Thursday, December 10, 2015

झापामा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

२४ मंसिर, झापा । झापाको सुरुङ्गा चोकमा बाटो काट्दै गरेका एक व्यक्तिको बसको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका-३, झापा निवासी गंगाबहादुर विश्वकर्मा छन् । सडक छेउमा उभिएका ५२ वर्षीय विश्वकर्मालाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ९९९९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो । तिव्र गतिमा रहेको उक्त बसले सुरुङ्गा चोकमा अर्को बसलाई ओभरटेक गर्न खोज्दा विश्वकर्मालाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । विर्तामोडस्थित वी एण्ड सी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका इञ्चार्ज नविनकुमार घिमिरेले जानकारी दिए । यात्रुलाई ठक्कर दिएर भागेको बसलाई झिलझिलेबाट प्रहरीले नियन्त्रणमा लिएको छ । चालक शिवसताक्षी नगरपालिका निवासी सुगनलाल चौधरीसहित बसलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment