Friday, November 4, 2016

‘पाप प्रायोश्चित गर्न भारतीय राष्ट्रपति मुखर्जीले पशुपतिनाथमा क्षमापूजा गरे’

काठमाडौं, १८ कात्तिक । तीन दिने नेपाल भ्रमणका क्रममा हाल काठमाडौंमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पशुपतिनाथ मन्दिरको पूजाअर्चना कार्यक्रमलाई भारतीय संचारमाध्यमले विशेष प्राथमिकता दिएका छन् । मुखर्जीले विहीबार विहान पशुपतिनाथको दर्शन गरेका थिए । भारतीय मिडियाले मुखर्जीको पशुपतिनाथ दर्शन तथा पूजाअर्चना पापबाट छुटकारा पाउनको लागि गरिएको भन्दै प्रचार गरेका छन् । भारतको चर्चित न्यूज च्यानल आजतकले राष्ट्रपति मुखर्जीले आफ्नो पापलाई प्रायोश्चित गर्नको लागि पशुपतिनाथको पूजा गरेको उल्लेख गरेको छ । उसले आफ्नो समाचारमा मुखर्जीले क्षमा पूजा गरेको समेत उल्लेख गरेको छ । सामाजिक सञ्जालमा भने नेपालीहरुले भूकम्पको समयमा भारतीय पक्षबाट नाकाबन्दी गरिएको र सोही पापलाई प्रायोश्चित गर्नको लागि मुखर्जीले पशुपतिनाथको पूजाअर्चना गरेको व्यंग्य प्रस्तुत गरिरहेका छन् ।

No comments:

Post a Comment