Wednesday, September 30, 2015

“वेलकम ईण्डिया” भन्दै युवाहरुद्वारा नारावाजी

महोत्तरी, १3 असोज । देशभरि ब्याक अफ ईण्डिया भनेर विरोध भइरहेको बेला महोत्तरीको जलेश्वरमा स्थानिय युवाहरुले वेलकम ईण्डिया भनेर प्रशर्दन गरेका छन् । करीब २ सयको संख्यामा रहेका युवाहरुको समूहले वेलकम ईण्डिया, वी अलवेज सपोर्ट ईण्डिया, मोदी वेलकम, चाईना गो ब्याक जस्ता नाराहरु लगाउँदै जुलुश प्रदर्शन गरेका छन् ।
विभिन्न नाराका साथ जलेश्वरको शंकरचौकबाट शुरु भएको सो जुलुश दुर्गाचौक, बुद्धीजिविचौक, अस्पतालचौक, सिनेमाहलचौक, खैराचौक लगायत नगरको विभिन्न भागको परिक्रमा गरेका थिए । सो जुलुशमा युवाहरुले अमर शहिद जिन्दाबाद, मधेश विरोध सरकार मुर्दाबाद, नेपालको संविधान २०७२ खारेज गर लगायतका नाराहरु पनि लगाएका थिए ।

No comments:

Post a Comment