Friday, September 25, 2015
बकर इदमा किन बाझे दाङका मुस्लीम समुदाय ? जग्गा विवादले सडकमै बसेर पढियो नमाज
८ असोज, घोराही । बहबी मुस्लीम समुदायसँगको जग्गा विवादका कारण दाङ घोराहीका सुन्नी मुस्लीम समुदायले शुक्रबार बकर इद पर्व सडकमै मनाएका छन् ।
बकर इदमा सामुहिकरुपमा बसेर प्रार्थना गर्ने, एकअर्कालाई अंकमाल गर्दै आत्मियता साटासाट गर्ने र मान्यजनसँग आशिर्वाद लिने प्रचलन रहे पनि दाङमा सुन्नी र बहबी समुदायबीच पानी बाराबारको जस्तो स्थिति देखियो ।
घोराही फुर्सेखाली सडकखण्डको कब्रस्थानमा नमाज पढ्ने बिषयमा बहबी समुदायसँग बिबाद भएपछि सुन्नी समुदायले नेपाल टेलिकम कार्यालय अगाडिको सडकमा बसेर शुक्रबार नमाज पढे । यसैगरी बहबी समुदायका मुसलमानहरुले नयाँबजारको मदरसामा नमाज पढेका छन् ।
यस्तो छ विवादको कारण
कब्रस्थान अर्थात शवदाह स्थलमा पूजापाठ र नमाज पढ्ने बिषयमा सुन्नी र बहबी समुदायका मुस्लीमहरुबीच बिबाद छ । सुन्नी समुदाय कब्रस्थानमै नमाज पढ्न पाउनुपर्ने पक्षमा छ भने बहबी समुदायले कब्रस्थानमा पूजापाठ गर्न हुँदैन भनि गेटमा ताल्चा लगाएर प्रहरीलाई साँचो बुझाएको छ ।
दुई पक्षबीच विवाद रहेकैबेला सुन्नी समुदाय कब्रस्थानमा जान खोजेपछि स्थानीय प्रशासनले सशस्त्र र नेपाल प्रहरी लगाएर शुक्रबार रोकेको हो । त्यसपछि उनीहरुले सडक चौराहामै बसेर नमाज प
स्थानीय प्रशासनले बिबाद मिलाउने र सुरक्षा दिनुपर्नेबेला उल्टै प्रार्थना गर्न जान नदिएको भन्दै सुन्नी समुदायले आपत्तीसमेत जनाएको छ ।
कब्रस्थान रहेको करिब १६ कठ्ठा जग्गाको लालपूर्जा सौकत अलि र हविबुल्ला सिद्धिकीको नाममा छ । सो जग्गामा दुबै समुदायले बर्षौंदेखि पूजापाठ र सँस्कार गर्दै आएका थिए । तर अलसल्फिया समुदायले विश्वासघात गरेर सो जग्गा व्यक्तिगत बनाउन खोजेको भनेपछि विवाद सुरु भएको थियो ।
बहबी समुदायको अलसल्फीया अहले हदिस समितिले शवदाह स्थलमा नमाज पढ्न नहुने भन्दै पुनरावेदन अदालतमा मुद्दासमेत हालेको थियो । तर, अदालतले कब्रस्थानको भौतिक पूर्वाधार निर्माणमा घोराही नगरपालिकाले एक लाख रुपैयाँ दिएको र जनसहभागिता देखिएको भन्दै सगोलको सम्पत्ति भएकाले समानरुपले प्रयोग गर्न आदेश दिएको छ ।
मुस्लिमहरुको इद र बकर इदका बेला नमाज पढ्दै आएको उक्त जग्गा सगोलमा रहने भनिए पहिले व्यक्तिको नाममा पास गराउदा अहिले बहबी समुदायले कब्रस्थानमा पूजापाठ गर्न हुँदैन भनि गेटमा ताल्चा लगाएर प्रहरीलाई साँचो बुझाएको छ ।
सौकत अलि र हविबुल्ला सिद्धिकीको नाममा उक्त जग्गाको लालपूर्जा हुदा अलसल्फिया समुदायले बिश्वासघात गरेर व्यक्तिगत जग्गा बनाउन खोजेको फैजाने गौसिया मस्जिद समितिका कोषाध्यक्ष तेजीउल्ला मियाले बताए ।
यसअघि बर्षको दुईपटक एउटा जग्गामा मुस्लिमहरुको दुई समुहले सामुहिक नमाज पढ्ने र संस्कार गर्दै आएका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment