Friday, September 25, 2015

वीरगञ्ज- रक्सौल नाकामा मधेसी मोर्चाको अवरोध (फोटोफिचर)

वीरगञ्ज –मधेशी दलहरुले शुक्रबार दोश्रो दिन पनि बिहान देखि नै वीरगंज रक्सौलको दशगजा क्षेत्रको मितेरी पुलमा धर्ना दिएका छन् । मितेरी पुल स्थित दशगजा क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी मोर्चाका नेता कार्यकर्ताहरु शुक्रबार पनि धर्नामा बसेका हुन् । वीरगंज रक्सौल नाकामा रहेको मितेरी पुल स्थित दशगजा क्षेत्रमा मधेशी दलका नेता कार्यकर्ताहरुले हिजो पनि धर्ना दिएका थिए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको धर्नामा संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादव , तमलोपाका केन्द्रीय सदस्य जनार्दन यादव, पर्सा अध्यक्ष पुरुषोत्तम झा, तराइ मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष प्रेम चन्द्र कुशवाहा लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको छ भने संघीय समावेशी मधेशी मोर्चाको धर्नामा नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष अनिल झा केन्द्रीय सदस्य शीव पटेल, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंह , पर्सा अध्यक्ष प्रेमबाबु पटेल मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका पर्सा अध्यक्ष शशीकपुर मियाँ, नेकपा माओवादीका जिल्ला अध्यक्ष छोटेलाल यादव, नेपाल समाजवादी पार्टी लोहियावादीका केन्द्रिय अध्यक्ष नन्दन यादव, नेताहरु राज कुमार यादव ,किशोरी यादव, राजु गुप्ता लगायतका नेता कार्यकर्ताहरु बसेका छन् । संघीय समावेशी मधेशी मोर्चाका नेता राजेशमान सिंहले मधेशका माग पुरा नभए सम्म धर्ना र नाका ठप्प पार्ने कार्यक्रम जारी नै रहने बताए । मधेशी दलले दशगजा क्षेत्रमा धर्ना दिएर नाका ठप्प पारेका कारण वीरगंज तथा रक्सौल दुवै तर्फको सवारी साधन बिहान देखि ठप्प भएको छ । साइकल र पैदल यात्रीहरुले ओहोर दाहोर गरेपनि अन्य सवारीका साधनहरु नचलेका हुन् ।

No comments:

Post a Comment