Thursday, December 10, 2015
पुन:निर्माण विधेयक ल्याउन मोर्चाले संसद् चल्न दिने
काठमाडौं : पुन:निर्माण विधेयक पेश गर्नका लागि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज हुने संसद् बैठक चल्न दिने भएको छ ।
साँझ ५ बजे बस्न लागेको संसद् बैठकमा वैशाखमा आएको भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचना पुन:निर्माणका लागि ल्याउन लागिएको विधेयक पास गर्न मोर्चाले सहयोग गर्ने भएको हो ।
दिउँसो ३ बजेदेखि एक घन्टासम्म सिंहदरबारमा भएको त्रिपक्षीय बैठकमा मोर्चाले पुन:निर्माण विधेयक पेश गर्नका लागि संसद् बैठक चल्न दिने सहमति गरेको हो ।
मोर्चाका नेताहरुले आफूहरुको आन्दोलनलार्इ टुंग्याउन भने आफ्ना ११ बुँदे मागबारेमा प्याकेजमै सहमति हुने अडान दोहोर्याएका थिए ।
विधेयक ल्याउनैका लागि सत्तारुढ दल एमाले, एमाओवादी र प्रतिपक्षी कांग्रेससहितले ३ बजे बस्ने संसद् बैठक ५ बजेका लागि स्थगित गरेर मधेसी मोर्चासँग वार्तामा बसेका थिए ।
संघीय समाजावादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पुन:निर्माण विधेययक ल्याउनका लागि आजको संसद बैठक चल्न दिए पनि अन्य दिनमा भने अवरोध जारी रहने बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment