Friday, April 15, 2016

आलियालाई आफ्ना बाबु जस्तो सेक्सी पति मन पर्दैन

मुम्बई । आलिया भट्टले आफ्नो भविष्यको श्रीमान् पिता महेश भट्ट जस्तो नचाहेको बताएकी छिन् । अक्सर युवतीहरूले आफ्नो पिता जस्तो असल श्रीमान् खोज्ने ट्रेण्डको ठीक विपरीत उनले यो अभिव्यक्ति दिएकी हुन् । २३ वर्षीया आलियाका अनुसार उनका पिताको जीवन अत्यधिक विवादास्पद रह्यो । आलियाका पिता महेश धेरै अफेयर्समा रमाउँदै आएका छन् । त्यसैले आलिया भन्छिन्, ‘मलाई यस्तो श्रीमान् चाहिएको छ, जो सधैं मेरो साथीका रूपमा रहोस् र उसले जीवनभर मलाई खुसी दिन सकोस । मेरा पिताजस्तो श्रीमान चाहिँदैन ।’ डेब्यु चलचित्र स्टुडेन्ट अफ दि इयरमा अभिनय गर्नुअघि तीन हप्तामा १६ किलो तौल घटाएकी आलिया करियरका लागि जति गम्भीर छिन् । कसैसँगको सम्बन्ध विस्तारमा पनि उत्तिकै सचेत रहन्छिन् । चलचित्रमा आउनुपूर्व उनको तौल ६८ किलोग्राम थियो । विद्यालय जीवनमा औसत विद्यार्थी रहे पनि गायन र नृत्यलगायत अन्य क्रियाकलापमा उनी अब्बल मानिन्थिन् । साथीहरूका साथमा पार्टी गर्न रुचाउने आलिया बलिउडमा भविष्य खोज्ने क्रममा मात्र पिता महेश भट्टको नजिक पुगेकी थिइन् । यद्यपि बलिउडमा करियर सुरु गर्न उनलाई भट्ट क्याम्पको ब्यानर आवश्यक भएन । एजेन्सी

No comments:

Post a Comment