Wednesday, September 30, 2015

वैकल्पिक मार्गमा दुर्घटना, चार गम्भीर

उदयपुर–तराई बन्दपछि सञ्चालनमा आएको वैकल्पिक लोकमार्गको उदयपुर खण्डमा बधुबार विहान एक यात्रुबाहक बस दुर्घटनामा पर्दा चार यात्रु गम्भीर घाइते भएका छन्। धरान–गाईघाट–सिन्धुली–खुर्कोट वैकल्पिक मार्गको गाईघाट–कटारी खण्डको कटारी नजिक रिस्कुमा ना ४ ख ९२७० को रोयल बुईपा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। काठमाडौँबाट गाईघाट आउँदै गरेको रात्री बस एक्कासी असन्तुलन भई सडकमुनि झरेर दुर्घटनामा पर्दा घाइते भएकालाई रिस्कु प्रहरी चौकी र स्थानीयले उद्धार गरी उपचारार्थ कटारी अस्पताल लगेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुरेन्द्र गुरुङले बताए । घाइतेहरुको नाम ठेगाना खुलिसकेको छैन । भदौ अन्तिमदेखि तराईमा भएको बन्द १५ दिनसम्म नखुलेपछि सडक, यातायात व्यवसायी र स्थानीयको पहलमा वैकल्पिक मार्ग जवरजस्ती सञ्चालनमा ल्याइएको थियो । हिमाली यातायता व्यवसायी संघ गाईघाट, जिल्ला विकास समितिको नगद तथा उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले र सडक विभागको डोजर सहयोगले काम चलाउन बनाइएको सडक ट्र्याक मात्र खुलेकाले ठूला गाडीहरु चलाउन असहज भएएको हिमाली यातायात व्यवसायी संघले जनाएको छ । तर, लगातार डेढ महिनायता लगातार पनि तराई बन्दले अर्को विकल्प नभपछि धरानदेखि चतारा पुल तारेर बेलटार, गाईघाट, मुर्कुची, नेपालटार, कटारी भएर मध्यपहाडी लोगमार्गको खुर्कोट–घुर्मी भएर यहाँका स्थानीय राजधानी आउजाउ गर्दै आएका छन् ।

No comments:

Post a Comment