Friday, September 25, 2015

महन्थ ठाकुरलाई राष्ट्रपतिले भने,‘जातीय हिंसा भड्किन सक्छ, सचेत हुनूस्’

आश्विन ९, २०७२- राष्ट्रपति रामवरण यादवले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगको भेटमा तराई सामाजिक सद्भाव र जातीय हिंसा भड्किन सक्ने भन्दै सचेत बन्न आग्रह गरेका छन् । राष्ट्रपति निवासमा आज विहान भएको भेटमा राष्ट्रपति यादवले ठाकुरलाई यस्तो आग्रह गरेका हुन् । भेटमा राष्ट्रपतिले संविधान जारी भइसकेको अवस्थामा आफ्नो माग समेट्ने गरी संवादमा फर्किन ठाकुरलाई आग्रह गरेको राष्ट्रपतिका सल्लाहकार ललितबहादुर बस्नेतले जानकारी दिए । ‘तराईमा यत्रो दिनदेखि आन्दोलन भइरहेको छ । यसले गर्दा जनतालाई सास्ती भएको छ’, राष्ट्रपतिको भनाई उद्धृत गर्दै बस्नेतले भने,‘हिंस्रक आन्दोलन नगर्नूस् ।’ राष्ट्रपतिले ठाकुरलाई वार्ताको लागि पहल गर्न आग्रह गरेका थिए । ठाकुरले मोर्चाका अन्य नेतासँग कुरा राख्ने प्रतिबद्धता जनाएको बस्नेतले जानकारी दिए ।

No comments:

Post a Comment