Tuesday, November 8, 2016
थाइल्याण्डमा मस्ती गर्दै मनिषा कोइराला
काठमाडौं । अभिनेत्री मनिषा कोइराला थाइल्याण्डमा मस्ती गर्दैछिन् । पाठेघरको क्यान्सरको सफल उपचारपछि बलिउड फिल्ममापुनःप्रवेश गरेकी मनिषाले थाइल्याण्डको समुन्द्री किनारमा साथीहरुसँग रमाइरहेको तस्विर फेशबुकवाट सार्वजनिक गरेकी छिन् ।
सन १९९१ मा हिन्दी चलचित्र ‘सौदागर’ वाट करिअर सुरु गरेकी मनिषा कुनै समय बलिउडको चर्चित नायिकाको रुपमा चिनिन्थिन् । सन २०१२ मा पाठेघरको क्यान्सर भएपछि अमेरिकामा गएर उपचार गरेकि थिइन् । अहिले उनी पूर्णरुपमा क्यान्सरमुक्त छिन् ।
उपचारपछि पुनः बलिउड फिल्म माप्रवेश गरेकी मनिषाको सन २०१५ मा ‘चेहराः ए मोर्डन डे क्लासिक’ रिलिजभएको थियो । उनले केही तेलुगु र तमिल फिल्ममा समेत अभिनय गरेकी छिन् । नेपाली ब्यबसायी सम्राट दाहालसँग विवाह गरेकी मनिषाको दुई वर्षपछि सम्बन्ध बिच्छेद भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment