Thursday, December 10, 2015

भारतीय दूताबासमा धर्ना दिने तीन दर्जन मानवअधिकारकर्मी पक्राउ

२४ मंसिर, काठमाडौं । भारतीय दूताबास अगाडि धर्नामा बसेका कृष्ण पहाडीसहितका मानवअधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ । नाकाबन्दीको विरोधमा मानवअधिकार तथा शान्ति समाजको आहृवान अधिकारकर्मीहरु लैनचौरस्थित दूतबासमा धर्ना बसेका थिए । धर्ना सुरु भए लगतै पहाडीसँगै समाजका अध्यक्ष गंगाधर पराजुली लगायत तीन दर्जन मावनअधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई २ नम्बर प्रहरी गण रानीबारीमा राखिएको छ । भारतले लगाएको नाकाबन्दीका कारण नेपाल र नेपाली नागरिकको मानवअधिकार कुण्ठित भएको भन्दै मानवअधिकार तथा शान्ति समाजले दबावमुलक अभियान चलाउँदै आएको छ । यसअघि पनि भारतीय दूताबासमा धर्ना दिँदा प्रहरीले गिरफ्तार गरेको थियो ।

No comments:

Post a Comment