Tuesday, November 8, 2016

पूर्वराजा ज्ञानेन्द्र सिंगापुर प्रस्थान, सिंगापुरबाट भारत जाने

सिंगापुर प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाह ।



२४ कात्तिक, काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार सिंगापुर प्रस्थान गरेका छन् उनी सिंगापुर हुँदै भारत भ्रमणमा जाने छन्
बुधबार सिंगापुर उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शाहलाई समर्थकहरुले फूलमालासहित विदाइ गरे शाहका साथमा निजी सचिव सागर तिमल्सिना छन्
केही दिन सिंगापुर बसेपछि शाह बुहारी हिमानीसहित भारत भ्रमणमा जाने तयारीमा छन् हिमानी भने केही दिन पहिले नै सिंगापुर गाइसकेकी छिन्
दशै लगत्तै शाहका निजी सचिव तिमल्सिनाले नयाँदिल्ली पुगेर भ्रमणको मिति तय गरेका थिए

No comments:

Post a Comment