Friday, November 4, 2016
देउवा भारततिर लागेपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच गम्भीर वार्ता
काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी ओलीवीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित संसद सचिवालयमा रहेको सभामुखको कार्यकक्षमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श भएको स्रोतले जनाएको छ ।
छलफलमा महाअभियोगदेखि संविधान कार्यान्वयन र अन्य विविध विषयमा छलफल भएको बुझिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा आजै मात्र भारत गएका छन् । देउवा नयाँदिल्लीतिर जानेवित्तिकै दाहाल र ओलीवीच भएको भेटवार्तालाई महत्वका साथ नेताहरूले लिएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment