Thursday, April 14, 2016

ज्योतिषीका आँखामा कस्तो छ नयाँ वर्ष

नव वर्ष २०७३ सालको वार्षिक राशिफल
नव वर्ष २०७३ सालमा नेपाली पञ्चांगअनुसार सौम्य नाम संवत्सर परेको वर्षको राजा शुक्र मन्त्री पदमा बुध रहेका छन् दुवै ग्रह शुभ एकअर्काप्रति मित्रभाव राख्नाले यसलाई समग्र रूपमा राम्रो मान्न सकिन्छ वर्ष सञ्चालनमा विभिन्न विभाग सम्हालेका ग्रहलाई विचार गर्दा पापग्रहको वर्चश्व रहे पनि राज्यको मुख्य पदमा बुध, शुक्र भएकाले ग्रहको गठन शुभ पक्षमा उन्मुख रहने देखिन्छ  


मौसम परिवर्तनको अवस्था यथास्थितिमा रहे पनि खण्डवृष्टिको योग यथावत् रहनेछ अतिवृष्टि एवं अनावृष्टि, कतै बाढीपहिरो, कतै सुक्खा खडेरी रहे पनि तुलनात्मक रूपले वर्षा राम्रो हुने भएकाले कृषि उत्पादन सकारात्मक रहनेछ राजा शुक्र अतिविज्ञ, बुध बालक दक्षताको दूरी धेरै हुनेछ  

स्त्रीकारक विज्ञानकारक शुक्र राजा वाणिज्य तथा नपुंसक ग्रह बुध मन्त्री पदमा रहेकोले स्त्रीशक्तिले आफ्नो वर्चस्व जमाउन खोज्ने, अरूको नियन्त्रणमा बल गर्ने अवस्था सिर्जना हुनेछ राज्यका बुज्रुकहरूले समयमा बुद्धि पुर्याएनन् भने उद्देश्य सही कार्यान्वयन गलत हुन गई समाज अराजक अनियन्त्रित हुन सक्छ  

युरोपेली मुलुकमा आतंक फैलिँदै जाँदा अर्थिक मन्दी चरम हुनेछ जर्मन जापानलाई पनि अशुभ शक्तिसम्पन्न राष्ट्रहरूको मतभेदले विश्व जनमानसलाई नै चिन्तित बनाउनेछ सामुद्रिक निकट देशहरूमा ज्वालामुखी विस्फोटनको सम्भावना पनि उत्तिकै देखिन्छ

ग्रहमण्डली सूर्यकै आधारमा रहने एवं वर्ष प्रवेश जगलग्न निर्धारण गरिने भएकाले वर्षभरिको फलका अधिपति वर्ष लग्नमै विशेष ध्यान दिँदा बढी मेल खाने विषयलाई विगतका अनुभव शास्त्रीय आधारबाट प्रस्ट हुन्छ सोहीअनुरूप यस वर्षको जग लग्नबारे विचार गर्दा वृश्चिक लग्न परेको लग्नाधिपति मंंगल लग्नमै स्वगृही भई २०७३ वैशाख गतेदेखि नै वक्र हुने साथमा शनिसमेत रहेकाले यो वर्षको सुरुमै अशुभ संकेत देखिनेछन्

वायुतत्त्व ग्रह अग्नितत्त्व ग्रहको द्वन्द्व हुनुका साथै मंगलको सम्बन्ध पृथ्वीसँग विशेष रहन्छ नेपालको राशिमा पनि परेकाले वर्षारम्भमै राजनीतिमा उतारचढाव आउनेछ आपसी मतभेद बढ्ने हुनाले सत्ता परिवर्तनको खेल सुरु हुनेछ हवाईजहाज दुर्घटनामा ठूला व्यक्तिको मृत्यु एवं अचानक महत्त्वपूर्ण व्यक्तिको निधन हुने सम्भावना पनि वर्षको सुरुमै देखिन्छ  

समुद्री आँधीहुरी, भूक्षय, आगजनी भूकम्पजस्ता प्राकृतिक प्रकोपले विश्व जनमानसलाई त्रसित बनाउनेछ यसको प्रभाव भने प्राचीन हिन्द महाद्वीपमा रहेका सबै भूभाग अझ नेपाल, भारत, पाकिस्तान, बंगलादेश भुटानमा बराबरी रहनेछ सैन्याधिपति मंगल, सेवाधिपति शनिको द्वन्द्वका साथै चतुर्थभावमा रहेको केतु, दशाभावमा रहेको राहु साथमा गुरु चण्डाल योग बनाएर बसेको  

बृहस्पतिको प्रतिकूल प्रभावका कारण धार्मिक द्वन्द्व बढ्ने, सच्चा धार्मिकहरू ओझेलमा पर्दै जानेछन् धर्मका नाममा लाभ उठाउनेहरूबीचकै विवादले देशमा विषम अवस्था सिर्जना भई अन्ततः २०७१ साउन २६ मै धर्मयुग आरम्भ भइसकेकाले धर्म रक्षाका लागि सेना परिचालनसम्म हुन सक्छ  

दशमेश ग्रह सूर्य, षष्ठभावमा भाग्येश तथा धर्मेश चन्द्रमा मृत्युस्थानमा, एकादशेश बुध षष्ठभावमा रहेकाले देशमा आन्तरिक कलह बढ्दै जाने अर्थतन्त्रलाई धराशायी बनाउँछ राजनीति तरल हुँदै गएको अवस्थामा अधिक मानिस विचलित हँदै जाँदा राष्ट्र दुःखद स्थितिमा पुग्नेछ  

यस्तो अवस्थामा छिमेकी विदेशी मुलुकको हस्तक्षेप, कूटनीतिक मर्यादाले नेटो काट्न सक्ने हुनाले नेपाली जनमानसमा नकारात्मक प्रभाव पर्न सक्छ ओझेलमा परेका राजनीतिक समूहलाई पनि समेट्दै नेपाललाई माया गर्ने मित्रशक्तिहरूको सहयोग लिँदै, बौद्घिक व्यक्तिहरू, सच्चा धार्मिक समूहको प्रयासमा राष्ट्र, धर्म प्रजातन्त्रको रक्षार्थ एकजुट हुनेछन्  

वर्ष लग्नअनुसार सर्वशक्तिवान् ग्रह मंगल शुक्र नै देखिएकाले महिला शक्ति सैन्य शक्तिलाई उपयोग गरी विस्थापितहरूको पुनस्र्थापना हुन सक्नेछ ग्रहको यो विषम परिस्थिति जेठ २२ गतेसम्म रहनेछ मंगलको वक्र अवस्था असार १० गतेसम्म रहनेछ, पुनः असार ३१ गतेदेखि भदौ ३० सम्म शनि मंगल वृश्चिक राशिमा रहनेछन्  

असोज गतेदेखि आपसी मतभेद अन्त्य गर्दै राष्ट्रद्रोहीलाई पाखा लगाउँदै राष्ट्र निर्माताहरू एकजुट भएर अघि बढ्नेछन् असोज ३० सम्म अनिष्ट नहोस् भनेर राष्ट्रका जिम्मेवार व्यक्तिहरूले वर्षआरम्भकै दिनमा ग्रहशान्ति गर्दा अनिष्ट कम हुन सक्छ

२०७३ फागुन सम्म तुला राशिलाई अन्त्य साढे सात, वृश्चिक राशिलाई मध्ये साढे सात धनुलाई आद्य साढे साती रहनेछ मेष, सिंहलाई अढैया शनि रहनेछ २०७३ फागुन गतेबाट तुलाको शनिमा साढे सात सकिने मकर राशिलाई साढे सात आरम्भ हुनेछ त्यसैगरी मेष, सिंहलाई अढैया शनिले छोड्नेछ भने वृष कन्यालाई अढैया सुरु हुनेछ  

साढे साती दशाको फल जन्मकुण्डलीमा शनि शुभ भएमा शुभ फल अशुभ भएमा अशुभ फल दिनेछ अढैया भने कसैलाई पनि शुभ नहुने भन्ने शास्त्रीय मान्यता शनि अढैया वा साढे साती वा शनि प्रभावित मानिसहरूले शनिबार बिहान भैरवको पूजा गरीमेरो शनि दोष नाश होस्' भनी दायाँ हातमा मिटर कालो कपडा राखी दस कदमपछि हटेर फरक्क फर्केर हिँड्नू  

यो सम्भव नभएमा नदीमा पूजा गरीशनि दोष जाओस्' भनेर दुई मिटर कालो कपडा उँभोतिर फर्केर बगाएपछि त्यता नहेर्ने । यसले पनि शनि दशाको दोष कम हुन्छ ।
मेष
वर्षका ग्रहगोचर मध्यम रहनेछन् । अढैया शनिको प्रभाव आगामी फागुन ५ गतेसम्म रहनेछ । शनि दशमेश र एकादशेश भएकाले यसबाट हुने नकारात्मक प्रभावबाट दुर्घटनामा घाउचोट, हाडजोर्नीको दुखाइ, मिर्गौलामा समस्या आउने सम्भावना अधिक रहन्छ । 

खर्चको गति अनियन्त्रित हुने हुँदा आर्थिक कठिनाइले प्रशस्त मात्रामा सताउनेछ । नोकरी तथा राजनीतिमा आफूले गरेको उचित कामलाई गलत व्याख्या गर्दै मुद्दा–मामलामा फसाउन शत्रु सक्रिय हुनेछन् । पितालाई संकट आउने योग भए पनि साउन २२ गतेसम्म पञ्चम र माघ १ गतेदेखि फागुन २१ गतेसम्म सप्तममा वृहस्पतिले पूर्ण साथ दिने भएकाले समग्रमा त्यतिञ्जेलको समय शुभ रहनेछ । आम्दानीका अवसर पर्याप्त मिल्नेछन् । 

नवीन सन्तान हुने योगका साथै भएका सन्तानको उन्नति र प्रगतिले मन प्रफुल्ल रहनेछ । भाग्य बलियो हुनेछ, धर्ममा रुचि बढ्नेछ । धार्मिक यात्राका साथै विदेश यात्राका अवसर मिल्नेछन् । बौद्घिक कार्यमा सफलता मिल्नुका साथै राजनीतिक नियुक्तिको अवसर मिल्नेछ । व्यापार–व्यवसायबाट लाभ मिल्नुका साथै नोकरी र राजनीतिमा आएका समस्या पार लगाउन सकिनेछ । बिर्सिएर भुलेका मित्रहरूले याद गर्नेछन् । 

नयाँ मित्रको सहयोगमा धेरै काम हात पार्न सकिनेछ । विपरीत लिंगमा रहेको मित्रभाव प्रेममा परिणत हुनेछ । भइरहेको प्रेम अब वैवाहिक मार्गमा उन्मुख हुनेछ । असार, असोज, माघ, फागुन शुभ महिना, मार्ग, चैत अशुभ महिना रहनेछन्, अरू मध्यम रहनेछन् । ॐ नमः शिवाय मृत्युञ्जय महादेवाय नमोऽस्तुते यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला । 
वृष

समग्रमा यो वर्ष मध्य रहनेछ । वर्षको सुरुदेखि नै केन्द्रादि दोषका साथै गुरु चण्डाल योग बनाएर चतुर्थ भावमा बसेको राहु र वृहस्पतिको प्रभावले माता–पितालाई कष्ट हुनेछ । घरेलु समस्या निकै बढ्ने एवं संयम नअपनाएमा घरै छोड्नुपर्ने स्थिति आउन सक्नेछ । सवारी साधनले दुःख दिनेछ, मित्रहरूसँग विवाद बढ्नेछ, विश्वासघातका कारण प्रतिष्ठित व्यक्तिको प्रतिष्ठामा आँच आउनेछ । बसाइँसराइको योग पनि प्रबल देखिन्छ । 

दुःखद यात्राहरू पनि गर्नुपर्नेछ । पतिपत्नीबीच विवाद बढ्नेछ, संयम नभएमा बिछोडको स्थिति आउन सक्छ । पेटसम्बन्धी रोगले सताउनेछ । मानसिक तनाव प्रशस्त मात्रामा बढ्नेछ । फागुन ५ गतेदेखि सुरु हुने अढैया शनिले स्वास्थ्यमा वाधा, लेनदेनमा विवाद बढाउने योग भए पनि साउन २२ देखि पुस २९ सम्म, फागुन २१ देखि सालभर पञ्चम गुरुको अनुकूलताले समय तपाइँको पक्षमा रहनेछ । 

आँटेका काम सजिलै बन्नेछन्, विद्यार्थी पढाइमा प्रगति गर्दै छात्रवृत्ति प्राप्त गरी स्वदेश वा विदेशमा पढ्ने अवसर मिल्नेछ । लेखक र साहित्यकार बौद्घिक वर्गका लागि पनि यो समय अति नै बलवान् रहनेछ । राजनीतिकर्मीहरू आफूले गुमाएको पद प्रतिष्ठा पुनस्र्थापित गर्नेछन् । किसान वर्गको कृषि उत्पादन राम्रो हुनेछ । व्यापारीहरूले व्यापारमा प्रशस्त लाभ उठाउनेछन्, सन्तान नभएकाहरूले सन्तान प्राप्त गर्नेछन् । 

नयाँ प्रेम हुने र पुराना प्रेमहरू वैवाहिक बन्धनमा बाँधिने योग छ । महत्त्वपूर्ण कामहरू यसै समयमा गर्नु होला । साउन, कात्तिक, चैत महिना बलवान् रहने र वैशाख, पुस कमजोर हुने अन्य महिनाहरू मध्यम रहनेछ । ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः' मन्त्रको जप वर्षभरि नै गर्नु राम्रो हुनेछ ।
मिथुन

समष्टिमा यो वर्ष राम्रो छ । तृतीय राहु र गुरुले पराक्रम वृद्घि गर्नेछ भने छैटौं शनिले शत्रु निवारण गर्नेछ । आँटेका काममा सजिलै सफलता मिल्नेछ । नयाँ कामका अवसर पनि धेरै आउनेछन् । नोकरीमा पदोन्नति हुनुका साथै लाभप्रद स्थानमा स्थानान्तरण हुनेछ । राजनीतिमा ऐतिहासिक सफलता मिल्नेछ । सामाजिक कार्यमा सोचेभन्दा बढी सफलता मिल्नुका साथै राष्ट्रिय सम्मानसमेत प्राप्त हुने सम्भावना छ । 

विशेषगरी स्वास्थ्यसम्बन्धी अध्येतालाई अनुकूल समय जुरेको छ । उनीहरूले विशेष छात्रवृत्ति प्राप्त गरी स्वदेश विदेशमा अध्ययनका अवसर मिल्ने देखिन्छ । अन्य विषयका विद्यार्थीलाई सुअवसर मिल्ने र विदेश बसोवास गर्ने प्रयासमा भए सजिलै सफलता प्राप्त हुनेछ । बौद्घिक कार्यको उच्च मूल्यांकन राज्यबाट हुने योग छ । 

स्वदेशी व्यापार र वैदेशिक व्यापारमा लाभ मिल्नुका साथै कृषि, पशुपालन विशेष दूध तथा फलफूल उत्पादकका लागि यो वर्ष बलियो देखिन्छ । कलाकारहरूमा नाट्यकार, सिनेकर्मी र निर्माताहरूले ऐतिहासिक सफलता हासिल गर्नेछन् । घरघडेरी तथा सवारी साधन जोड्नका लागि समय राम्रो छ । मित्र तथा परिवारबाट सोचेजस्तै सहयोग पाउने योग छ । साउन २३ देखि पुस २९ सम्म र फागुन २२ देखिको समय प्रतिकूल हुनेछ । 

घरेलु समस्या अलि बढ्नेछ । मित्रहरूले साथ नदिने सम्भावना उत्तिकै देखिन्छ । पतिपत्नीबीचको सम्बन्धमा ह्रास आउनेछ । मनमा द्विविधा बढ्न थाल्नेछन् । यो समय अलि सचेत रहनुहोला । वैशाख, भदौ, मंसिर महिना शुभ रहनेछ । जेठ, माघ अशुभ रहनेछन् र अन्य महिना मध्यम देखिन्छन् । 
कर्कट

ग्रह गोचरले वर्षभरि नै साथ दिनेछ । द्वितीय गुरुले पराक्रमको गति बढाउँछ । बोलीको प्रभाव बढाउने हुँदा ठूला व्यक्तिहरूसँग संवाद गर्ने अवसर मिल्नेछ । कूटनीतिक कार्यमा लाग्नेहरूका लागि समय अनुकूल रहनेछ । 

कानुन व्यवसायीहरूले ऐतिहासिक सफलता हासिल गर्नेछन् । पत्रकार, ज्योतिषी, चिकित्सक, सैन्य पेसाकर्मीहरूका लागि वर्ष निकै फलदायी रहनेछ । धार्मिक व्यक्तिहरूले धार्मिक र सामाजिक कार्यमा ऐतिहासिक सफलता हासिल गर्नेछन् । तीर्थयात्राको अवसर पनि मिल्नेछ, वैदेशिक कार्यमा राम्रो सफलता मिल्नेछ ।

व्यापारमा सफलता मिल्नेछ । नोकरीमा पदोन्नति र लाभप्रद स्थानमा स्थानान्तरण हुने योग छ । राजनीतिमा गुमेको स्थान फर्काउनसम्म सफल हुनुहोला । आम्दानीको नयाँ स्रोत हात पार्न सकिनेछ । घरघरेडी तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पढाइमा सफलता पाउन अलि परि श्रम गर्नुपर्ला, सन्तानहरूसँग विमति बढ्न सक्छ । शत्रुसितको प्रतिस्पर्धामा ऐतिहासिक विजय हासिल गर्दै निरन्तर अगाडि बढ्न सकिनेछ । 

विछोड भएको प्रेमबन्धन पुनः बाँधिने योग छ । पतिपत्नीबीचको सम्बन्ध सुमधुर हुनुका साथै विछोड भएको छ भने पुनर्मिलन हुनेछ । जेठ, असोज, पुस शुभ महिना हुन् भने असार, फागुन अशुभ र अन्य महिना मध्यम रहनेछन् । महत्त्वपूर्ण कामहरू शुभ महिनामा गरे बढी लाभ लिन सकिन्छ ।
सिंह

यो वर्षको ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भमा अढैया शनि र राशिको गुरु तथा राहु, चतुर्थ मंगल र अष्टम शुक्रको प्रतिकूल प्रभाव रहेकाले समय प्रतिकूल रहनेछ । कुरा काट्नेहरू, झूटा आरोप लगाउनेहरू निकै सक्रिय रहनेछन् । 

आफूले गरेको सही कार्यलाई समेत गलत सावित गराउन शत्रुहरू लागिपर्नेछन् । मनमा चिन्ताले दरिलो डेरा जमाउनेछ । दाँतमुखमा पीडा हुनुका साथै अनावश्यक विवादको सामना पनि गर्नुपर्नेछ । घर झगडा तीव्र भई घरेलु समस्याले प्रशस्त मात्रामा सताउनेछ । 

परिवारहरू पनि विना कारण टाढिनेछन् । मित्रहरूलाई आफूले सहयोग धेरै गर्नुपर्ने बाध्यता तथा आफूले सहयोग नपाउने लक्षण पनि उत्तिकै देखिन्छ । साउन २३ गतेपछि समयमा धेरै सुधार आउनेछ । द्वितीय गुरुले बोलीको प्रभाव बढाउनुका साथै अरूलाई विश्वासमा लिएर अघि बढ्न सकिनेछ । 

पढाइमा सुधार आउनेछ । बौद्घिक कार्यमा अघि बढ्ने अवसर मिल्नेछ । शत्रुलाई परास्त गर्ने क्षमता वृद्घि हुनुका साथै मित्रहरूसँग सम्बन्ध सुधार्ने अवसर पनि मिल्नेछ । ठूला व्यक्तिहरूको सान्निध्यता प्राप्त भई आफूनिकट समस्या किनारा लगाउन सकिनेछ । 

सन्तानहरूको उन्नति एवं उहीहरूसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । फागुन ५ गतेदेखि अढैया शनिको प्रभाव सकिने भएकाले समय अझ बलियो हुनेछ । असार, कात्तिक र माघ महिना शुभ महिनामा पर्दछ भने साउन र चैत महिना अशुभमा पर्दछन् । ॐ हँ हनुमते रुद्रात्मकाय हँ फट यो मन्त्रको जप वर्षभरि नै गर्नु होला ।
कन्या

समष्टिमा यो वर्ष ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भमा बह्रौको राहु तथा गुरुको प्रतिकूलताले उच्च रक्त श्राव बढ्ने भएकाले मन विचलित हुनेछ । मुटु, मस्तिष्कमा पीडा हुनेछ । दुःस्वप्नहरू देखिने, राम्रोसँग निद्रा नपर्ने र स्वास्थ्य गडबड हुने योग छ । 

मित्र तथा परिवारहरूको समस्यामा श्रम, समय र पैसा सबै लगाउनुपर्ने तर जस भने नमिल्ने भएकाले मनको अशान्ति अरू बढ्नेछ । धेरै समय अरूको काम गरेर बित्नेछ । आफूलाई उपयोग गर्नेहरू धेरै हुनेछन् । पतिपत्नीबीच बुझाइको कमीले मतभेद बढ्नेछ । 

फागुन ६ गतेदेखि अढैया शनिले प्रवेश गर्नेछ । घरेलु समस्याले सताउनुका साथै मित्रहरूसँग विवाद हुने, शत्रुले आक्रमण गर्ने, झूटा आरोप–प्रत्यारोप लाग्ने भएकाले सकेसम्म थोरै बोल्नु उचित हुनेछ । आर्थिक कारोबारमा सकेसम्म अघि नबढ्नु नै बुद्धिमानी होला । 

साउन २३ देखि फागुन ४ गतेसम्म समय बलियो छ । पराक्रमको गति तीव्र हुनुका साथै आँटेका काममा सजिलै सफलता मिल्नेछ । नयाँ काम पाउने, अधुरा काम पूरा हुने तथा परिवारिक समस्या क्रमशः घटेर जाने योग छ । पढाइमा रुचि बढ्ने, सफलताले खुसी मिल्ने, बौद्घिक कार्यमा अघि बढ्दा उच्च सम्मान पाउने योग छ । 

व्यापारमा प्रगति हुनुका साथै स्वदेश तथा विदेशका व्यावसायिक र राजनीतिक यात्राको बलियो सम्भावना छ । पतिपत्नीबीच धमिलिएको सम्बन्ध पूर्णरूपमा संग्लिनेछ । बोलीको प्रभावले राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिलाई प्रभाव पार्दै आफूलाई अग्रस्थानमा उभ्याउन सफल हुनुहोला । पहिलो भेटमै प्रेमको बन्धन बाँधिने योग छ । साउन, मंसिर र फागुन महिना शुभ फल दिने खालका छन् भने वैशाख, भदौ अशुभ फल दिने महिना हुन्, अरू महिना मध्यम रहनेछन् । ॐ गौरा माता भूव स्यातै स्वहाः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
तुला

वर्षको ग्रहगोचर त्यति नराम्रो छैन । सुरुमा गुरुको र राहुको गोचर एकादश स्थानमा भएकाले आर्थिक उन्नति प्रशस्तै हुनेछ । छात्रवृद्घि प्राप्त गरी स्वदेश वा विदेशमा गएर अध्ययन गरी सफलता हासिल गर्नुका साथै बौद्घिक कार्यमा अघि बढ्दा उच्च सम्मान पाउने योग छ । 

पराक्रम तीव्र हुनुका साथै अधुरा काम बन्ने, नयाँ काम पाउने योगछ । शत्रुसँगको प्रतिस्पर्धामा आफ्नो जित सुनिश्चित हुनेछ । नोकारीमा गोपनीयताका साथ अघि बढ्दा सोचेजस्तै सफलता हासिल गर्न सकिनेछ । राजनीतिमा आफ्नो वर्चश्व कायम राख्न पनि गोपनीयता नै अपनाउनु पर्ला । 

व्यापारमा सफलता सोचेजस्तै मिल्नेछ । विदेशयात्राको अवसर मिल्नेछ । वैदेशिक व्यापारमा प्रवेश गर्ने अवसर मिल्नेछ । फागुन ६ देखि शनि शाढे सात हट्ने भएकाले मित्रहरू र परिवारको सहयोगमा सुधार आउनेछ । उच्च मनोबलका साथ अघि बढ्दा महत्त्वपूर्ण सफलता हासिल गर्न सकिनेछ । 

साउन २३ गतेदेखि फागुन ५ सम्म बाह्रौं गुरु र द्वितीय शनिको प्रतिकूलताले खर्च बढ्ने, विवाद बढ्ने, काममा अवरोध आउने, झूटा मुद्दामा फसाउने प्रयास गर्नेछन् । नोकरीमा आर्थिक हिनामिनाको आरोप लाग्ने सम्भावना छ । दाँत–मुखमा पीडा हुनुका साथै अरूबाट हुने तीव्र आलोचनाले मनोबल घट्नेछ । 

बोल्दा होस पुर्‌याउनुहोला । धनमाल चोरी हुनसक्ने भएकाले आफूलाई चनाखो राख्नुहोला । भदौ, पुस, चैत महिना राम्रो रहने र जेठ, असोज नराम्रो महिनामा पर्दछ अरू महिनाहरू मध्यम रहनेछन् । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां वसमानाय स्वाहः यो मन्त्रको जप वर्षभरि नै गर्नु होला ।
वृश्चिक

यो वर्षको ग्रहगोचर यस प्रकार रहनेछ । मध्य साढे सातीको प्रभाव वर्षभरि नै कायम रहनेछ । जसले गर्दा हाडजोर्नी दुःख्ने, सेवकहरूबाट असहयोग हुने, निद्रा कम लाग्ने र जिउ पोल्ने समस्याले प्रशस्त मात्रामा सताउनेछ । 

केन्द्रादि दोषसहित गुरु चण्डाल योग बनाएर दशम स्थानमा बसेकाले पितालाई हानि पुर्‌याउनुका साथै आफ्नो मानप्रतिष्ठामा आँच आउनेछ । आफूले बोलेर आफैँ अप्ठ्यारोमा परिनेछ । धनमाल चोरी हुनसक्ने भएको आफूलाई सधैँ चनाखो राख्नुपर्ला । नोकारीमा बुद्घि नपुर्‌याएमा पदमुक्त हुने सम्भावनाका साथै अप्ठ्यारो स्थानमा स्थानान्तरण हुने योग छ । राजनीतिमा ठूलो संकटको सामना गर्नुपर्नेछ । 

सामाजिक कार्यमा समय, श्रम र द्रव्य लगाएर पनि आलोचित हुनुपर्नेछ । घरेलु समस्या बढ्दै जाँदा संयमित नभएमा घरै छोड्ने स्थिति आउन सक्नेछ । मित्र बनेर धोका दिनेहरू प्रशस्तै हुनेछन् । विश्वास धेरै गरियो भने धोका हुन सक्छ । 

आर्थिक कारोबार ध्यान नदिए ठूलै धनराशि फस्न सक्छ । साउन २३ गतेदेखि पुस २९ सम्म, फागुन २२ देखि यो वर्षभर गुरुको अनुकूलताले बोलीको प्रभाव सकारात्मक हुनुका साथै मनोबल पनि बढ्नेछ । अरूलाई विश्वास दिलाउन पनि सकिनेछ । पढाइमा तीव्रता आउनुका साथै बौद्घिक कार्यमा सफलता सोचेजस्तै मिल्नेछ । आम्दानीको स्रोत पर्याप्त फेला पर्नेछन् । 

सन्तानहरूको प्रगति र उनीहरूसँगको सम्बन्धमा अपेक्षित सुधार आउनेछ । वैशाख, असोज, माघ महिना शुभ रहनेछ । असार, कात्तिक अशुभ अरू मध्यम रहनेछन् । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गण पतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां वसमानाय स्वाहः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
धनु

यो राशिलाई भाग्य भावमा रहेको गुरु, चतुर्थ भावमा रहेको उच्च शुक्र तथा पञ्चमा परेको बुधादित्य योग बलियो भएकोले मित्र तथा परिवारको सहयोग मिल्ने छ । बौद्घिक कार्यले मनोबल बढ्नुको साथै घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । 

भुलेका मित्रहरूले पुनः याद गर्नेछन् । नयाँ मित्रको आगमनले कामकारबाहीमा अघि बढ्न सजिलो हुनेछ । व्यापारमा सफलता सोचेजस्तै मिल्नेछ । विदेश यात्राको योग पनि बलियो छ । प्रेममा सफलता मिल्नुको साथै वैवाहिक चर्चा पनि अघि बढ्नेछ । 

भाग्य बलियो भएकोले नोकरीमा पदोन्नति र इच्छाअनुसार स्थानान्तरण पनि हुनेछ । सामाजिक कार्यमा निर्विवाद अघि बढ्ने अवसर मिल्नेछ । कृषि तथा पशुपालन फलफूल आदि उत्पादकका लागि समय अनुकूल रहे पनि साउन २३ देखि पुस २९ सम्म, माघ १ देखि फागुन २१ सम्म भने वर्षभरि रहने शनि साढे सातीको प्रभाव गुरुको प्रतिकूलताका कारण सबै काम खर्चिला र विवादयुक्त हुनेछन् । 

कुरा काट्नेहरू सक्रिय हुनेछन् । धनमाल हराउने बढी सम्भावना छ । कामको बीचमा प्रशस्त विघ्नबाधाको सामना गर्नुपर्नेछ । सेवकहरूबाट धोका हुने, दाजु–भाइहरूबीच द्वन्द्व हुने, हड्डी कमजोर हुनुका साथै शरीरमा शिथिलताले दरिलो डेरा जमाउनेछ । पढाइमा अवरोध आउनुका साथै उचित समयमा बुद्घिले काम नगर्दा आफूले गरेको निर्णय आफ्नै लागि हानिकारक बन्नेछन् । 

जेठ, कात्तिक, फागुन महिना राम्रो रहनेछ भने साउन र मार्ग महिना खराब रहनेछ, अरू महिना मध्यम रहनेछ । ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
मकर

यो राशिको लागि वर्षारम्भ भने खासै अनुकूल देखिन्न । वर्षारम्भमा एकादश शनि, मंगल र तृतीय उच्च शुक्रको अनुकूल प्रभाव रहे पनि आठौँमा गुरु चण्डाल योग बनाएर बसेका गुरु तथा राहुको प्रतिकूलताले स्वास्थ्य निकै कमजोर बनाउनेछ । विशेष मिर्गौलामा ध्यान दिनुहोला । 

आर्थिक कारोबार पटक्कै नगर्नु होला । अनावश्यक विवाद र फजुल खर्चले तनाव निकै बढ्नेछ । कामका बीचमा प्रशस्तै अवरोध आउनेछन् । दाजुभाइसँगको सम्बन्ध पनि बिग्रनेछ । सेवकहरू छन् भने उनीहरूले पनि धोका दिनेछन् । परम मित्रहरूले पनि शत्रुसँग तपाईंविरुद्घ हातेमालो गर्नेछन् । 

सवारीले पनि बेलाबेलामा धोका दिनेछ । नशाहरू कमजोर भई शरीरमा शिथिलता धेरै बढ्नेछ । आगामी फागुन ६ गतेदेखि साढे साती शनिको आरम्भ हुनेछ । पेटको रोग, मुटु–मस्तिष्कमा केही असजिलो महसुस हुने योग भए पनि साउन २३ देखि गुरुको अनुकूलताले भाग्य बलियो बनाउनुका साथै धार्मिक कार्य र सामाजिक कार्यमा ऐतिहासिक सफलता प्राप्त गर्न सकिनेछ । पराक्रमको गति तीव्र हुनेछ । 

सानै प्रयासले महत्त्वपूर्ण र ऐतिहासिक काम गर्न सफल भइनेछ । व्यापारमा लाभ मिल्नुको साथै यात्रा गर्ने अवसर पनि मिल्नेछ । नोकरीमा प्रगति हुनुका साथै नयाँ कामको अवसर पनि मिल्नेछ । राजनीतिमा गुमेको स्थान फर्काउन सफल हुनुहोला । 

कूटनीतिक क्षेत्रमा राष्ट्रको जिम्मेवारी पूरा गर्न सफल भई अन्तर्राष्ट्रिय सम्मान पाउने बलियो सम्भावना छ । पढाइमा सोचेजस्तै सफलता मिल्नेछ, लेखन मार्गमा ऐतिहासिक सफलता प्राप्त होला । असार, मार्ग र चैत महिना राम्रो रहनेछन् भने भदौ र पुस महिना नराम्रो हुनेछ, अरू महिना मध्यम छन् । ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।
कुम्भ

वर्षको ग्रह गोचर समष्टिमा राम्रै रहनेछ । वर्षारम्भमा सप्तम गुरु, द्वितीयमा उच्च शुक्र, तृतीय उच्च सूर्य र बुधको अनुकूताले पराक्रम प्रशस्त मात्रामा बढ्नेछ । सानै प्रयासले पनि ठूला काममा सफलता हासिल गर्न सकिनेछ । 

तपाईंको लगनशीलता र इमानदारीको समाज र राज्य दुवै पक्षबाट उचित मूल्यांकन हुनेछ । सेवकहरूबाट राम्रो सेवा पाउने र दाजुभाइहरूले समेत सहयोग गर्ने भएकाले महत्त्वपूर्ण काम अघि बढाउन सकिनेछ । बोलीको प्रभावमा धेरै काम बनाउन सकिनेछ । 

शब्दकै आधारमा राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यक्तिलाई आफ्नो पक्षमा पार्न सफल हुँदा मनोबल बढ्नेछ । कानुन व्यवसायी, ज्योतिष, वकिल, पत्रकार, शिक्षक, राजनेता, राजनीतिकर्मी र स्वास्थ्यकर्मीहरूले ऐतिहासिक सफलता प्राप्त गर्नेछन् । आयात–निर्यातको व्यापारमा राम्रो सफलता हासिल गर्न सकिनेछ । देशको प्रतिनिधित्व गर्दै विदेश जाने अवसर मिल्नेछ । 

प्रेममा सफलता मिल्नुका साथै वैवाहिक बन्धनमा बाँधिने सम्भावना पनि बलियो छ । घरघरेडी जोड्ने तरखरमा हुनुहुन्छ भने सजिलै प्राप्त होला । सवारी साधनको बन्दोबस्त पनि हुनेछ । नोकरीमा सबै समस्यालाई पार गर्दै आफ्नो लक्ष्यमा पुग्ने प्रयास पनि सफल हुने देखिन्छ । साउन २३ देखि पुस २९ सम्म गुरुको प्रतिकूलताले स्वास्थ्यमा बाधा, मनमा चिन्ता, काममा अवरोध आउनेछ । 

लेनदेनमा विवाद बढ्ने, अरूले कुरा काट्ने भएकाले गोपनीयतामा जोड् दिनुहोला । सकेसम्म आर्थिक कारोबारमा अघि नबढ्नु राम्रो हुनेछ । वैशाख, साउन, पुस महिना शुभ रहनेछन् भने असोज र माघ अशुभ रहनेछन्, बाँकी महिना मध्यम रहनेछन् ।
मीन

वर्षका ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भमा षष्ठ भावमा बसेको दशमेश राशि स्वामी गुरु तथा द्वितीया सूर्य, नवम भावमा रहेको शनि तथा मंगलले विवाद बढाउने, शत्रु बढाउने र रोग बढाउने काम गर्नेछ । 

नोकरीमा संकट आउनुका साथै राजनीतिमा पाएको सुविधा गुमाउनुपर्नेछ । विश्वास गरेकाहरूबाट धोका हुनेछ, घरेलु समस्याले सताउनेछ । मित्र तथा परिवारजनहरूका समस्यामा समय, श्रम, द्रव्यसमेत खर्च गरेर पनि अपजशको भागीदार हुनुपर्ला । 

सोच्ने शक्तिमा कमी आउनाले, समयमा निर्णय नहुने, समयमा निर्णय नहुँदा महत्त्वपूर्ण काम बिग्रनेछ । विश्वासमा धोका हँदा प्रतिष्ठामा आँच आउने, राजनीतिमा ठूलो समस्या आउनेछ । नोकारीमा एकपछि अर्को गर्दै धेरै समस्याको सामना गर्नुपर्नेछ । आफ्ना लगानीमा अरूले फाइदा उठाउने योग भए पनि २३ साउनदेखि बोलिको प्रभाव बढ्ने, मनोबल बढ्नेछ । 

ठूला व्यक्तिसँग अन्तरक्रिया हुने, राज्यले सम्मान गर्ने, रोकिएका कामहरू अगाडि बढ्नेछ । व्यापारमा सफलता मिल्ने, स्वदेश र विदेशको यात्रा हुने योग छ । नोकरीमा सबै समस्या पार गर्दै सफलताको मार्गमा उभिन सफल हुने, राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुनेछ । पढ्नका लागि छात्रवृत्ति र स्थानान्तरणको लागि विदेश यात्राको योग छ । आम्दानीका स्रोत पर्याप्त हात पर्ने योग छ । 


सामाजिक र राजनीतिमा आफूप्रति रहेको अविश्वास हटाउँदै अरूप्रति विश्वासी भई प्रस्तुत हुन सफल हुनेछ । प्रेम गर्ने अवसर मिल्नुका साथै वैवाहिक बन्धनमा बाँधिने प्रबल सम्भावना छ । जेठ, भदौ, माघ शुभ महिना हुन् भने कात्तिक, फागुन अशुभ महिना र अरू मध्यम रहनेछन् । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्व जनं मां वसमानाय स्वाहः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।

No comments:

Post a Comment