Friday, November 4, 2016

९ सय ९९ वटा कण्डम दिएर युवकले राखे प्रेम प्रस्ताव

तन्नेरीहरु गुलाफको फूल दिएर आफुले मन पराएको मानिससामु प्रेम प्रस्ताव राख्दछन् । तर एकजना युवकले भने गर्लफ्रेण्डलाई पर्पोज गर्नका लागि ९ सय ९९ वटा कण्डमका प्याकेट दिएका छन् । कण्डम दिएर गर्लफ्रेण्डलाई प्रेम प्रस्ताव राख्ने ती युवकको चर्तिकला देखेर सबै मानिस स्तब्ध भए । चीनको उत्तरी क्षेत्रस्थित हार्बिनमा एक युवकले आफ्नो मनकी रानीलाई कण्डम उपहार सहित प्रेम प्रस्ताव राखे । बीच सडकमा उभिएर प्रेम प्रस्ताव राख्नुअघि उनले सडकमा ९ सय ९९ वटा कण्डमका प्याकेटबाट मुटुको चित्र बनाए । युवकले युवतीसामु पर्पोज गर्ने क्रममा एक सारगर्वित कुरा पनि गरे । उनका अनुसार एक सामान्य पुरुषले आफ्नो पूरा जिवनमा कम्तिमा पनि ६ हजार पटक कुनै महिलासँग सेक्स गर्दछ । त्यसैले यस्तो अवस्थामा उसको साथमा कण्डम हुनु आवश्यक हुन्छ । साथै युवकले आफ्नी प्रेमिकालाई फूलको एक बुके पनि उपहार दिए र उपस्थित सबै मानिसले ताली बजाए । युवतीले हाँस्दै युवकको प्रेम प्रस्ताव स्विकार गरिन् ।त्यसपछि युवकले त्यहाँ उपस्थित सबै मानिसलाई सित्तैमा कण्डमका प्याकेट वितरण गरे ।

No comments:

Post a Comment