Friday, November 4, 2016
मुखर्जी आउँदा पोखरामा कसले देखायो कालो झण्डा ? चार जना पक्राउ
पोखरा, १९ कात्तिक । भारतीय राष्ट्रपति आउँदा पोखरामा कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विप्लव माओवादीका कास्की जिल्ला जनसरकार प्रमुख नन्दलाल तिवारी ‘जगनबा’, माओवादी गण्डक व्युरो सदस्य भिम चापागाईं, टिकाराम घिमिरे र बमबहादुर हितांगीमगर रहेका छन् ।
उनीहरुमाथि पोखराको आकाशमा कालो झण्डा राखेर बेलुन उडाएको आरोप छ ।
भारतीय राष्ट्रपति मुखर्जी पोखरा बिमानस्थलमा ओर्लिनुभन्दा केही समय अगाडि पोखराका आकाशमा कालो झण्डासहितका बेलुनहरु उडेको देखिएको थियो ।
बेलुन उडाउने समूहको खोजी गर्दै हिँडेको प्रहरीले बिभिन्न स्थानबाट विप्लव माओवादीका नेताहरुलाई पक्राउ गरेको हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment