Friday, December 4, 2015

तराईमा बिहानी कक्षाः चिसोले बालबालिका विद्यालय जान सकेनन्

सप्तरी, मंसिर १९ । मध्यपूर्वी तराईका आठ जिल्लामा बिहानी कक्षामा विद्यालय सन्चालनमा कठिनाइ भएको छ ।

एक्कासि चिसो बढेसँगै बिहानको समयमा विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेपछि कक्षा सन्चालनमै समस्या भएको हो ।

ठूलो कक्षाका विद्यार्थी जेनतेन विद्यालय आउने भएपनि साना कक्षाका विद्यार्थी मारमा परेका छन् ।

आन्दोलनरत्मधेसी मोर्चाले तराईका जिल्लामा बिहान मात्र विद्यालय सन्चालन गर्न दिने निर्णय गरेपनि जाडो बढेका कारण विद्यार्थीलाई विद्यालय जान र पढ्न समस्या भएको हो ।

बाक्लो हुस्सु र चिसोले विद्यालय जान र पठनपाठन गर्न समस्या भएको विद्यार्थीले बताएका छन् । उनीहरुले जाडोयामभर दिउँसो विद्यालय सन्चालन गर्नसमेत माग गरेका छन् ।

मधेसी मोर्चाको निर्णयअनुसार तराईमा बिहान ६ बजेदेखि विद्यालय सन्चालन भइरहेका छन् । 

No comments:

Post a Comment