Tuesday, November 8, 2016
सुई, जसले पुरुषलाई पिता बन्नबाट रोक्नेछ
मेरिकी वैज्ञानिकहरुले पुरुषहरुका लागि एक सुरक्षित तथा उपयोगी गर्भनिरोधकक सुई तयार गरेका छन् जसले शुक्रकिटहरुलाई निस्क्रिय पारिदिन्छ ।
वैज्ञानिकहरुका अनुसार उक्त सुई झण्डै २७० जना पुरुषमा परीक्षण गरिएको थियो र यो ९६ प्रतिशत प्रभावकारी देखियो । यो सुई लगाइसकेपछि पनि गर्भ रहेका केवल ४ प्रतिशत मात्र घटना पाइयो ।
तर उक्त सुई लगाइसकेपछि देखिने साइड इफेक्टको मात्रा भने अधिक पाइएको छ । यो सुई लगाइसकेपछि पुरुषहरुमा डण्डिफोर निस्कने तथा मूड खराब हुने जस्ता लक्षण देखिने गरेका छन् ।
वैज्ञानिकहरुले झण्डै २० वर्षदेखि पुरुषहरुका लागि प्रभावकारी हर्मोन गर्भनिरोधक तयार गर्नका लागि अनुसन्धान गरिरहेका थिए । शुक्रकिट उत्पादनमा रोक लगाउने तरिकाको खोजी शोधकर्ताहरुले गरिरहेका थिए ।
वास्तवमा पुरुषको अण्डकोषमा लगातार शुक्रकिटको उत्पादन भैरहेको हुन्छ । आम रुपमा शुक्रकिटको उत्पादन गति प्रति मिलिलिटर डेढ करोड हुन्छ । यदि उक्त गतिलाई १० लाख प्रति मिलिलिटर भन्दा कम गर्नुछ भने उच्चस्तरको हर्मोनको आवश्यकता पर्दछ ।
इन्डोक्राइन सोसाइटीद्धारा क्लिनिकल इन्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म नामक पत्रिकामा प्रकाशित शोध अनुसार उक्त शोधका क्रममा १८ देखि ४५ वर्षसम्मका यस्ता मानिसहरुलाई सहभागी गराइएको थियो जसले कम्तिमा एक वर्षसम्म एक जनामात्र यौनसाथीसँग यौनसम्पर्क गरेका थिए ।
सुरुमा पुरुषहरुको शुक्रकिटको संख्याको जाँच गरियो । त्यसपछि उनीहरुलाई ८ हप्ताको अन्तरालमा हर्मोनका दुई सुई दिइयो । त्यसपछि उनीहरुमा आगामी ६ महिनासम्म निगरानी जारी राखियो जबसम्म उनीहरुको शुक्राणुको संख्या प्रति मिलिलिटर दश लाख भन्दा कम भयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment