Friday, November 4, 2016

स्कटल्याण्डमा कुखुराले ट्राफिक जाम गराएपछि……

सडकमा गाडी चलाउन तथा पैदल यात्रुले सडक पार गर्नका लागि निश्चित ट्राफिक नियम हुन्छन् जसलाई सबैले पालन गर्नुपर्छ । मान्छेले ट्राफिक नियम पालना नगर्दा कारवाही हुन्छ । मानिसलाई मात्र होइन जथाभावी बाटो काटेर ट्राफिक नियम मिच्दा कुखुराले पनि कारवाही भोग्नुपर्ने रहेछ । घटना स्कटल्याण्डको हो । पुलिसले बजार क्षेत्रबाट एउटा कुखुरालाई नियन्त्रणमा लिएको हो । खबर अनुसार टेसाइट क्षेत्रको पुलिसले उक्त कुखुरालाई मात्र यसकारण नियन्त्रणमा लिएको की त्यो कुखुराले नियम विपरित सडक पार गरिरहेको थियो । उक्त कुखुराले निकै व्यस्त ट्राफिक रहेको पिक आवरमा सडक पार गरिरहेको थियो । कुखुराले सडक पार गरिरहँदा कुखुराका कारणले ट्राफिक जाम भयो । कुखुराका कारण ट्राफिक जाम भएपछि सवारी चालकहरुले पुलिसलाई गुनासो गरे । त्यसपछि पुलिसले उक्त कुखुरालाई नियन्त्रणमा लियो । सुरुमा त पुलिसले उक्त कुखुराको मालिक कोहीँ छ की भनेर खोज्यो । तर कोही नभेटेपछि पुलिस आफैले कुखुरा समात्यो । पुलिसले स्कटल्याण्डमा जनावर अधिकारको क्षेत्रमा काम गर्ने एस एस पि सि ए नामक संस्थालाई पनि खबर गर्यो । पछि कुखुरालाई पुलिसले हिरासत मुक्त गरेको छ । – एजेन्सीको सहयोगमा

No comments:

Post a Comment