Saturday, April 23, 2016
नाइट सिफ्टको कामः पुरुषलाई भन्दा महिला बढी समस्या
नाइट शिफ्टमा काम गर्नुहुन्छ ? निन्द्रा माया मारेर काम गर्न पक्कै पनि कसैलाई सजिलो हुँदैन ।
निन्द्रा हाम्रो बायोलोजिकल साइकलको एउटा महत्वपूर्ण हिस्सा हो । यो अनियमित हुँदा अनेकन किसिमका स्वास्थ्य समस्याहरु आउँछन् । अनियमित र अधुरो निन्द्राका विभिन्न कारणहरु हुन सक्छन् । नाइट सिफ्टको काम तिनै मध्येको एक हो ।
अहिलेको समयमा नाइट सिफ्टमा काम गर्नु समान्य जस्तै भएको छ, तर, तपाईंलाई यो जाने अचम्म लाग्नसक्छ कि नाइट सिफ्टका कारण हाम्रो स्वास्थ्यमा विभिन्न समस्या पर्नसक्छ । पुरुषको तुलनामा महिलालाई यसले बढी समस्यामा पार्ने गर्छ ।
नाइट सिफ्टमा काम गर्ने महिलालाई पुरुषको भन्दा बढी स्वास्थ्य समस्या देखिने गरेको छ । एक नयाँ अध्ययनकाअनुसार पुरुषको तुलनामा महिलाको मष्तिस्कको प्रदर्शनमा ‘सर्काडियन’ प्रभाव (२४ घण्टाको जैवकि चक्र) यति धेरै हुन्छ कि रातभर काम गर्दा महलिाहरु आफुलाई कमजोर पाउँछन् । उनीहरु मानसिक तथा शारीरिक रुपमा पुरुष भन्दा पनि बढी थाक्छन् ।
शोधकर्ताहरुका अनुसार ‘सर्काडिन क्लक’लाई चुनौति दिएपछि महिला र पुरुषमा फरक-फरक किसिमका असरहरु पर्छन । निन्द्रा नपुग्दा कुनै कुरा र काममा ध्यान लगाउन गाह्रो पर्छ भने गाडी चलाउन पनि समस्या पर्छ । सँगै मानसिक रुपमा थकान र कमजोरी महसुस हुन्छ ।
शोधकर्ताहरुले १६ पुरुष र १८ महिलामा आधारित भएर यो अध्ययन पुरा गरेका थिए । त्यसैले महिलाहरुले नाइट शिफ्ट काम नगरेको राम्रो हुन्छ । गर्नैपर्ने अवस्थामा ति महिलाका परिवार र स्वयम्ले स्वास्थ्यको विशेष स्याहार गर्नुपर्ने विज्ञको सल्लाह छ ।
योबारेको अध्ययन प्रतिवेदन प्रोसिडिंग्स अफ दी नेशनल एकेडेमी अफ साइन्स जर्नमा प्रकाशित भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment