Friday, April 15, 2016

लास जलाएर मलामी घर फर्केपछि मृतकले गरे फोन !

भर्खरै लास जलाएर मलामी घर फर्किएका थिए । जवान छोराको मृत्यु भएपछि बुवा आमा तथा परिवारजन मर्माहत तथा शोकाकूल अवस्थामा थिए । अब मरेको मानिस फर्किने भन्ने कुरा थिएन र केवल शोक गरेर आँशु चुहाउनुको विकल्प थिएन । तर एक्कासी घटनाले अविश्वसनीय मोड लियो जब मरेर लास समेत जलाइसकिएको छोराले फोन गरे र आफु सकुशल रहेको बताए । भारतको केरालास्थित पुतिंगल मन्दिरमा भएको हालैको आगलागीपछिको घटना हो यो । प्रमोद नामका ती युवकको आगलागीमा परी मृत्यु भएको र उनको शव अस्पताालमा राखिएको खबर आएपछि प्रमोदका परिवारजन तथा आफन्तहरु अस्पताल पुगे । सनाखत गरी उक्त शव बुझेर ल्याए र घाटमा लगेर अन्तिम संस्कार पनि गरे । परिवारमा ठूलो शोक छाइरहेको थियो । तर जब लासको सतगत गरेर परिवाजन तथा मलामीहरु घर फर्किए तब मरे भनेर लास जलाइसकिएका ती युवक फोन आयो । प्रमोदले एक्कासी फोन गरेर आफु सकुशल रहेको बताएपछि केहीछिन अघि सम्म शोकाकुल रहेको त्यहाँको वातावरण एक्कासी उल्लासमय बन्यो । यसपछि बल्ला खुलासा भयो की प्रमोद ज्यूँदै थिए र जसलाई प्रमोदको लास भनेर सतगत गरियो त्यो अरु कुनै युवकको थियो । आगलागीको घटनामा घाइते भएर प्रमोद बेहोस बनेका रहेछन् । जब उनको होस आयो, उनले घरमा फोन ठोकिहाले । त्यति बेलासम्म परिवारले प्रमोदको मृत्यु भएको खबर पाएर, एउटा लास समेत बुझेर अन्तिम संस्करा समेत गरिसकेका थिए । १ सय ११ जनाको ज्यान जानेगरी मन्दिरमा भएको आगलागीमा प्रमोदको सरीरमा पनि विभिन्न ठाउँमा पोलेर घाउ बनेका छन् ।

No comments:

Post a Comment