Friday, September 25, 2015

एसएसपीपछि अब कैलालीका सिडियोलाई जलाउने थारु नेताको चेतावनी

धनगढी, ७ असोज । थरुहट संयुक्त संघर्ष समिति कैलालीका संयोजक होरीलाल चौधरीले अबको आन्दोलन प्रशासन केन्द्रित हुने बताएका छन् । बिहीबार धनगढीमा संचारकर्मीहरुसंग कुराकानी गर्दै संयोजक चौधरीले प्रशासनले थरुहट आन्दोलन दबाउन खोजेको भन्दै, त्यसको प्रतिकार गर्ने उद्घोष गरेका हुन् । प्रशासनप्रति आक्रोशित भएका संघीय समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा थरुहट आन्दोलनका कैलाली संयोजक चौधरीले कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चाँपाईको अब आउदो पाँच पुस्ता सम्मका सन्ततीलाई समेत नछोड्ने दाबी गरेका छन् । संयोजक चौधरीले अब जिल्ला प्रशासन कार्यालय कैलालीमा आगो लगाउने बताउँदै अब गाउँघरका गाविस र प्रहरी चौकीलाई होईन थारु आन्दोलन दबाउने सिडियो सहित कार्यालय समेत जलाउने दाबी गरेका छन् । सिडिओले सेना परिचालन र कर्र्फयूलाई हतियार बनाएर थरुहट आन्दोलन तुहाउन खोजेको आरोप उनको आरोप छ । विभिन्न बहानामा थारुमाथी दमन गर्न खोजेको आरोप लगाएका संयोजक चौधरीले नागरिक भएर प्रशासन छिर्ने र आन्दोलनकारी रुपमा निष्कने सक्ने चेतावनी दिनुभयो । कञ्चनपुरदेखि पुर्वको नवलपरासीसम्म थरुहट प्रदेशको माग गर्दै विगत ४५ दिन भन्दा लामो समय देखि आन्दोलनमा रहेका थरुहट पक्षधरले अबको आन्दोलन प्रशासन केन्द्रित भएका बताएका हुन । थरुहट आन्दोलन पछिल्लो समय केहि अराजक बन्दै गएको प्रतिक्रिया आईरहेका बेला, कैलालीमा गाविस– भवन र प्रहरी चौकी माथी आगजनी र चोडफोड पनि आफूले गरेको स्पष्ट गरेको छ । देशमा संविधान जारी भईसकेका बेला, आपना अधिकारका लागी भन्दै सडकमा रहेको थरुहट पक्षले कर्र्फयू र निषेधाज्ञाले आन्दोलन प्रभावित नहुने ठोकुवा गरेको छ । उसले थारु विरोधी प्रशासनलाई मान्य नहुने बताएको हो । २२ दलको राजनीतिलाई उपेक्षा गरेको गए त्यसको परिणाम राम्रो नहुने उहाँको चेतावनी छ । प्रशासन विरुद्ध निकै कडा भएका संयोजक चौधरीले कर्र्फयू र निषेधाज्ञाले आन्दोलनलाई सहयोग गरिरहेको समेत बताउन पछि परेनन् । यसअघि कैलालीको टीकापुरमा भएको हिसात्मक घटनामा एसएसपीसहित ९ जना मारिएका थिए ।

No comments:

Post a Comment