Thursday, December 10, 2015
नाकाबन्दीयता नेपालगन्ज नाकाबाट सबैभन्दा धेरै गाडी भित्रिए
नेपालगन्ज : भारतले अघोषित नाकाबन्दी गरेयता नेपालगन्ज-रुपैडिया नाकाबाट बिहीबार सवैभन्दा धेरै इन्धन र मालबाहक गाडी नेपाल भित्रिएका छन् ।
बिहीबार दिउँसो साढे २ बजेसम्म नेपालगन्ज नाकाबाट ३४ वटा इन्धनका गाडी भित्रिएका छन् । हालसम्म डिजल १९, पेट्रोल ५, हवाई इन्धन ३ र खाना पकाउने ७ बुलेट ग्यास भित्रिएको इलाका प्रहरी कार्यालय जुमनाहाका इन्चार्ज प्रहरी नायव निरीक्षक बिष्णु गिरीले बताए ।
जमुानहा हालसम्म १ सय ६१ भन्दा बढी मालवाहक गाडी नेपाल भित्रिएको जमुनहा प्रहरीले जनाएको छ । राति ११ बजेपछि मधेसी मोर्चाका कुनै कार्यकर्ता दशगजामा नदेखिएको गिरीले बताए ।
भारतीय सशस्त्र सुरक्षा बल (एसएसवी) ले पनि अन्य दिनको तुलनामा मालवाहक गाडी नेपाल पठाउन सहयोग गरिरहेको इन्चार्ज गिरीले जानकारी दिए ।
मधेसी मोर्चाका कार्यकर्ता सीमा बजार रुपैडियामा भएपनि नाकामा कुनै अवरोध नगरेको प्रहरीले जनाएको छ । अहिले पनि मालवाहक र इन्धनका गाडी नेपाल आउने क्रम जारी छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment