Sunday, January 31, 2016

जिमखानामै सम्भोग गर्छन् एक चौथाई बेलायती

सयमा पच्चिस जना बेलायतीहरुले व्यायामशालामा नै सेक्स गर्ने गरेको खुलासा भएको छ । झण्डै २ हजार जनामा गरिएको सर्भेक्षणले २५ प्रतिशत बेलायतीहरुको यस्तो फोहोरी प्रवृत्ति बाहिर आएको हो । एन समर्सले गरेको अध्ययन अनुसार १० प्रतिशतले जिमखानामा जाँदा समेत कण्डम बोक्ने गरेका छन् । आधाजसो बेलायतीले जिमखानालाई केवल व्यायाम वा तन्दुरुस्ती प्राप्त गर्ने स्थानको रुपमा मात्र नलिई कसैसँग सम्बन्ध गाँस्ने ठाउँको रुपमा पनि लिने गरेको पाइएको छ । अझ रोचक कुरा त के भने जिमखानामा गएर सेक्स गर्नेहरुमा ४७ प्रतिशत महिला रहेका छन् । महिलाहरुले जिमखानामा आफ्नो नितम्ब पुष्ट देखाउने मेसिनको प्रयोग गर्न मन पराउने गरेका छन् भने पुरुषहरुले आफ्नो बाइसेप देखाउने व्यायाम मन पराउँछन् । जिमखानामा सम्भोग गर्ने मध्ये २० प्रतिशतले आफ्नो गुरुसँग सेक्स गर्ने गरेका छन् । जिमखानाको व्यायाम सकिएसँगै उनीहरुले खासगरी बाथरुममा नुहाउने बेला यस्तो गर्ने गरेको पाइएको छ । त्यस्तै अन्यले डेटिंग एपमार्फत जोडी जुराउने गरेका छन् । जिमखानामा सेक्स गर्ने मध्ये ३१ प्रतिशत समलिंगी पुरुष तथा ४९ प्रतिशत महिला पुरुष हुने गरेको पाइएको छ । जिमखानामा नियमित व्यायाम गर्ने महिला तथा पुरुषको अनुभव अनुसार नियमित व्यायामले उनीहरुको यौन सन्तुष्टिमा बढोत्तरी गरिरहेको छ ।

अध्ययन भन्छः सोझा सिधा महिलाले लुकिछिपी हेर्छन् पोर्न फिल्म

बेलायतको एसेक्स विश्वविद्यालयका शोधकर्ताहरुले गरेको पछिल्लो अध्ययनले महिलाहरुको बारेमा रहेको आम धारणा विपरितको तथ्य पत्ता लगाएको छ । शोधकर्ता गरुल्फ रेगरले गरेको अध्ययन अनुसार दुनियाका सिधा साधा मानिने महिलाहरु पनि पोर्न फिल्म हेर्न निकै उत्सुक हुन्छन् र उनीहरुले लुकिछिपी पोर्न फिल्म हेर्ने गर्छन् । आफ्नो यौन आकांक्षा तथा पोर्न सामाग्री हेर्ने इच्छालाई लुकाउन महिलाहरु निकै खप्पिस हुने तर उनीहरुले लुकिछिपी गे पोर्न वा बाइसेक्सुअल पोर्न हेर्न निकै रुची राख्ने गरेको अध्ययनको ठम्याइ छ । यसअघि बोइस स्टेट युनिभर्सिटीले सन् २०११ मा गरेको अध्ययनले झण्डै ६० प्रतिशत महिलाहरु आफु समलिंगी नभैकन पनि अन्य महिलाहरुप्रति आकषिर्त हुने गरेको देखाएको थियो । त्यस्तै ४५ प्रतिशत महिलाहरुले अर्को महिलालाई चुम्बन गरेको स्विकार गरेका थिए भने ५० प्रतिशत महिलाले अन्य महिलासँग नै यौनक्रिडा वा मैथुन गरेको खुलासा गरेका थिए । पर्सनालिटी एण्ड सोसल साइकोलोजी जर्नलमा छापिएको पछिल्लो शोध अनुसार सोझा सिधा महिलाहरुले कवल लभ फेन्टासी मात्र राख्दैनन् उनीहरुले अर्को सुन्दर महिलासँग शारीरिक सम्बन्ध समेत बनाउन चाहन्छन् । यस्ता महिलाहरु रोमान्स, सेक्सको भावना तथा आत्मीयताको कुरा पोर्न फिल्म हेरेर सिक्ने गर्छन् । महिलाहरुलाई समेत पुरुष संलग्न पोर्न सामाग्री भन्दा गर्ल पोर्न वा लेस्बियन पोर्नले बढि उत्तेजित गराउँछ । महिलाहरुलाई सिधा सोझा पुरुषको तुलनामा आफ्नो कल्पनामा तेजा तथा चलाख पुरुष मन पर्दछ ।

चिनियाँ जहाजका १४ पाइलटको लाइसेन्स फेल

१८ माघ, काठमाडौं । चिनियाँ वाई १२ ई ‘कोइली’ नामक १८ सिट क्षमताको विमान उडाउने सबै पाइलटको लाइसेन्स फेल भएको छ । यसमा आबद्ध १४ जना पाइलटको उडान अनुमति पत्र दुई महिनादेखि नवीकरण भएको छैन । वाई १२ ई जहाज उडाउने चार जना क्याप्टेन र १० जना कोपाइलटले नियमित उडान गर्न नपाउँदा लाइसेन्स फेल भएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । लाइसेन्स नवीकरणका लागि तोकिएको मापदण्डअनुसार नियमित उडान गर्नुपर्छ । प्रशिक्षक पाइलटको अभावमा दुई महिनाभन्दा लामो समयदेखि जहाज उडान नहुँदा सबैको लाइसेन्स फेल भएको नेपाल वायु सेवा निगमले जानकारी दिएको छ । २० लाखमै तालिम दिन चीन तयार चीनले यसअघि एक जना प्रशिक्षक पाइलट आईपी लाई तालिम दिन ९० हजार डलर मागेको भए पनि पर्यटन मन्त्रीले यो शुल्क अधिक भएकाले घटाउन गरेको आग्रहअनुसार १९ हजार डलरमा तालिम दिन चीन सहमत भएको हो ।

आजदेखि सातामा ९१ घण्टा लोडसेडिङ (तालिका)

१८ माघ, काठमाडौं । सरकारले एक बर्षभित्र लोडसेडिङ हटाउने भनिरहे पनि नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ बढाएर साताको ९१ घण्टा पुर्‍याएको छ । प्राधिकरणको नयाँ तालिका अनुसार सोमबारदेखि दैनिक १३ घण्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएको थियो । ‘यसअघि सातामा ८३ घण्टा हुँदै आएको लोडसेडिङ ९१ घण्टा पुर्‍याउन बाध्य भएका छौं,’ नेपाल विद्युत प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले भने । प्राधिकरणका अनुसार हाल विद्युतको माग १३ सय मेगावाट भए पनि भारतबाट आयात गरेको समेत जोडेर नेपालमा ५ सय मेगावाट मात्रै बिजुली छ । माग भन्दा झण्डै ८ सय मेगावाट बिजुली अभाव भएकाले लोडसेडिङ बढाउनु परेको क्षेत्रीले तर्क गरे ।

फेसबुकको प्रोफाइल पिक्चरले करिअरमै पार्नसक्छ असर

के तपाइँको फेसबुकको प्रोफाइल पिक्चर इम्प्रेसिभ अर्थात् हेर्दैमा अरुलाई प्रभाव पार्ने खालको छ ? यदि छैन भने तत्कालै बदलिहाल्नुस् र इम्प्रेसिभ फोटो राख्नुस् । किनकी यसले तपाइँको करिअरमै ठूलो प्रभाव पार्नसक्छ । यदि फेसबुकको प्रोफाइल पिक्सर प्रभावकारी खालको राख्नुभयो भयो त्यसले तपाइँको करिअरमै सकारात्मक प्रभाव पार्नसक्छ । तर फेसबुकको प्रोफाइल पिक्चर दिक्कलाग्दो भयो वा तपाइँको व्यक्तित्वलाई झल्काउने खालको भएन भने त्यसले करिअरमै नकारात्मक असर पूराउने जोखिम हुन्छ । यो कुरा मनगढन्ते पाराले भनेको होइन । हालै गरिएको एक अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएको हो । बेल्जियमको घेन्ट विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार आफ्नो बायोडाटामा राखिने फोटोभन्दा पनि फेसबुकको प्रोफाइलमा राखिने फोटोले राम्रो जागिर तथा अवसर दिलाउनमा मद्दत गर्दछ । शोधकर्ताका अनुसार जब कुनै व्यक्ति जागिर खोज्न जान्छ तब उसले बुझाउने बायोडाटा अध्ययन गर्दा रोजगारदाताले कमैमात्र जानकारी प्राप्त गर्न सक्छ । तर जब बायोडाटामा उल्लेखित फेसबुक आइडीमा गएर उसको फेसबुक प्रोफाइल हेर्दा रोजगार दाताले उक्त उमेद्धारको बारेमा निकै धेरै जानकारी प्राप्त गर्नसक्छ । रोजगारदाताले यसरी उमेद्धारको फेसबुक प्रोफाइल हेर्ने क्रममा सुरुमै उसको प्रोफाइल पिक्चरबाट प्रभावित हुन सकेन भने ऊ प्रथम दृष्टिमै अयोग्य हुने सम्भावना धेरै हुन्छ । तर यदि प्रोफाइल पिक्चर प्रभाव पार्ने खालको वा सुन्दर भयो भने रोजगारदाताले उमेद्धारको फेसबुक वालका अन्य पोष्टहरु पनि हेर्दै जान्छ र उसको पृष्ठभूमि, रुची, मनोविज्ञान, ज्ञानको दायरा आदिका विषयमा जानकारी हासिल गर्न सक्छ । यसले उक्त उमेद्धारले आफ्नो क्षमता अनुसारको जागिरमा छनोट हुने सम्भावना बढाउँछ । फेसबुक एक यस्तो सोसल मिडिया हो जसमा हरेक महिना लाखौँ नयाँ प्रयोगकर्ता जोडिइरहेका हुन्छन् । मानिसहरु फेसबुकमा निकै धेरै कुराहरु शेयर गरिरहेका हुन्छन् । आफ्ना साथी तथा परिवारसँग समेत शेयर नगरेका कुराहरु फेसबुकमा शेयर गरिएको हुन्छ कहिलेकाहीँ । सोही कारण फेसबुक कुनै व्यक्तिको बिहंगम व्यक्तित्वका विषयमा पत्ता लगाउन निकै सजिलो टूल बनिरहेको छ । त्यसैले फेसबुकमा व्यक्तिले गर्ने पोष्ट तथा अपलोड्सले कुनै व्यक्तिको निजी तथा सामाजिक जिवनमा मात्र होइन करिअरमै पनि प्रभाव पार्ने शोधकर्ताहरुले बताएका छन् ।

क्रिकेट अपडेटः नेपालले दोस्रो विकेट गुमायो

१८ माघ, काठमाडौं । यू १९ विश्वकप क्रिकेटमा नेपालले अहिले बलियो प्रतिद्वन्द्वी भारतसँग खेलिरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ब्याटिङ गरिरहेको छ । हामी निरन्तर अपडेटमा छौं: १२ ओभरको खेल सकिएको छ । नेपालले २ विकेट गुमाएर २७ रन जोडेको छ । ००० नेपालले ९ ओभरको खेल सकिँदासम्म २ विकेट गुमाएर २४ रन जोडेको छ । इनिङको पहिलो ओभरमै ओपनर सुनील धमलालाई शून्य रनमा गुमाएको नेपालले सातौं ओभरमा योगेन्द्रसिंह कार्कीलाई ७ रनको व्यक्तिगत स्कोरमा गुमाएको छ । नेपालको इनिङ अर्का ओपनर सन्दिप सुनार १५ रन बनाएर क्रिजमा छन । चौथो नम्बरमा कप्तान राजु रिजाल ब्याटिङका लागि आएका छन ।

Friday, January 29, 2016

आयरल्याण्डविरुद्ध नेपालले पायो १३२ रनको लक्ष्य

१६ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तर्गत आयरल्याण्डविरुद्धको खेलमा नेपालले १३२ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ राजेको आयरल्याण्डले पूरै ५० ओभरमा ९ विकेटको क्षतिमा ३१ रन बनायो । नेपालका लागि सन्दिप लामिछानेले ५ विकेट लिए । यू-१९ विश्वकपमा नेपालका लागि ह्याट्रिक लिने लामिछाने पहिलो र एकमात्र नेपाली बलर बने । प्रदिपसिंह ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले एक-एक विकेट लिए । आयरल्याण्डका लागि जे टेक्टरले नटआउट ३० रन बनाए । पहिलो खेलमा टेष्ट मान्यताप्राप्त टोली न्यूजिल्याण्डलाई ३२ रनले हराएको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिएको छ । शनिबारको खेल जिते नेपाल दोस्रो चरणमा पुग्नेछ । अघिल्लो चरण पुग्न नेपाललाई शनिबारको खेल जित्नैपर्ने दबाव छ । समूह ‘डी’मा रहेको नेपाल २ अंकसहित दोस्रो स्थानमा छ । भारत भने पहिलो स्थानमा छ ।

जंगबहादुरः सुन्दरीहरुका भोगी नेता

इतिहास पढ्दा जंगबहादुरलाई एक बहादुर, शक्तिशालि, दन्त्यकथाको नायक जस्तै बुद्धि र बलमा निपूर्ण व्यक्तित्वको रुपमा लिइन्छ । तर, यी जंगबहादुर औंठाछाप नै थिए । यिनले अक्षर पनि चिन्न र आफनो नाम पनि राम्रोसँग लेख्न सक्तैनथे । हालसम्मको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्न सौभाग्य पाएका जंगबहादुर राणाको जन्म बि सं १८७४ असार ७ गते पिता बालनरसिंह कुवर र माता गणेशकुमारीको कोखबाट गोरखाको बोर्लागं भन्ने ठाउँमा भएको थियो । जंगबहादुर सानैदेखि स्कुलको शिक्षामा रुची राख्दैनथे । उनी आफ्ना पिताका साथ धनकुटा, डडेलधुरा र जुम्लामा रहँदा कुस्ती, बन्दुकबाजी, घोडसवार तथा युद्धकलामा साहै निपूर्ण तथा बिद्धत हुँदै गएका थिए । परिस्थितिबस एउटा अनपढ र मुर्ख जंगबहादुरको हातमा राज्य संचालनको निरंकुश अधिकार पर्‍यो । तर, पनि उनले चाहेका भए देश बिकास र राज्य संचालनको राम्रो जग बसाल्न सक्थे तर उनले त्यस्तो नगरी आफनो भोगबिलास र सुखसुविधाका लागि राज्यकोषको ढुकुटीको चरम दुरुपयोग गरे । उनी प्रधानमन्त्री भएको समय बृटिस साम्राज्यको बिस्तार चल्दै थियो । त्यसबेला अहिलेको स्वतन्त्र मुलुक भारत पनि बि्रटिसको कब्जामा थियो । त्यतिबेला भारतमा अगे्रजबिरोधी गतिबिधि बढ्दै गएको बेला बि्रटिस साम्रराज्यसँग लड्न नसकिने ठानेर उल्टै जंगबहादुरले भारतको लखनउमा अंग्रेजबिरुद्ध गतिबिधि दमन गर्न सैनिक पठाएर सहयोग गरी लखनऊमा लुटपाट मच्चाएर त्यहाँको बनावटको ठुलो सम्पति हात पारेका थिए । कतिपय बिद्रोह दबाएपछि भागेर नेपाल आएका भारतका धन कुबेर बेगम तथा महारानीलाई आफ्नै थापाथली दरबारको प्राङ्गणमा शरणार्थीको रुपमा बस्न दिएर उनीहरुसँग भएको हीरा, मोति पन्ना लगायत बहुमुल्य गरगहना सबै आफुले नै लिएका थिए । त्यसपछि ती धन सम्पति सबै उनले आफू र आफना सन्तानको भोग बिलासका लागी नै खर्चेका थिए । जंगबहादुर यतिसम्म सुन्दरीहरुका भोगी थिए कि उनका दरबारमा इन्द्रको राज्य अमराबतिलाई पनि बिर्साउने खालका भोग बिलासका साधनहरु थिए । उनी अत्यन्त कामुक थिए । उनका बिबाहित र ल्याइते गरेर ३६ भन्दा बढी पत्नीहरु भएको पाइन्छ । साथै प्रशस्तै आघोषित पत्नीहरु तालिमे, सुसारे, नर्तकी र रखौटीहरु थिए । उनका लागि नेपाल तथा भारतबाट बिभिन्न तरुनी केटीहरु खोजेर ल्याउने प्रशस्त मानिसहरु खटाइएका थिए । बिश्वकै महंगी बेश्यामध्येकी एक लुरा बेलसँग सहबास गरेर जंगबहादुरले आफूलाई एक धनी कामुकहरुको सूचीमा समेत राख्न सफल भएका थिए यसरी उनलाई तरुनीहरु ल्याइदिनेमा सुब्बा, काजी तथा उच्च पदमा बढुवा हुन्थे भने उनको लागी केटी खोजेर ल्यान नसक्नेलाई दण्डसमेत हुन्थ्यो । यदी उनको दरबारमा उनको कामुकतामा भिड्न नचाहने र नसक्ने केटीहरुलाई भोटमा लगेर नेपाल सरकारको प्रतिनिधि मार्फत बेचबिखन हुने गर्दथ्यो । जंगबहादुर यतिसम्म कामुक थिए कि भारततर्फ जाँदा बनारस र पटनाका नामुद बेश्याहरुसँग पनि सहबास गर्दथ्ये । एकपटक बिसं १९०७ मा बेलायत यात्राका क्रममा जंगबहादुरले लण्डनकी प्रसिद्ध बेश्या सुन्दरी लुरा बेलसँग एक रातको २५ लाख पाउण्ड तिरेर सहबास गरेका थिए । बिश्वकै महंगी बेश्यामध्येकी एक लुरा बेलसँग सहबास गरेर जंगबहादुरले आफूलाई एक धनी कामुकहरुको सूचीमा समेत राख्न सफल भएका थिए । उनले सहबास गर्ने कतिपय केटीहरु साहै्र कम उमेरका पनि थिए । जंगबहादुर आफूले कतिपय तरुनीहरुलाई आवश्यकता अनुसार सन्तुष्टि दिन शारीरिक क्षमता ह्रास हुँदै गएका कारण साह्रै निराश हुन्थ्ये । यौनपिपासु, यौनसुखमा लिप्त हुन र तिब्र यौन चाहनामा आबश्यकताअनुसारको सन्तुष्टि दिन नसकेकै कारण निराश भएर जंगबहादुरले अफिमको लत पनि लिने गरेका थिए । देशको जिम्मेबार पदमा बसेका जंगबहादुर आफै कामुकतामा लिप्त भएर राज्यकोषको दुरुपयोग हुँदा देश निकासमा खासै प्रगति हुन सकेको थिएन । सेक्स जीवनको एउटा पाटो हो तर सेक्समै जीवन बिताउँदा जीवनको अर्को पाटो अधुरो हुन्छ र जीवनमा त्यसैले धेरै उतार चढाव ल्याउँछ भन्ने कुरा जंगबहादुर जस्ता यौन पिपासुले बुझ्न सकेनन् ।

प्रधानमन्त्रीको भारत भ्रमण तयारी गर्न अर्थमन्त्री दिल्ली जाने

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीका लागि अर्थमन्त्री विष्णु पौडेल माघ २४ गते दिल्ली जाने भएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पौडेललाई भारत भ्रमणको निम्तो पठाएका छन् । अर्थममन्त्री पौडेलको भारत भ्रमण माघ २४-२६ गते (फेब्रुअरी ७-९ तारिख) मा हुने भएको छ । प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि अर्थमन्त्री भारत जान लाग्नु भएको हो’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले अनलाइनखबरसँग भने । प्रधानमन्त्रीको भारत भ्रमणको मिति भने अझै तय भइसकेको छैन । नेपालले सेप्टेम्बर दोस्रो र तेस्रो साता प्रस्ताव गरिएको छ । फागुन ५ गते (फेब्रुअरी १७ ) सम्म प्रधानमन्त्रीको कार्यक्रम तय भइसकेकाले त्यसपछिको मिति प्रस्ताव गरिएको हो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निम्तोका आधारमा परराष्ट्र मन्त्रालयले भ्रमणको प्रस्ताव पठाएको छ ।

चोरीको आरोपमा दुई व्यक्ति पक्राऊ

१६ माघ, सोलुखुम्बु । सोलुखुम्बुको पावै ७ मा रहेको किराना पसलमा चोरी गर्ने २ व्यक्ति पक्राउ परेका छन् । गत बिहीबार राती किराना पसल फोरेर रिचार्ज कार्डसहित नगद चोरेर भाग्दै गरेको अवस्थामा प्रहरीले सोलुखुम्बु गुदेल ७ का बर्ष १९ का अबिरल कुलुङ र छेस्काम ७ का बर्ष १६ का दिपेश कुलुङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ६० हजार १ सय ९७ रुपैयाँ नगद, नेपाल टेलिकमको १ सय दरका ४३ थान रिचार्ज कार्ड, लेडिज ब्याग १ थान र मोबाइल सेट ६ थान बरामद भएको छ । उनीहरुको साथबाट खुकुरी र चक्कुसहित पीलास समेत बरामद गरिएको प्रहरी निरिक्षक पुष्कर बोगटीले जानकारी दिए । करिब ४ लाख बराबरको चोरी गरी भाग्दै गरेकोे अवस्थामा नेले प्रहरी चौकीले उनीहरुलाई नेलेमा पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यलय सल्लेरी ल्याइएको छ ।

नेयमारलाई नखेलाए मलाई मार्छः इनरिके

१६ माघ, काठमाडौं । प्रशिक्षक लुइज इनरिकेले बार्सिलोना र एथ्लेटिको मड्रिडबीच को खेल यो सिजनको उपाधि होडमा निर्णायक नहुने बताएका छन् । बार्सिलोना र एथ्लेटिको मड्रिड स्पेनिस ला लिगामा शनिबार राति भिड्दैछन् । खेल अघिको पत्रकार सम्मेलनमा बार्सिलोनाका प्रशिक्षक इनरिकेले यो खेल अंक तालिकाको शीर्ष स्थानमा उक्लने होड हुने बताए । उनले एथ्लेटिको मड्रिड चिरप्रतिद्वन्द्वी भएको र उसलाई हराउन अंक र हेड टु हेड दुबैका लागि महत्वपूर्ण हुने बताए । पहिलोदेखि अन्तिम मिनेटसम्म राम्रो प्रदर्शन गरेर खेलमा पूर्ण नियन्त्रण राख्न चाहेको उनले बताएका छन् । नेयमार र अल्बाले राम्रो प्रदर्शन गरिरहेको उनले बताए । नेयमारको खेल्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘यदि उनले नखेलोस् भन्ने चाहने हो भने उनले मलाई पक्रने छन् र मार्नेछन् । उनी पक्का खेल्छन् ।’

उत्तर कोरियाले बनायो अमेरिकामा हान्‍न सक्ने मिसाइल

एजेन्सी : गत जनवरी ६ मा हाइड्रोजन बम बनाएर विश्वभर सनसनी मच्चाएको उत्तर कोरियाले फेरि अर्को हतियार बनाएको छ । उसको छिमेकी देश जापानले गरेको दाबी अनुसार उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने मिसाइल बनाइसकेको छ । चाँडै नै सो मिसाइलको परीक्षण गर्ने तयारीमा उत्तर कोरिया लागेको छ। समाचार अनुसार उत्तर कोरियाली तानाशाह किम जोङ्ग उनले अमेरिकालाई लक्षित गरी हमला गर्ने धम्की दिएको समाचार आएको भोलिपल्ट यो मिसाइलको कुरा बाहिर आएको हो । जापानको क्योदो समाचार एजेन्सीले एक अधिकारीको हवाला दिँदै अघिल्लो हप्ता उत्तर कोरियाले लामो दुरीको मिसाइल परीक्षण गर्न सक्ने समाचार छापेको थियो । यो दाबी उत्तर कोरियाको टोङ्गचेङ्ग री मिसाइल टेस्ट साइटको स्याटेलाइट तस्बिरको जाँच गरेपछि गरिएको हो ।
यही दाबीका बीच राष्ट्र संघ सेक्युरिटी काउन्सिलमा उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउनेबारेमा चर्चा शुरू भएको छ । उत्तर कोरियाले ६ जनवरीमा हाइड्रोजन बमको सफल परीक्षण गरेपछि उसमाथि प्रतिबन्धको तयारी भइरहेको छ । यसभन्दाअघि उत्तर कोरियाको न्यूक्लियर कार्यक्रमलाई लिएर उसले राष्ट्रसंघको कडा प्रतिबन्ध ब्यहोरिरहेको छ । उत्तर कोरियाले अन्तिम पटक सन् २०१२ मा लामो दुरीको मिसाइलको सफल परीक्षण गरेको थियो । विज्ञहरुका अनुसार उत्तर कोरिया एउटा महादेशबाट अर्को महादेशसम्म हान्न सकिने ब्यालिस्टिक मिसाइल बनाउने काममा लागिरहेको छ । उत्तर कोरियाको मिसाइल क्षमताको कुरा गर्दा यो देश आणविक हतियारको महाशक्ति बन्ने दौडमा लागेको छ । उत्तर कोरियाले बनाएका मिसाइलले अमेरिकाको केही भाग, भारत, चीन, रूस र जापानसम्म सजिलै पुग्ने क्षमता राख्छन् । उत्तर कोरियासँग हाल ट्यापोडोन्ग, मुसुदन र नोडोन्ग जस्ता शक्तिशाली मिसाइल रहेका छन् । उत्तर कोरियाले ट्यापोडोन्ग-१ र ट्यापोडोन्ग-१ मिसाइल पनि बनाइसकेको छ । ट्यापोडोन्ग-२ को क्षमता करिब दश हजार किलोमिटर सम्म रहेको छ । यसको अर्थ उत्तर कोरिया कयौ देश (दक्षिण पूर्वी एसियासँगै उत्तर अमेरिकाको पश्चिमी भागसम्म) मा बम खसाउन सक्षम छ ।
समाचार अनुसार ४ जुलाई २००६ मा ट्यापोडोन्ग- २ मिसाइलको परीक्षण असफल भएको थियो । तर यसको वर्तमान मोडल अमेरिकासम्म न्यूक्लियर हतियार लैजान सक्षम छ। अर्कातिर विज्ञहरुले यो मिसाइलले ५०० किलोग्रामसम्मको पेलोड लैजान सक्नेमा यो मिसाइल सक्षम रहेको अनुमान लगाएका छन् । ट्यापोडोन्ग मिसाइल कहाँसम्म पुग्छ? -उत्तर कोरियाबाट अमेरिकाको दूरी -१०,३३७ किमी -उत्तर कोरियाबाट भारतको दूरी- ५,०६४ किमी - उत्तर कोरियाबाट रूसको दूरी- २,७९० किमी - उत्तर कोरियाबाट जापानको दूरी- १,०४३ किमी

धेरै फेसबुक चलाउनुहुन्छ ? अब होसियार हुनुस्

एजेन्सी: सामाजिक सञ्जलाहरु फेसबुक र ट्विटरमा धेरै समय बिताउने युवा र किशोरहरुमा उनका अन्य साथीहरुको तुलनामा धेरै निद्रासम्बन्धी समस्या उत्पन्न हुन सक्ने देखिएको छ। फेसबुक र अन्य सामाजिक सञ्जाल चलाउने युवा र किशोरहरुभन्दा बाहिरी खेलकूदको गतिविधिमा रमाउनेहरु बढी स्वस्थ रहने पनि अध्ययनले देखाएको छ । अमेरिकामा भएको एक अध्ययनले यो देखाएको हो । यो अध्ययनकी मुख्य लेखिका र यूनिभर्सिटी अफ पिट्टसबर्गकी शोधकर्ता जेसिका सी लेवन्सनक अनुसार आफूहरुले सामाजिक सञ्जालले निद्रा बिथोलिरहेको तथ्य पत्ता लगाएको बताइन् । 'यी ती प्रमाणमा पहिलो भाग हुन् जसले सामाजिक सञ्जालका कारण तपाईंको निद्रा प्रभावित गरिरहेको पुष्टि गरेका छन्', उनले भनिन् । दैनिक ६१ मिनेट सामाजिक सञ्जालमा अध्ययनपछि निष्कर्षमा पुग्नका लागि लेवन्सन र उनका साथीहरुले १९ बाट ३२ वर्षका एक हजार सात सय ८८ मानिसमा परीक्षण गरेका थिए ।
यस क्रममा उनीहरुलाई फेसबुक, यूट्यूब, ट्विटर जस्ता विभिन्न सामाजिक सञ्जालबारे प्रश्न गरिएको थियो । यो अध्ययनले मानिसहरु प्रत्येक दिन औसत ६१ मिनेट सामाजिक सञ्जालमा बिताइरहेको देखिएको छ । यसका अलावा उनीहरुले हरेक साता अलग-अलग प्रकारका सामाजिक सञ्जाल हेर्ने गरेको पनि देखाएको छ । यस अध्ययनमा सहभागी ३० प्रतिशत सहभागीहरुमा निद्रासम्बन्धी बाधाको उच्चस्तर देखिएको छ । जो मानिस साताभर निरन्तर सामाजिक सञ्जाल चलाइरहन्छन्, उनीहरुमा निद्रासम्बन्धी समस्य बढ्ने सम्भावना सामाजिक सञ्जाल निरन्तर नचलाउने मानिसभन्दा दोब्बर देखिएको छ । यो अध्ययनले सामाजिक सञ्जाल निरन्तर नचलाउने मानिसहरु भन्दा सामाजिक सञ्जालमा निरन्तर ब्यस्त रहनेमा निद्रासम्बन्धी समस्याले सताउने सम्भावना दोब्बर हुने सम्भावना रहन्छ । लेवन्सनले भनिन्, 'सामाजिक सञ्जालमा ब्यस्त रहने मानिसहरुको समयले उनीहरुको निद्रासम्बन्धी समस्या पत्ता लगाउन सकिन्छ ।'

संविधान बुझाउन एक लाख घरमा एमालेको चिठी

नेपालगन्ज : संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनका लागि नेकपा एमाले बाँकेले घर–घरमा चिठी पठाउने भएको छ । संविधानमा लेखिएका बिषय बस्तुहरु समेटर नेपाली, अवधि र थारु भाषामा लेखिएको पर्चा बाँकेका एक लाख घरधुरीमा घरमुलीको नाममा पठाउन लागिएको एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले जानकारी दिए । चिठी पठाउने शैलीमा घरमुलीको नाम लेखेर तीन भाषामा लेखिएको पर्चा पठाउने तयारी पुरा भएको अध्यक्ष कोइरालाले शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ‘चिठीभित्र संविधानका अन्तरबस्तु समावेश गरिएको पर्चा हुन्छ । बाहिर घरमुलीको नाम हुन्छ’, उनले भने, ‘आफ्नै भाषामा जनताले आफ्नो संविधान पढ्न पाउनुहुनेछ ।’ अध्यक्ष कोइरालाका अनुसार चिठी घरमुलीको हातमा पुर्या‍उन हुलाकीकारुपमा कार्यकर्ताहरुलाई तयार पारिएको छ । ‘चिठी बुझाउन हाम्रा कार्यकर्ताहरु घर–घरमा जाँदैहुनुहुन्छ’ उनले भने, ‘जसले पढ्न सकनुहुन्न उहाँहरुलाई हाम्रै कार्यकर्ताले पढेर सुनाइदिनुहुनेछ ।’ नेकपा एमाले बाँकेले संविधान कार्यान्वयनका लागि संविधानका अन्तरबस्तु समावेश विषयबारे जानकारी दिन तीन महिने विशेष अभियान सन्चालन गरिरहेको छ । सोही अभियानअन्र्तगत जिल्ला, क्षेत्र, नगर र गाउँस्तरका भेला, प्रशिक्षणहरु सम्पन्न भइसकेको एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिएका छन् । खत्रीका अनुसार सबै कार्यक्रमहरु समापन भइसकेपछि फाल्गुण १९ गते नेपालगन्जमा बृहद जनसभा गर्न लागिएको छ । उक्त सभामा ५० हजार जनताको सहभागिता गराउने तयारी भइरहेको खत्रीले बताए । एमालेले संबिधान बुझाउन घर–घरमा चिठ्ी पठाउनाका साथै घरमुलीबाट पांच रुपैया सहयोग समेत माग्ने भएको छ । ‘यसले गर्दा अभियानमा जनताको अपनत्व महसुस हुन्छ’, सचिव खत्रीले भने ।

'मोर्चाले नाका थुन्दा मधेसी जनतालाई सास्ती'

भीमदत्तनगर : पूर्वप्रधानमन्त्री एवम् एमालेका नेता माधवकुमार नेपालले आन्दोलनरत् मधेसी मोर्चाको आन्दोलनले मधेसी समुदायकै नागरिकलाई सास्ती भइरहेको प्रति चिन्ता व्यक्त गर्दै दशगजाको आन्दोलन रोक्न आग्रह गरेका छन् । एमालेको शुक्रबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा सुरु भएको तीनदिने महाकाली अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता नेपालले संविधान संशोधनमार्फत मधेसी मोर्चाका माग पूरा भइसकेको बताए । प्रदेश सीमाङ्कनका विषयमा जनतालाई भड्काउने काम भइरहेको भन्दै उहाँले वैज्ञानिक आधारमा प्रदेश सीमाङ्कन हुनुपर्नेमा समेत जोड दिए । मधेस आन्दोलनले पहाडी र मधेसी समुदायबीच दूरी बढाउन खोजिएको आरोप उनले लगाए। 'बाबुरामजीको नयाँ शक्तिमा केही पनि नयाँ छैन', उनले भने, 'गन्ध आएको रक्सी नयाँ बोतलमा हाल्दैमा केही हुदैन ।'

महिलाले मन पराउँछन् खाना पकाउने पुरुष

हाम्रोे समाजमा खाना पकाउने अर्थात् भान्सा सम्हाल्ने काम महिलाको हो भन्ने मान्यता छ र यो काम गृहिणी महिलाकै काँधमा हुन्छ । घरमा खाना पकाउने काममा त अधिकांस महिलाहरु नै संलग्न भएका हुन्छन् तर दुनियामा विभिन्न होटल रेष्टुरेन्टहरुमा खाना पकाउने शेफको रुपमा भने महिलाको तुलनामा पुरुषको संख्या निकै बढि रहेको पाइन्छ । यसको अर्थ खाना पकाउने कामलाई पेशाको रुपमा अँगाल्ने मामिलामा पुरुषहरु महिलाको तुलनामा अगाडि देखिन्छन् । सायद तपाइँले एउटा उखान सुन्नुभएकै छ होला, दीलको बाटो पेट हुँदै गएको हुन्छ । यो भनाइ महिलाहरुकै सन्दर्भमा भन्ने गरिन्छ । तर साँचो के हो भने महिलाहरु समेत यस्ता पुरुष मन पराउँछन् जसले खाना पकाउन जान्दछन् । महिलाहरु खाना पकाउन सिपालु पुरुषहरुप्रति बढि आकषिर्त हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । आफ्नो पार्टनरलाई खुसी राख्ने मामिलामा पुरुषको खाना पकाउने सीप निकै कामयावी हुन्छ । आफ्नो पार्टनरलाई खुसी राख्नका लागि उनलाई मनपर्ने खानेकुरा बनाएर टक्राउने तथा कुनै विशेष दिनमा आफैले खाना बनाएर भोजको आयोजना गर्ने पुरुष पार्टनरबाट महिलाहरु निकै खुसी हुन्छन् । अफिस वा अन्य कामका लागि बाहिर जानु नपर्ने अर्थात् विदाको दिनमा समेत भान्सामा श्रीमतीलाई सघाउने पुरुषहरु कमै हुन्छन् । तर यदि तपाइँले फुर्सदको समयमा भान्साको धन्दामा श्रीमतीलाई सघाउनुभयो भने उनी निकै खुसी हुन्छिन् र तपाइँहरुबीचको आत्मीयतामा पनि वृद्धि हुन्छ । यदि तपाइँलाई खाना बनाउन आउँछ भने कुनैदिन तपाइँको श्रीमती बिरामी हुँदा तपाइँ आफैले खाना बनाएर खुवाउन सक्नुहुन्छ । तर कतिपय पुरुषहरु त खाना बनाउनै नआउने हुँदा बिरामी भएपनि श्रीमतीहरुले नै सकी नसकी खाना बनाउनुपर्ने हुन्छ । महिलाहरु सधै आफैले पकाएको खानेकुरा खाँदा दिक्क भएका हुन्छन् । यस्तो बेलामा उनीहरु कुनैदिन अरुले पकाएको खानेकुराको फरक स्वाद पनि लिन चाहन्छन् । त्यसैले यदि तपाइँले बेलाबेलामा आफुले पकाएर परिवारलाई खुवाउनुभयो भने त्यसले उनमा खुसी बढ्दछ र दाम्पत्य जिवन सुखमय बनाउन मद्धत मिल्दछ । -एजेन्सीको सहयोगमा

जिकासित लड्न डब्लुएचओले बनायो आपतकालिन टोली

१५ माघ, काठमाडौं । मानव स्वास्थ्यका लागि विश्वव्यापी चुनौति रुपमा आएको छ, जिका भाइरस । पछिल्ला दिनमा जिका भाइरसको ‘विष्फोटक फैलावट’ पछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आपतकालिन कमिटी बनाएको छ । ‘यो भाइरसको संक्रमण अहिले विस्फोटक ढंगले विस्तार भइरहेको छ,’ डब्लुएचओका महानिर्देशक मार्गारेट चानले जेनेभामा आयोजित एउटा विशेष ब्रिफिङमा भनिन्, ‘अहिले २३ वटा अमेरिकी देशहरुमा यो भाइरस फैलिनु गम्भीर चिन्ताको विषय हो ।’ एक वर्षभित्रै अमेरिकी क्षेत्रमा ३० देखि ४० लाखलाई यो भाइरस सर्नसक्ने अनुमान डब्लुएचओले गरेको छ । भाइरस प्रकोपले गर्दा विश्वभरका थुप्रै सरकारहरुले गर्भवती महिलालाई प्रभावित क्षेत्रमा नजान सल्लाह दिएका छन् । नेपाल सरकारले पनि प्रभावित क्षेत्रमा रहेका गर्भवतीहरुलाई स्वदेश फर्किन आह्वान गरिसकेको छ । चान भन्छिन्, ‘खतरा अत्यन्तै डरलाग्दो छ । त्यसैले विशेष कमिटी बनाइएको हो ।’ आउदो मंगलबार आपतकालिन कमिटीको बैठक बस्ने छ र यसले प्रभावित क्षेत्र तथा अन्य भागका मानिसहरुलाई रोगका सन्दर्भमा विशेष आह्वान गर्न सक्छ । जिकालाई विश्वव्यापी संकटका रुपमा लिने कि नलिने भन्ने विषयमा पनि कमिटीको बैठकले निर्णय गर्ने छ । भाइरस प्रकोपले गर्दा विश्वभरका थुप्रै सरकारहरुले गर्भवती महिलालाई प्रभावित क्षेत्रमा नजान सल्लाह दिएका छन् । नेपाल सरकारले पनि प्रभावित क्षेत्रमा रहेका गर्भवतीहरुलाई स्वदेश फर्किन आह्वान गरिसकेको छ । यसअघि पश्चिम अफ्रिकाबाट इबोलाको संक्रमण फैलिँदा अन्तर्राष्ट्रिय आपतकाल घोषणा गरिएको थियो । इबोलाबाट विश्वभरमा ११ हजार जनाको मृत्यु भएको थियो । ओलम्पिक खेलकुदको भविष्य जिकाको प्रकोपले ब्राजिलमा हुन लागेको ओलम्पिक खेलकुद पनि प्रभावित हुनसक्ने आशंका गरिएको छ । यद्यपि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रमुख थोमस ब्याचले रियो दि जेनेरियोमा आयोजना हुने ओलम्पिक खेलका क्रममा रोगको संक्रमणबाट जोगाउन आवश्यक उपायहरु अबलम्बन गरिने बताएका छन् । ब्राजिल यो भाईरसबाट अत्यधिक प्रभावित देश हो । जिकाबारे केहि तथ्य -सन् १९४७ मा पहिलोपटक युगान्डामा जिका भाइरस भेटिएको थियो । तर अहिलेजस्तो प्रकोप यसअघि कहिल्यै भएको थिएन । – दक्षिण अमेरिकाकी राष्ट्रमध्ये पहिलोपटक ब्राजिलमा गत मे २०१५ मा जिकाको संक्रमण फेला परेको थियो । अहिले यस क्षेत्रका २० देशमा यो भाइरस फैलिइसकेको छ । -ब्राजिलमा मात्रै हालसम्म पाँच लाखदेखि १५ लाखसम्मलाई यो भाइरसले छोइसकेको डब्लुएचओको अनुमान छ । – धेरैजसो घटनामा जिकाको कुनै लक्षण नै देखिँदैन । यसको परिक्षण गर्न पनि कठिन छ । -पछिल्ला दिनहरुमा अस्वाभाविक रुपमा सानो टाउको भएका बच्चा जन्मिने क्रम प्रभावित क्षेत्रमा तीव्ररुपमा बढेको छ । यसलाई चिकित्सा भाषामा ‘माइक्रोसेफाली’ भनिन्छ । साथै मतिष्क विकास नभइसकेका बच्चाहरु जन्मिने दर पनि पहिलेभन्दा निकै छ । भाइरसकै कारण यस्तो भएको भनेर ठोकुवा गर्न नसकिए पनि चिकित्सकहरुले शंका भने यहि गरेका छन् । -विगतमा एउटा अस्पतालमा सरदर वर्षको पाँच संक्रमणहरु आउने गरेकोमा पछिल्ला ६ महिनामा ६ सयसम्म आएका छन् । भ्याक्सिन आउला त ? अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थका अधिकारीहरुले दुईवटा सम्भावित जिका भ्याक्सिनमाथि काम गरिरहेको जनाएका छन् । सन् २०१६ को अन्त्यसम्ममा भ्याक्सिन विकास हुनसक्ने संस्थाका प्रवक्ता डा. एन्थोनी फाउसीले बताए । औषधि निर्माता कम्पनीहरुसित भ्याक्सिन उत्पादनका विषयमा वातचित भइरहे पनि यसलाई विश्वभर पुर्‍याउन केहि वर्ष लाग्ने उनको भनाई छ । के हो जिका भाइरस ? यो लामखुट्टेको टोकाइबाट सर्ने भाइरस हो । डेंगु रोग सार्ने लामखुट्टेले नै सार्छ जिका भाइरस । मन्द ज्वरो आउनु, टाउको दुख्नु, आँखामा समस्या आउनु यसका लक्षण हुन् । तर, धेरैजसोमा कुनै लक्षण देखिँदैन । लामखुट्टेले टोक्नबाट जोगिनु नै यो रोगबाट जोगिने एक मात्र उपाय हो । यो पनि पढ्नुस् के अब दक्षिण अमेरिकी महिलाले सन्तान जन्माउन नपाउने हुन् ?

के अब दक्षिण अमेरिकी महिलाले सन्तान जन्माउन नपाउने हुन् ?

१५ माघ, काठमाडौं । प्रशिद्ध अमेरिकी वैज्ञानिक स्टेफेन हकिन्सले अघिल्लो सातामात्रै मानव जातिलाई चेतावनी दिँदै भनेका थिए- ‘कि पृथ्वी ग्रहलाई छाड, या विलोपको सामना गर ।’ हकिन्सले पृथ्वीबाट मानव जाति विलोप हुन सक्ने खतरा त्यतिबेला औंल्याएका छन्, जतिखेर ब्राजिल लगायत दक्षिण अमेरिकामा जिका भाइरसको आतंक बढेको छ । यो भारइरसका कारण दक्षिण अमेरिकाका महिलाले सन्तान नै जन्माउन नसक्ने/नपाउने स्थिति आउन सक्ने चेतावनी अनुसन्धानकर्ताहरुले दिन थालेका छन् । जिका भाइरसबाट ब्राजिलमा हजारौंमाथि संक्रमण भइसकेको र २० देशमा यसको फैलावट हुन सक्ने अमेरिकी बैज्ञानिकहरुले खतरा औंल्याइरहेका बेला यो भाइरसका कारण मानव जातिका लागि सन्तान उत्पादनमै नकारात्मक असर पर्ने सक्ने देखिएको छ । किनकि यो भाइरसले गर्भवती महिलामाथि आक्रमण गर्छ र ऊनीबाट जन्मने सन्तानको मस्तिष्क विकसित हुन पाउँदैन र टाउको सानो भएका बच्चा जन्मन्छन् । ब्राजिलका कैयौं बच्चाहरु मस्तिष्क विकसित नभएको अवस्थामा जन्मन थालेका छन् । यही अवस्था रही रहे दक्षिण अमेरिकामा सन्तान उत्पादन नै संकटमा पर्ने र मानव विकासमा रोकावट आउने खतरा विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले औंल्याउन थालेका छन् । लामखुट्टेको माध्यमबाट एक अर्कामा सर्ने जिका भाइरसको औषघि पत्ता लाग्न दुई वर्ष लाग्ने अनुमान गरिएको छ । तर, यो अवधिसम्म जिका भाइरस २० भन्दा बढी मुलुकमा फैलिइसक्ने खतरा विज्ञहरुले औंल्याएको अवस्था छ । सन् १९४७ मै युगान्डामा पत्तो लागेको यो भाइरस सन् १९७७/७८ तिर पाकिस्तान, मलेसिया र इण्डोनेसियामा देखा परेको थियो । २०१३ मा यो. फ्रान्समा देखापर्‍यो । २०१५ बाट यो ब्राजिलमा देखा परेको हो । र, यो भाइरस संयुक्त राज्य अमेरिकामा समेत प्रवेश गर्ने खतरा रहेकाले अमेरिकी राष्ट्रपति बाराक आबामाले समेत चिन्ता व्यक्त गर्न थालेका छन् । अफि्रकाबाट फैलिएको इबोला भाइरस भन्दा जिकालाई खतरनाक मानिएको छ । यसको संक्रमणबाट मानिसको जैविक विकासमाथि नै आक्रमण हुने भएकाले यो खतरनाक मानिएको हो । पछिल्लो समयमा पृथ्वीमा मानव जनसंख्या बढ्दै जाने क्रमसँगै प्राकृतिक एवं जैविक विविधतामा नकारात्मक प्रभाव पर्दै गएको र मानव जातिको अस्थित्वमाथि नै संकट पर्न सक्ने चिन्ता गर्न थालिएको छ । यस्तै अवस्था रहिरहे मानव जातिलाई बचाउन या त अर्को ग्रहको खोजी गर्नु पर्ने वा विलोप हुन बच्नका लागि यसको सामना गर्नेपर्ने निश्कर्ष हालै हकिन्सले सार्वजनिक गरेका छन् ।

मलेसियामा गैरकानुनी नेपालीले वैध भएर पुनः काम गर्न पाउने

क्वालालम्पुर । मलेसियामा गैरकानुनी हैसियतमा रहेका नेपाली कामदारले वैध भएर पुनः रोजगारी गर्न पाउने भएका छन् । गैरकानुनी आप्रवासी कामदारलाई वैधता (श्रम स्वीकृति) पछि पुनः रोजगारी दिने कार्यक्रम लागू गर्न सरकार सहमत रहेको प्रधानमन्त्री नाजिबले बताएका छन् । सन् २०१६ को संशोधित बजेट भाषणमा अर्थमन्त्री समेत रहेका प्रधानमन्त्री नाजिबले यस्तो बनाएका हुन् । औद्योगिक क्षेत्रमा भएको माग पूर्ति गर्न र सुरक्षाका हिसाबले पनि गैरकानुनी कामदारको खोजी गर्नका लागि उक्त अवसर दिन लागिएको हो । यो कार्यक्रम लागू भएमा यहाँ गैरकानुनी अवस्थामा रहेका रहेका हजारौं नेपालीले वैधानिकता लिएर रोजगारी गर्न पाउनेछन् । गैरकानुनी कामदारका लागि अवसर मानिएको यो कार्यक्रम कहिलेदेखि सुरु हुने हो भन्ने बारे भने केही खुलाइएको छैन । यस्तै कामदार वैध हुन पूरा गर्नुपर्ने प्रक्रिया एवं शुल्क र समयावधिबारे पनि बताइएको छैन । मलेसियाले यसअघि पनि आममाफी एवं बैधानिकता लिने अवसर दिएको थियो । यद्यपी अझैपनि लाखौं विदेशी कामदार गैरकानुनी अवस्थामा रहेको अनुमान छ । मलेसियाले विदेशी कामदारको व्यवस्थापन प्रणालीलाई चुस्त बनाउन कामदारबाट लिँदै आएको लेबी नीतिलाई परिवर्तन गर्ने भएको छ । यसका लागि विभिन्न दुईवटा शल्क निर्धारण गर्न लागिएको छ । यो घरेलु कामदारको हकमा भने लागू हुने छैन । मलेसियाले श्रमसँग सम्बन्धित विभिन्न ८ वटा कानुनको संशोधन गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतबाट ३०० मेगावाट विद्युत् आयात गरिने

१५ माघ, काठमाडौं । सरकारले आगामी डेढ वर्षभित्र भारतबाट तीन सय मेगावाट विद्युत् आयात गर्ने भएको छ । शुक्रबार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समितिस्तरीय बैठकले आगामी तीन साताभित्र ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट विद्युत् आयात गर्ने सहमति भएको हो । यस्तै सो प्रसारण लाइनमार्फत थप विद्युत् आयात गर्ने विषयमा पनि दुई देशका ऊर्जा सचिवले सहमति जनाएका छन् । आगामी एक वर्षभित्र उक्त अन्तरदेशीय प्रसारण लाइनबाट कम्तीमा २०० मेगावाट विद्युत् आयात गर्ने र क्रमशः बढाउँदै सन् २०१७ को डिसेम्बरभित्रै उक्त प्रसारण लाइनलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति समेत भएको छ । ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनबाट एक हजार मेगावाट बढी विद्युत् आयात गर्न सकिन्छ । तर, ढल्केबरमा सवस्टेसनको क्षमता नहुँदा मागअनुसार विद्युत् आयात गर्न नसकिने भएको छ । मुलुकभित्र माग हुने विद्युत्को परिमाणअनुसार विद्युत् आयात गर्न सवस्टेसनको क्षमता बढाउनुपर्ने देखिएको छ । प्रसारण लाइनको महसुल तिरेर मागअनुसार विद्युत् ल्याउन सकिने भए पनि नेपालभित्रैको प्रसारण लाइन तथा सवस्टेसनको क्षमता नहुँदा समस्या हुने भएको हो । यस्तै नेपाल र भारतका ऊर्जा सचिवको संयुक्त बैठकले कटैया–कुशाहा र रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता अभिवृद्धि गर्ने विषयमा पनि सहमति भएको छ । दुईवटै प्रसारण लाइनको क्षमता १३२ केभी रहेको छ । ती प्रसारण लाइनमार्फत थप १०० मेगावाट विद्युत् आयात गर्न सकिन्छ । दुईवटै प्रसारण लाइन सन् २०१६ को सेप्टेम्बरभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा सञ्जय शर्माले जानकारी दिए । रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको विषय लामो समयदेखि चर्चामा रहेको भए पनि निर्माण प्रक्रिया अगाडि बढ्न सकेको थिएन । यस्तै कुशाहा–कटैया प्रसारण लाइन सञ्चालनमा रहेको भए पनि क्षमता वृद्धि नहुँदा सहज रुपमा विद्युत् आयात हुन सकेको छैन । यस्तै दुई मुलुकबीच विद्युत् व्यापार गर्न प्रमुख रुपमा छ वटा नाका प्रस्ताव गरिएको छ । प्रस्तावअनुसार अत्तरिया, लम्की, कोहलपुर, बुटवल, ढल्केबर र दुहवी (इनरुवा) छन् । ती सबै प्रसारण लाइनको विषयमा द्विपक्षीय छलफल गर्ने सहमति पनि यसपटकको बैठकमा भएको छ । ती प्रसारण लाइनको क्षमता ४०० केभीको हुनेछन् । दुवै मुलुकका अध्ययन समितिले ती प्रसारण लाइनको अध्ययन गर्नेछ । द्विपक्षीय बैठकले प्राविधिक समितिबाट तयार भइरहेको अन्तरदेशीय प्रसारण योजनाका साथै अन्तरदेशीय प्रसारण प्रणालीको सञ्चालनसम्बन्धी अध्ययन कार्यको समीक्षा गर्दै उक्त अध्ययन कार्यको निष्कर्षलाई सन् २०१६ जुन महिनामा प्रस्तावित संयुक्त बैठकमा प्रस्तुत गर्न निर्देशन दिइएको छ । भारतसँग भएको विद्युत् व्यापार सम्झौता(पिटीए) को कार्यान्वयन गर्ने आधार खोजी गर्ने उद्देश्यले संयुक्त कार्य समूहको बैठक बिहीबारबाट सुरु भएको थियो । उक्त सम्झौता कार्यान्वयनका पूर्वाधार तय गर्न दुई देशबीच बिहीबार ऊर्जा मन्त्रायको सहसचिवस्तरीय बैठक सम्पन्न भएको थियो । संयुक्त कार्य समूहको सो बैठकमा पिटीए भएपछिको समग्र विषयमा छलफल भएको हो । सन् २०३५ सम्म निर्माण हुने विद्युत् आयोजना तथा नेपाल र भारत दुवै मुलुकले आयात तथा निर्यात गर्दा निर्माण गरिने प्रसारण लाइनको विषयमा नै आजको छलफल प्रमुख रुपमा केन्द्रित रहेको हो । सन् २०१४ को सेप्टेम्बरमा नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता (पिटीए) भएको थियो । नेपालमा उत्पादन हुने बिजुली ओहोरदोहोर हुनसक्ने गरी अन्तरदेशीय प्रसारण लाइनको नाका तय भएपछि त्यसको निर्माण प्रक्रिया सुरु गर्ने लक्ष्य राखिएको छ । विगतदेखि नै प्रस्तावित हुँदै आएपनि ठोस रुपमा अगाडि नबढेका अन्तरदेशीय प्रसारण लाइनलाई अगाडि बढाउने विषयमा नै द्विपक्षीय छलफल केन्द्रित रहेको ऊर्जा मन्त्रालयका प्रवक्ता डा शर्माले जानकारी दिए । रासस

समुद्री तटमा अजंगको ह्वेल माछा लम्पसार

१५ माघ, काठमाडौं । मुम्बईको लोकप्रिय तथा चहलपहलयुक्त जुहु समुद्रीतटमा शुक्रबार बिहानै रमिता भयो । त्यहाँ एउटा ३० फिट लम्बाईको ह्वेल माछाको मृत शरीर लम्पसार परिरहेको थियो । शुरुमा त मानिसहरु झस्किए । तर मरिसकेको थाहा पाएपछि रमाइलो मानेर वरिपरी झुम्मिएका थिए । बिहिबार राति अबेर समुद्रबाट बगेर आएको ब्राइडे प्रजातिको यो ह्वेलको मृत्यूको कारण भने पत्ता लागेको छैन । जुहुका प्रहरी अधिकारी ए अम्बेकरका अनुसार यो ह्वेल माछाको वजन अनुमानित १५ देखि २० टन हुन सक्छ । मुम्बई महानगरपालिका तथा वन्य संरक्षण टीम यसलाई हटाउन प्रयासरत छन् ।
ह्वेलको जाँचबुझ गरिरेहेका फरेन्सिक टीमका अधिकारी अनिमेष लिमायेले भने, ‘फोहोर खानेकुरा खाएर मरेको हुन सक्छ । अन्यथा यो निकै कलिलो देखिन्छ र यसको आयू पनि निकै लामो हुन्छ ।’ ‘यो दुई दिन अगाडि नै मरिसकेको थियो । पानीको लहरले बगाएर यहाँ ल्याएको हो,’ उनले भने । त्यहाँ रहेका एक प्रत्यक्षदर्शीले भने, ‘हामीलाई लागेको थियो कि यो ह्वेल जिउदो छ तर केहिबेरपछि रगत बग्न थाल्यो । त्यसपछि मात्र मरिसकेको थाहा भयो ।’ ह्वेलको शरीरबाट आएको दुर्गन्ध टाढासम्म फैलिएको थियो । – बीबीसीबाट

शिक्षा सुधारका लागि मन्त्रीको दैनिक बैठक

१५ माघ, काठमाडौं । शिक्षाका चालु र नयाँ कार्यक्रम कार्यान्वयनका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयका उच्च अधिकारीसँग दैनिक समीक्षा बैठक आयोजना गर्न थालेका छन् । मन्त्रालयका सचिव, सहसचिव र विभागीय प्रमुखसँग हुने नियमित बैठकमा अघिल्ला दिनको समीक्षा र सो दिन गर्नुपर्ने कामका बारेमा ताजगीकरण भई निर्देशन दिने गरिएको छ । मन्त्री काठमाडौँ उपत्यका वा अन्य बैठकमा रहेको अवस्थामा बाहेक दैनिक हुने यस्ता बैठकले कामको प्रभावकारिता बढाउन सहयोग पुग्ने मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले बताए । अघिल्ला शिक्षामन्त्रीहरूसँग उच्च कर्मचारीकै पहुँच नभएका गुनासो आउने गरेको सन्दर्भमा मन्त्री पोखरेलको यो कार्यलाई नयाँ प्रयोगसमेत मानिएको छ । मन्त्री पोखरेलले गत मङ्सिर ४ गते १८ बुँदे शैक्षिक सुधारको प्रतिबद्धता जारी गरेका तथिए भने भूकम्पबाट प्रभावित विद्यालयको पुनःनिर्माणका लागि अलग्गै एकाइ खडा गरी काम थालिएको छ । अहिले छवर्षे विद्यालय क्षेत्र विकास कार्यक्रमको अवधारणा निर्माण कार्य भइरहेको छ । रासस

अख्तियारको छड्केमा परे वैदेशिक रोजगारका हाकिम

१५ माघ, काठमाडौं । वैदेशिक रोजगार विभागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छड्के अनुगमन गरेको छ । छड्केका क्रममा विभागका महानिर्देशक केदार बोगटी नै बिना जानकारी कार्यालयमा अनुपस्थित रहेको भेटिएको छ । यस्तै महामनिर्देशक बोगटीबाहेक अन्य २८ जना कर्मचारी पनि विदा नलिई कार्यालयमा नआएको पाइएको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्यकरले बताए । ‘आयोगको हटलाइनमा पटक-पटक विभागमा काम नभएको गुनासो आयो । त्यसै सूचनामा आधामरमा त्यहाँ पुग्दा धेरै कर्मचारी अनुपस्थित पायौं ‘ पुस्करले भने । विभागमा १३ जना राजपत्राकिंत, १० जना राजपत्रअकंकित र ६ जना श्रेणिीहिन कर्मचारी बिना जानकारी अनुपस्थित भेटिएको पुस्करले बताए । विभागले वैदेहिक रोजगारीमा भएका ठगीमा घटनाको मुद्दा फस्र्योटमा पनि ढिलाई भएको सूचनामा आधारमा केही कागजात पनि जफत गरेको छ । आयोगमा म्यानपावरमाथि अनुगमन नभएको, ओरन्टेशन दिने संस्था लथालिंग भएको लगायतका उजुरी परेका थिए । त्यसैका आधारमा अनुसन्धान अघि बढाईको प्रवक्ता पुस्करले बताए ।

पर्साका सिडिओको भारतीय समकक्षीसित वार्ता

१५ माघ, काठमाडौं । शुक्रबार बिहान केहिबेर खुलेर गाडी आउजाउ भएको वीरगञ्ज नाका फेरि पुरानै अवस्थामा फर्केको छ । बिहान भारतबाट ५ मालवाहक गाडी नेपाल भित्रिएका थिए भने नेपालबाट चार खाली गाडीहरु भारत गएका थिए । तर, त्यस पछाडि गाडी आउजाउ शून्य छ । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भारतीय समकक्षीसित नाका खोल्ने विषयमा दिउसो टेलिफोन वार्ता गरेका छन् । वार्तामा प्रजिअ घिमिरेले उताबाट गाडी पठाउन खोजिएको भए यताको सुरक्षा प्रवन्ध मिलाउने प्रस्ताव गरेका थिए । ‘केन्द्रमा बुझेर जानकारी गराउछौं भन्ने जवाफ आएको छ,’ घिमिरेले भने । उनले एकैचोटी नाका खोल्नुको साटो विस्तारै विस्तारै खुकुलो पार्दै लैजान खोजिएको समेत अनुमान गरेका छन् ।

Wednesday, January 27, 2016

अनौठो बिहे, दुलही आमा बनेपछि डाक्टर बने जन्ती, बच्चा भयो साक्षी

भारतको पटनास्थित दानापुरमा एक अनौठो बिहेको घटना सार्वजनिक भएको छ । उक्त विवाह अनौठो यसकारण भयो की कुमारी आमाको बिहेमा अस्पतालका डाक्टर तथा नर्सहरु जन्ती बनेका छन् भने कुमारी आमाले जन्माएको शिशुले आफ्नै बाउआमाको बिहे देखेको छ अर्थात् बाउआमाको बिहेमा साक्षी बसेको छ । दानापुर अनुमण्डलीय अस्पतालमा भर्ना भएकी पटना निवासी प्रियंकाले अस्पतालमा छोरा जन्माइन् । प्रियंकाको बिवाह भएकै थिएन, तर उनको बच्चा जन्मिसकेको थियो । प्रियंकाले रुँदै अस्पतालका नर्सहरुसँग आफ्नो प्रेमको कहानी सुनाइन् र आफ्नो प्रेमीसँगको सम्बन्धबाट गर्भ रहेको खुलासा गरिन् । त्यसपछि नर्सले प्रियंकाका प्रेमी राहुल कुमारलाई फोन गरेर उनकी प्रेमिका प्रियंकाले छोरा जन्माएको खबर सुनाइन् । राहुल पनि तत्कालै पटनास्थित अस्पतालमा पुगे र आफ्नी सुत्केरी प्रेमिका र नवजात बच्चालाई भेटे । यस बारेमा प्रियंका र राहुल दुबैका परिवारजनलाई जानकारी दिइयो । अस्पताल प्रशासनले पि्रयंका र राहुलको औपचारिक बिहे गरिदिने सोँच बनायो । सुरुमा दुबैका अभिभावकले यो सम्बन्ध तथा बिहे अस्विकार गरे । बाउआमाले अस्विकार गरेपछि उनीहरु दुबैका हजुरआमाहरुले स्विकृति दिएपछि अस्पताल प्रशासनले नजिकैको मन्दिरमा लगेर पि्रयंका र राहुलको बिहे गरिदियो विधि विधान पूर्वक । उक्त विवाह समारोहमा जन्तीको रुपमा अस्पतालका चिकित्सकहरु, जिल्लास्थित नेताहरु लगायतका कतिपय गन्यमान्य मानिसहरु समेत उपस्थित भए । विवाहपछि प्रियंकालाई लिएर राहुल आफ्नो घर गएका छन् । दुबैजनाले सँगै जिउने, सँगै मर्ने कसम खाएका छन् । -एजेन्सीको सहयोगमा

गज्जबको अत्तर, जिउमा छर्केपछि आकषिर्त हुन्छन् युवतीहरु

जादुटुना गर्ने मोहनी लगाउने भन्ने जस्ता मनगढन्ते कुरा छाड्नुस् । कोही मन परेको केटीलाई आफुप्रति आकषिर्त गर्नका लागि यस्ता जादटुना गर्ने अवैज्ञानिक प्रयास गर्नैपर्दैन । किनकी वैज्ञानिकहरुले एउटा यस्तो अत्तर अर्थात् स्प्रे तयार पारेका छन् जसलाई सुँघाउने बित्तिकै केटीहरु तपाइँप्रति आकर्षित हुनेछन् । यो स्प्रे आफ्नो जिउमा छर्नुस् अनि मन परेको केटीको छेउँमा जानुस् । केटीले तपाइँको जिउबाट आइरहेको स्प्रेको बासना सुँघ्नेछिन् अनि त सक्किगो नि । वैज्ञानिकहरुका अनुसार केटी फकाउने यो स्प्रेमा लभ हर्मोन पनि भनिने सिन्थेटिक अक्सिटोसिन हालिएको छ । जर्मनको बन विश्वविद्यालयका शोधकर्ताहरुले आफ्नो प्रयोगका क्रममा यो स्प्रे सुँघेलगत्तै महिलाहरुले आफ्ना पुरुष साथीहरुलाई बढि आकर्षक अनुभव गर्ने गरेको प्रमाणित गरेका छन् । यो स्प्रेको बासना सुँघेलगत्तै महिलाहरुले कुनैपनि पुरुषलाई पहिले भन्दा १५ प्रतिशत बढि आकर्षक देख्ने गरेका छन् । यो स्प्रेमा सिन्टोसिनन नामको सिन्थेटिक तत्व हालिएको छ जुन अक्सिटोसिन हर्मोनबाट बनाइएको हो । यो अक्सिटोसिन हर्मोनलाई लभ हर्मोन पनि भनिन्छ र एक अर्कासँग प्रेम तथा सम्भोगका बेला मस्तिष्कबाट यो हर्मोन निस्कन्छ । यो हर्मोनले बच्चा पैदा गर्ने, आमाको स्तनमा बच्चाको लागि दुध पैदा गर्ने तथा बच्चाप्रति आमामा ममता विकाश गर्ने काममा पनि सहयोग गर्दछ । शोधकर्ताहरुले २० देखि २९ वर्ष उमेरका ४६ जना महिलामा यो स्प्रेको प्रभावका बारेमा अध्ययन गरेका थिए जो कुनै युवकसँग प्रेममा थिए । जब उनीहरुलाई यो स्प्रे सुँघाइयो र आफ्नो ब्वायफ्रेण्डप्रतिको आकर्षणको बारेमा सोधियो तब उनीहरुले आफ्नो ब्वायफ्रेण्ड पहिले भन्दा १५ प्रतिशत बढि आकर्षक देखिएको बताए । तर गर्भनिरोधक औषधि खाएका महिलामा भने यो स्प्रेले कुनै असर पारेन । -एजेन्सीको सहयोगमा

गौशालामा १५ करोड लगानीमा खुल्दैछ ‘आमादब्लम’ होटल

१३ माघ, काठमाडौं । गौशलाको पशुपति भिजन कम्पलेक्समा रहेको होटल इन्द्रेणी हिमालय बन्द भएपछि सोही ठाउँमा नयाँ होटल सञ्चालनमा आयने भएको छ । पन्ध्र करोड लगानीमा यही माघ १८ गतेदेखि ‘आमादब्लम’ होटल सञ्चालनमा आउन लागेको हो । विनाशकारी भूकम्पपछि ग्राहक नभएर बन्द भएको होटल इन्द्रेणी हिमालय बन्द भएको थियो । उक्त होटलमा इन्द्रेणी ग्रुपको ५५ प्रतिशत शेयर थियो । इन्द्रेणी ग्रुपले हात झिकेपछि उसको शेयर नयाँ कम्पनीले खरिद गरेर नयाँ व्यवस्थापनसिहत सञ्चालनमा आउन लागेको हो । आगामी पर्यटकीय सिजनलाई लक्षित गरी माघ १८ गतेदेखि होटल सञ्चालनमा आउने बताइएको छ । तीनतारे स्तरको यो होटल भूकम्पअघि राम्रोसँग चलेको थियो । भूकम्पले पर्यकको संख्या स्वात्तै घटेपछि खर्च थेग्न नसकेर इन्द्रेणी हिमालय असार २३ गतेदेखि बन्द भएको थियो । आमादब्लम होटलमा हाम्रो इन्भेष्टमेन्ट कम्पनीले ५० प्रतिशत शेयर लगानी गरेको छ । बाँकी शेयर दुई जनाको २५/२५ प्रतिशतका दरले रहेको छ । पशुपतिको नजिक रहेको हुँदा यो होटलका मुख्य ग्राहक भारतीय हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै भएकाले चिनियाँ तथा अन्य मुलुकका पर्यटक पनि आउने क्षेत्रीको भनाई छ ।
‘यो पहिला नै राम्रो मार्केट लिइसकेको होटल हो’ क्षेत्रीले भने- ‘पहिलाको मार्केटलाई क्याच गर्दै नयाँ मार्केटिङ गरेर होटल सञ्चालन गरिने छ । अहिले पर्यटकको संख्या बढ्न थालेपछि फ्रेबुअरी एकदेखि होटल सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी दिए । भारतीय नाकाबन्दी खुलेपछि पर्यटक आगमन बढ्ने सरकार तथा व्यवसायीको विश्वास रहेको छ । भूकम्प र नाकाबन्दीले सन् २०१५ मा ७० प्रतिशतसम्म पर्यटकको सख्ंया घटेको अनुमान गरिएको छ । नयाँ व्यवस्थापनले होटलमा तीनतारे लिने प्रकृया सुरु गर्ने बताएको छ । नौ तले भवनको माथिल्लो चार तलामा रहेको यो होटलमा ६२ वटा रुमहरु रहेका छन् । ६२ वटा रुम रहेका छन्, ९ तले भवनको माथिल्लो ४ तलामा होटल छ । मध्यम खालका पर्यटकलाई लक्षित गरिएको होटलमा एउटा रुमको ४ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म तोकिएको छ । होटलका सबै रुमहरु वातानुकुलित रहेका छन् । होटलमा एउटा रेष्टुरेन्ट र क्याफे रहेको छ । भवनमा साउना, स्पा, जीम रहेको हुँदा आउटर्सोसिङ गरेर पाहुनालाई सुविधा दिइने क्षेत्रीले बताए । दुई तला बेसमेन्ट पार्किङ भएको हुँदा पार्किङको समस्या नहुने उनको भनाई छ ।

कानुनविना झलनाथ प्रतिष्ठानलाई एक करोड

बिपी कोइरालादेखि मनमोहन अधिकारीसम्म सामान्यतया दिवंगत नेताका नाममा प्रतिष्ठानहरू छन् । तर, झलनाथ खनाल प्रतिष्ठान जीवित नेताको नाममा रहेको एउटा उदाहरणीय प्रतिष्ठान हो । त्यो प्रतिष्ठानका लागि निर्देशिका बनाएरै दिन सकिने भए पनि स्वास्थ्य मन्त्रालयले कानुन मिचेर पैसा दिन थालेको छ । एक वर्षअघि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको थियो । सर्पदंशको औषधि अनुसन्धान र प्रचारप्रसारका लागि सो प्रतिष्ठानलाई एक करोड ८४ हजार दिने टुंगो लागेको स्रोतले बतायो । प्रतिष्ठानले कर्मचारीको तलब, मसलन्द, घरभाडा, फर्निसिङलगायतमा खर्च गर्न मागेअनुसार तत्काल १० लाख दिने तयारी भएको छ । पहुँच हुनेले मात्र अनुदान लगेको भन्दै सरोकारवालाले निर्देशिका बनाउन सरकारलाई दबाब दिएका थिए । नीति तथा कार्यक्रम घोषणापछि स्वास्थ्य मन्त्रालयले अनुदान वितरण निर्देशिका बनाउन आन्तरिक प्रशासन महाशाखाका प्रमुखको संयोजकत्वमा साउनमा कार्यदल गठन गरेको थियो । कार्यदल बनेको ६ महिना भएको छ । यसबीचमा एउटा मात्र बैठक बसेको एक सदस्यले बताए । ‘आन्तरिक प्रशासनलाई ड्राफ्ट तयार गर्न अधिकार दिएको थियो,’ ती सदस्यले भने, ‘त्यसपछि के भएको छ मलाई थाहा छैन, अर्को बैठक पनि बसेको छैन ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

‘ब्लड प्रेसर लो’ छ ? यो घरेलु उपाय अपनाउनुस्



काठमाडौंकमजोरी महसुस हुनु तथा चक्कर लाग्नु ब्लड प्रेसरको लक्षण हो यसले दिमागमा समेत असर गर्छ ब्लड प्रेसर कम भएकाहरुलाई चिकित्सकहरु खानामा ध्यान दिन आग्रह गर्छन् त्यसैले यस्ता उपायहरु जान्न निकै आवश्यक , जसले ब्लड प्रेसरको कमी हटाउन भूमिका खेल्छन् केही घरेलु उपाय यस्ता छन् : -

नुनको मात्रा बढाउनुस्
खानामा प्राय नूनको मात्रा कम नै हुन्छ तर, यदी तपाईको ब्लड प्रेसर कम भने खानामा नून केही बढाउनुस्
चुकन्दरको जुस पिउनुस्
लो ब्लड प्रेसरलाई कन्टोलमा राख्नका लागि चुकन्दरको जुस महत्वपूर्ण माध्यम हो हरेक दिन बिहान तथा राती एकएक कप चुकन्दरको जुस पिउनुस् यस बाहेक एक कप कडा कफी पनि लिदाँ राम्रो हुन्छ
पर्याप्त मात्रामा पानी पिउनुस्
डिहाइटडेशन अर्थात शरिरमा पानीको कमी पनि थुप्रै रोगको कारण हो शरिरका सबै अंगहरुलाई सक्रिय राख्न पानी जरुरी हुन्छ त्यसैले पानीको मात्रा सधैँ ठीक राख्नुहोस्, जसका कारण बेचैनी महसुस हुदैँन

हरेक दिन अभ्यास गर्नुहोस्
कुनै पनि प्रकारको हल्का फुल्का अभ्यासलाई आफ्नो नियमित रुटिङमा समावेश गर्नुहोस् तपाई हरेक बिहान आधा घण्टा हिँड्न पनि सक्नुहुन्छ या अन्य अभ्यास पनि गर्न सक्नुहुन्छ यसो गर्दा शरिरमा रगतको सञ्चार राम्रोसँग हुन्छ

Tuesday, January 26, 2016

पुरुषलाई मन पर्दैन महिलाका यी बानी



जसरी महिलालाई बुझ्नु पुरुषका लागि एक जटिल कार्य हो त्यसरी नै पुरुषलाई बुझ्नु पनि महिलाका लागि सजिलो विषय होइन कतिबेला कुन कुरालाई लिएर उनीहरुको मनस्थिती बिग्रन्छ भन्ने अन्दाज लगाउन मुस्किल यस्ता केही कुराहरु छन् जुन पुरुषहरुलाई फिटिक्कै मन पर्दैन
अर्को पुरुषसँग कुरा गरेको
पुरुषहरुलाई उसको अति मिल्ने साथी अरु पुरुषसँग घुलमिल भएको मनपर्दैन प्रोएक्टिव हुनका साथै उनीहरु यस कुरालाई लिएर इष्र्या समेत गर्छन्
परिवारका विषयमा टिप्पणी
पुरुषको आफ्नी आमासँग बिलकूल फरक सम्बन्ध हुन्छ यस सम्बन्धमा कसैले हस्तक्षेप गरेको उनीहरुलाई मन पर्दैन यतिमात्रै होइन, उनीहरु परिवारप्रति कसैले कुनै पनि ढंगबाट गरेको टिप्पणी मन पराउँदैनन् महिलाहरुले यस विषयमा बोल्नु अघि राम्ररी बुझ्न जरुरी हुन्छ
महिलाका कुरा
पुरुषहरुलाई महिलाको नानाथरी कुरा मन पर्दैन उनीहरुको कुराकानीले नै सम्बन्धमा समस्या सिर्जना गर्छ महिलाको धेरै कुरा गर्ने बानीले उनीहरुलाई थुपै्र पटक समस्यामा पार्छ त्यसैले धेरै बोल्ने महिलाभन्दा उनीहरु शान्त महिला मन पराउँछन्
 इगो प्रब्लम
धेरै पुरुषसँग इगो प्रब्लम हुन्छ उनीहरु कुन काम पुरुष को कुन काम महिलाको भन्ने ध्यान राख्छन् उनीहरु महिलालाई कुनै पनि जिम्मेवारी दिन चाहन्ने महिलालाई जिम्मेवारी दिनु भनेको आफ्नो दायराबाट बाहिर राख्नु हो भन्ने सोच पुरुषमा हुन्छ
केयरिंग नेचर
पुरुषलाई महिलाले सानो बच्चाजस्तो व्यवहार गरेको मन पर्दैन उनीहरुको सानोसानो रोजाई, सानो रहर पुरा गर्ने महिलाको चाहना हुन्छ तर यस्तो व्यवहार पुरुषलाई सधैँ मन पर्दैन
 भावना बुझ्नुहोस्
पुरुषहरुलाई निर्देशन दिएको मन पर्दैन त्यसैले उनीहरुलाई मनस्थिती हेरेर सम्झाईबुझाई फकाएर काम गर्नुपर्ने हुन्छ