Tuesday, November 8, 2016

५०० र १००० का भारु साट्न बैंक जाँदै हुनुहुन्छ ? पख्नुहोस् !

२४ कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ५०० र १००० दरका पुराना भारतीय नोट (भारु) नचल्ने घोषणाले नेपालमा तरङ्ग ल्याएको छ । नेपाल राष्ट्र बैंकको बुधकार बिहान बसेको बैठकले तत्कालका लागि ५०० र १००० दरका भारतीय नोट नसाट्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन गरेको छ । ‘हामीले आज तोकिएका दरका भारतीय नोट नसाट्न बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरेका छौं,’ राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले अनलाइनखबरसँग भने । पण्डितका अनुसार आज दिउसो राष्ट्र बैंकको उच्च व्यवस्थापनले भारतीय रिजर्भ बैंकका उच्च अधिकारीहरुसँग इमेल वा टेलिफोनमार्फत छलफल गरेपछि मात्रै कहिलेदेखि कहिलेसम्म नेपालमा रहेका चलनचल्तीका भारतीय नोट सटही सुविधा दिने भन्ने निर्णय गर्ने छ । ‘रिजर्भ बैंकले हामीले सहटी गरेको मुद्राको व्यवस्थापन गर्छु भनेर ग्यारेन्टी दियो भने मात्रै हामी भारु सटही सुविधा उपलब्ध गराउँछौं,’ उनले भने, ‘रिजर्भ बैंकले जस्तो जवाफ दिन्छ हामी जवाफ आउने वित्तिकै सोही अनुसारको निर्णय लिन्छौं ।’ ०७१ फागुन महिनासम्म नेपालमा ५०० र १००० दरका भारु सटहीमा प्रतिवन्ध थियो । भारतमा अकूत कालो धन लुकाएको भन्दै त्यसलाई निस्तेज पार्न मोदीले पुराना दरका नोट चलनचल्तीमा नरहेको घोषणा गरेका हुन् । नेपालमा पनि ठूलो परिमाणमा भारुको प्रयोग हुने गरेकाले मोदीको उक्त निर्णयको प्रत्यक्ष प्रभाव परेको हो । हेर्नुस् राष्ट्र बैंकको परिपत्र

No comments:

Post a Comment