामा हुनुहुन्छ वा लगानीको लागी ऋण चाहिन्छ वा तपाइँलाई बिल को तिर्नु पर्ने कुनै टाढाको रकम चाहिन्छ जुन हामी यहाँ छौं तपाईको अतीतको केहि कुरामा तपाईको आर्थिक समस्या बनाउन। हामी अग्रिम शुल्कसँग 2% दरसँग मुद्रा मुद्रामा सबै किसिमको ऋण प्रदान गर्दछौं। म यो महान माध्यम प्रयोग गर्न चाहन्छु कि तपाईंलाई थाहा छ कि हामी यहाँ छौं तपाईंको वित्तीय समस्या समाधान गर्न को लागी कुनै पनि प्रकारको ऋण संग। हो फेरि अब अधिक जानकारीको लागि ईमेल (सफालोलोङ्गओब्युम्पम्पम्पनी @ gmail.com) मार्फत तपाई धेरै विशेष हुनुहुन्छ।