Friday, November 4, 2016
भारतीय राष्ट्रपतिलाई पोखरामा कालो झण्डाले स्वागत! दुई जना पक्राउ
पोखरा, १९ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पोखरामा कालो झण्डाले स्वागत गरिएको छ । मुखर्जी पोखरामा ओर्लिनैलाग्दा स्थानीय युवाहरुले कालो झण्डा राखेका बेलुन उडाएर विरोध जनाएका हुन् ।
पोखरा विमानस्थल नजिकै कालो झण्डा राखिएका १०/१२ वटा बेलुन उडेपछि प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको परिचय खुखाइएको छैन् ।
पोखराको आकाशमा बेलुनमा झुण्ड्याएर उडाइएको कालोझण्डा ।
केही बेर आकाशमा उडेपछि कालो झण्डा राखिएका बेलुन फुटेका थिए । यसअघि बुधबार राति भारतीय राष्ट्रपतिको स्वागतार्थ इन्द्रचोक नजिकै बनाइएको स्वागत गेटसमेत तोडफोड भएको थियो ।
भारतीय राष्ट्रपति मुखर्जी पोखरा पुगिसकेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment