Thursday, December 10, 2015
संसद् खुलाउन मधेसी मोर्चासँग सिंहदबारमा वार्ता
संसद् बैठक ५ बजेका लागि सारियो
काठमाडौं : तीन महिनादेखि अवरुद्ध संसद् खुलाउन सत्तारुढ एमाले, एमाअाेवादी र प्रमुख प्रतिपक्षी कांग्रेसले बिहीबार दिउँसो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सिंहदरबारमा वार्ता गर्दैछन् ।
संंविधान र सीमांकनमा असन्तुष्टी जनाउँदै मधेसी मोर्चााले अवरुद्ध गर्दै आएको संसद् बैठक खुलाउनका लागि सत्तारुढ एमाले, माओवादी तथा प्रमुख प्रतिपक्षी कांग्रेस र मधेसी मोर्चाको बैठक तीन बजेबाट सिंहदरबारमा बस्ने भएको हो ।
दिउँसो ३ बजेका लागि डाकिएको संसद् बैठक मधेसी मोर्चाले अवरोध गर्ने जनाएपछि सहमति जुटाएर संविधान संशोधन र पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयक अघि बढाउने प्रयासस्वरुप त्रिपक्षीय बैठक बस्न लागेको हो ।
संसद् खुलाउनका लागि बिहीबार बिहान बिहान प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री कमल थापा, प्रमुख प्रतिपक्षी कांग्रेसका नेताद्वय शेरबहादुर देउवा र कृष्ण सिटौला र मधेसी मोर्चाका नेता महन्थ ठाकुरबीच बालुवाटारमा बैठक भएको थियो ।
सोही बैठकले संसद् खुलाइ मधेस आन्दोलनलाई सम्बोधन गर्ने थप तयारीका लागि पुनः छलफल गर्ने निर्णय गरेको थियो । दिउँसो ३ बजे त्रिपक्षीय बैठक बस्ने भएपछि संसद् बैठक साँझ ५ बजेका लागि सारिएको छ ।
मधेसी मोर्चाका नेताहरु भारतबाट बुधबार फर्किएपछि सरकार र प्रमुख प्रतिपक्षी कांग्रेसले सहमतिको प्रयासलाई पुनः अघि बढाएका हुन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment