अहिलेको वजन ३ सय १७ केजी छ, थप्नुपर्ने १ सय ३३ केजी ।
मानिसको जीवन जिउने आ–आफ्नो कला हुन्छ । अमेरिका टेक्सास बस्दै आएकी २७ बर्षे मोनिकाको दैनिकी सुन्ने जो कोहीलाई भने अचम्म लाग्न सक्छ । ३ सय १७ केजीकी उनलाई अझै मोटाउनु परेको छ ।
मोटाउनकोलागी भन्दै उनी दैनिक पर्याप्त क्यालोरीयुक्त खाना खाइरहेकी छन् । भन्छिन् – ‘४ सय ५० केजीकी हुन चाहान्छु ।’ त्यसकालागी उनले चिकित्सकको सल्लाह अनुसार खानाको मात्रा बढाउँदै लगेकी छन् । १ सय ३३ केजी वजन थप्न सकेको खण्डमा मात्र उनले चाहेको वजन प्राप्त हुन्छ ।
मोटाउनकोलागी मोनिकालाई उनको २५ बर्षे ‘ब्वाईफ्रेन्ड’ले सहयोग गरिरहेका छन् । पाइप र सोलीको माध्यमले पोशिला खानेकुरा खुवाउने काम ब्वाइफ्रेन्डको हो । पकाएर खुवाइरहने काम पनि तिनै लक्का जवानको हो । मोनिकाको ९१ इन्चको पेट नफुलुन्जेलसम्म उनले खुवाइनै रहन्छन् ।
मोनिका खासमा मोडल हुन् । अहिलेपनि उनी अनलाइन मोडलिङ गरिरहेकी छन् । त्यसोभए किन मोटाएर ४ सय ५० केजी हुन चाहिरहेकी छन् त ? यसको जवाफ हो, उनी संसारकै सवैभन्दा मोटी भएर ‘गिनिजबुक अफ वल्र्ड रेकर्ड’मा दर्ता हुन चाहान्छिन् । मोटाईले मोडलिङमा मद्धत मिल्ने उनीहरुको विश्वास रहेको छ ।
सँग–सँगै यो जोडी बच्चा जन्माउने योजनामा रहेको पनि सुनाउन चुक्दैनन् ।
स्रोत – डेलिमेल ।
No comments:
Post a Comment