Tuesday, November 8, 2016

ट्रम्प राष्ट्रपति बन्दा नेपालीलाई के असर गर्छ ?




डोनाल्ड ट्रम्प आप्रवासी विरोधीका रुपमा चिनिन्छन् चुनाव प्रचारका क्रममा उनले जस्ता एजेण्डा अगाडि सारेका छन्, त्यसका आधारमा भन्दा उनी नेपालीमात्र हैन, सबै आप्रवासीका लागि विपत्ति नै सावित हुनेछन्
अरु देशका आप्रवासीजस्तै नेपालीहरु पनि हजारौंको संख्यामा अमेरिकामा अवैधानिक रुपमा कार्यरत छन् एचवानवी भिषामा काम गर्ने नेपालीहरु पनि छन् अब ट्रम्पको जीतले उनीहरुलाई सिधा असर गर्न सक्छ
अमेरिकामा अहिले एक करोडभन्दा धेरै अवैधानिक आप्रवासीहरु बसोबास गरिरहेका छन् ट्रम्पले उनीहरुलाई देश निकाला गर्ने वाचा मतदाता माझ गरेका छन्
यस्तै, ट्रम्पले विदेशी आप्रवासीहरुले अमेरिकीहरुको रोजगारी खोसिदिएको हुँदा कामदार भिषा (एचवानवी) पनि बन्द गर्ने विदेशीलाई अमेरिकामा काम गर्न आउन नदिने बताइरहेका छन्
उनी राष्ट्रपति बनिसकेपछि एचवानवी भिषामा आप्रवासीहरु अमेरिकामा काम गर्न आउन समस्या हुन सक्छ कतिपय अमेरिकी कम्पनीहरुले आउटसोर्सिङ गरी चीन वा भारतमा काम दिएकोमा पनि ट्रम्पले विरोध गरेका छन् अमेरिकी कम्पनीले अमेरिकाभित्रै काम दिनुपर्ने भन्दै आउटसोर्सिङ गर्न नपाउने गरी उनले नीति बनाउन सक्छन्
समग्रमा ट्रम्प विदेशीहरुप्रति निकै नै अनुदार छन् विदेशीलाई अमेरिकाभित्र काम दिने वा आउटसोर्सिङ गर्ने काममा उनको बिरोध
उनका एजेण्डाहरु यति धेरै उग्र छन् कि उनी राष्ट्रपति भएर आफुले बोलेअनुसारको काम गर्न खोजे भने विश्वले नै विपत्ति भोग्ने
अरु देशका आप्रवासीजस्तै नेपालीहरु पनि हजारौंको संख्यामा अमेरिकामा अवैधानिक रुपमा कार्यरत छन् एचवानवी भिषामा काम गर्ने नेपालीहरु पनि छन् अब ट्रम्पको जीतले उनीहरुलाई सिधा असर गर्न सक्छ
नेपालमै बस्ने नेपालीलाई असर
ट्रम्पको नीति लागू भएमा अमेरिका बस्नेमात्र हैन, नेपालमै बस्ने नेपालीलाई पनि असर गर्ने ट्रम्पले विदेशीलाई विकाश सहयोगका नाममा पैसा दिनु हुँदैन भनिरहेका छन् उनले राष्ट्रसंघलाई पनि डोनेसन दिनुहुँदैन भन्दैछन्
सम्भवतः अब नेपालले पाउँदै आएको ऋण वा अनुदान सहयोग ट्रम्पका पालामा कम हुन सक्छ हिलारीले जितेको भए चाहिँ नेपाल नेपालीलाई फाइदा हुन्थ्यो उनी नेपाल पनि गइसकेकी थिइन् नेपालसँग उनको सम्बन्ध थियो
गरी पुर्याउन गाह्रो
तर, ट्रम्पले बोलेको कुरा गर्न सक्छन् अमेरिकी नीति एवं कानुन सजिलै परिवर्तन गर्न सक्छन् भन्नेचाहिँ मलाई लाग्दैन किनकि कानुन बनाउन दुबै सदनको साथ चाहिन्छ सदनमा डेमोक्र्याटले जिते भने ट्रम्पले चाहेर पनि कानुन बनाउन सक्दैनन्
ओबामाका पालामा पनि त्यस्तै भएको थियो, हाउस रिपब्लिकनको बहुमतमा थियो त्यसैले ओबामाले चाहेका धेरै कानुन पास हुन सकेनन् दुबै हाउसमा रिपब्लिकनले जिते भने पनि ट्रम्पलाई आफुले चाहेअनुसारको कानुन बनाउन सजिलो हुने छैन किनभने रिपब्लिकनका धेरै सिनियर लिडरसँग ट्रम्पको सम्बन्ध राम्रो छैन, त्यसले हाउसको मत ट्रम्पकै पक्षमा नहुन सक्छ
हिजो रिपब्लिकन राष्ट्रपति हुँदा पनि उनीहरुका अभिब्यक्ति आप्रवासी विरोधी नै थिए तर, हाउस राष्ट्रपतिवीचको शक्ति बाँडफाँडका कारण आप्रवासी विरोधी नीति बनी हाल्न सकेको थिएन रिपब्लिकनका रोनाल्ड रेगन राष्ट्रपति हुँदा अबैध आप्रवासीलाई आममाफी नै दिइएको थियो, जुनबेला हाउसमा डेमोक्रेटिकहरुको होल्ड थियो
सारमा के भन्छु भने ट्रम्प चुनावी अभियानमा आप्रवासीप्रति जति असहिष्णु देखिन्थे, राष्ट्रपति भइसकेपछि त्यही अडानमा रहन कानुन पास गराउन सक्दैनन् यति ठूला निर्णय लिन उनलाई संसदको साथ चाहिन्छ नै त्यसले अमेरिकी अर्थतन्त्रमा पर्ने असर के हुन्छ, त्यो पनि पक्कै हेरिन्छ यदि ट्रम्पको पोलिसी लागू भयो भने अमेरिकी अर्थतन्त्र दुर्घटनामा पर्छ जस्तो लाग्छ
हाम्रो रोजीरोटी बिदेशीले खाइदिए भन्दा त्यो अमेरिकी भोटरका लागि पपुलर नारा भयो अमेरिकी जनता त्यसकै पछि लागे तर, यो अवस्था परिवर्तन गर्न सक्ने स्थितिमा अमेरिका अहिले नै पुगिसकेको छैन
त्यसैले अहिले के विश्वास गरौं भने ट्रम्प विश्वव्यापीकरण, खुला सीमाना उदार अर्थव्यवस्थाको विरुद्धमा जान सक्दैनन् आप्रवासीलाई अप्ठेरो पार्ने गरी नीतिहरु आउन सक्लान् तर, ट्रम्पलाई त्यति सजिलो भने छैन


No comments:

Post a Comment