Tuesday, November 8, 2016

खसी नाचेपछि पत्ता लागेको थियो कफीको प्रभाव, यस्ता छन् कफीबारे रोचक तथ्यहरु



विश्वभर नै कफी संस्कृति निकै स्थापित भइसकेको थकान मेट्न, शरीरको स्फूर्तिका लागि ह्याङ्आउटमा पनि कफी मानिसको प्रिय पेय हो
कफीले आठ प्रकारका क्यान्सर रोग निको पार्न मद्दत गर्छ तर, यसका फाइदा मात्रै नभई केही हानि पनि छन्
आज कफी संस्कृतिका रुपमा विकास हुनुपूर्व कफी कसरी पेय पदार्थका रुपमा स्थापित भयो कसरी विस्तार भयो भन्ने केही रोचक तथ्यहरु जान्नुस्
खसी नाच्दा थाहा भयो कफीको प्रभावकारिता
सबैभन्दा पहिले इथियोपियाका गोठालाहरुले कफीको असर प्रत्यक्ष देखेका थिए जब उनीहरुले कफीको फल खाएपछि खाफ्ना खसी-बाख्राहरु फूर्तिला भएर नाच्न थालेको देखे, यो फलको प्रभावकारिताबारे उनीहरुले थाहा पाएका थिए
काँचै खाइन्थ्यो कफी
अफ्रिकाका आदिवासीहरुले कफी काँचै खान्थे उनीहरुले कफीको दानालाई बोसोयुक्त पदार्थमा मिसाउँथे जुन शक्तिवर्द्धक खानेकुरा मानिन्थ्यो
इस्लाममार्फत कफीको विस्तार
इस्लाम धर्मको उदयसँगै कफीको प्रचारप्रसार बढेको मानिन्छ इस्लाम धर्मले मुस्लिमहरुलाई मद्यपान गर्नबाट वञ्चित गरे पनि कफीलाई स्वीकार गरेको पाइन्छ जसले गर्दा कफीको व्यापकतासँगै लोकपि्रयता बढ्दै गयो
कफीको उब्जनीबीन बेल्टमा
 
विश्वमा कफी उत्पादन हुने क्षेत्र

संसारमा जति पनि कफी फल्छ, ती सबैबीन बेल्टअर्थात् ट्रपिक अफ क्यान्सर क्याप्रिकनको बीचमा खेती हुन्छ अमेरिकामा भने हवाई राज्यमा मात्र कफी खेती हुन्छ

कफी पिउँदा षड्यन्त्रको डर !
सन् १६७५ मा बेलायतका राजाले कफी पिउने ठाउँहरुमा प्रतिबन्ध लगाएका थिए उनको दाबी थियो, कफी हाउसहरुमा मानिसहरु बसेर उनी विरुद्ध षड्यन्त्र बुन्छन्
७० प्रतिशत अरेविका, ३० प्रतिशत रोबुष्टा
विश्वका ७० प्रतिशत मानिसहरु अरेविका कफी सेवन गर्छन्, जुन हल्का तथा सुगन्धित हुने गर्छ बाँकी ३० प्रतिशतले रोबुष्टा सेवन गर्छन्, जुन स्वादमा तीतो हुनुका साथै अरेविकामा भन्दा ५० प्रतिशत बढी कैफिन हुने गर्छ
रुखमा फल्छ ?
कतिपय मानिसलाई जानकारी नहुन सक्छ, कफी रुखमा फल्छ कफीको बोट ३० फिटसम्म अग्लो हुन सक्छ तर, टिप्न सजिलो होस् भनेर १० फिट (तीन मिटर) भन्दा बढ्न नदिई यसको खेती गरिन्छ



कफी एक प्रकारको बीउ हो, जुन रातो रङको ऐंसेलु (बेरी) जस्तो फलभित्र हुन्छ
विश्वकै दोस्रो ठूलो खाद्यवस्तु
विश्वमा धेरै व्यापार हुने खाद्यवस्तुमध्ये कफी दोस्रोमा पर्छ सबैभन्दा धेरै बिक्री-वितरण हुने तेल हो
जर्ज वासिङ्टनले सन् १९०१ मा इन्स्टान्ट (तुरुन्तै खान मिल्ने) कफीको आविष्कार गरेका थिए यो नाम कुनै समयका अमेरिकी राष्ट्रपतिसँग मिल्छ तर, इन्स्टान्ट कफीका आविष्कारक जर्ज ग्वाटेमाला निवासी बेल्जियमका हुन्
एस्प्रेसो
एस्प्रेसो कुनै कफीको नाम नभएर यसलाई तयार पार्ने विधि हो तातो पानीमा कफीलाई बेस्सरी घोलेर तयार पारिने कफीलाई एस्प्रेसो भनिन्छ
अमेरिकानो
अमेरिकानो पनि कफीको कुनै जात होइन यो नाम दोस्रो विश्वयुद्धताका अमेरिकी सेनाबाट आएको हो अमेरिकी सैनिकहरुले कफीको कडा स्वादलाई मत्थर पार्न एस्प्रेसो कफीमा पानी थप्न आदेश दिन्थे कालान्तरमा त्यस्तो कफी अमेरिकानो कहलिन थाल्यो



No comments:

Post a Comment