Friday, September 25, 2015
भारतले तेल नदिएको हैन, हामीले ट्याँकर पठाउन नसकेको हो : निगम
काठमाडौं – नेपाल आयल निगमले भारतीय आयल निगमले तेल नदिएको नभएको नभई नेपालले ट्यांकर पठाउन नसकेको बताएको छ । नेपालको तराई क्षेत्रमा भएको आन्दोलनका कारण नेपाल आएका ट्याँकर सिमा नाकाबाट भारत जान नसकेको र भारतबाट तेल भरेका ट्याँकर आउन नसकेको आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले बताए । ‘आईओसि संग हाम्रो छिनछिनमा कुराकानी भईरहेको छ, ट्यांकर पुग्यो भने उताबाट तेल भर्न कुने समस्या छैन ।’ खड्काले भने ‘तर हामीले बोर्डरबाट ट्याँकर नै पठाउन सकेका छैनौँ ।’ उनका अनुसार सुरक्षाको कारण देखाउँदै भारतबाट तेल लोड गरेर आएका ट्याँकरहरु पनि सुरक्षाको कारण देखाउँदै सीमा नाकामा आएर रोकिएका छन् । नेपालमा तेल स्टक रहेको भनिएपनि स्टक तेलले सर्वसाधारको लागि भने कुनै अर्थ नहुने निगमले जनाएको छ । ‘स्टक रहेको तेल सुरक्षा निकाय र भीआईपिका लागि केही दिनलाई ठिक्क हुन्छ’ निगमका कार्यकारी निर्देशक खड्काले भने – ‘डिपोहरु र पम्ममा रहेको तेल सर्वसाधारको लागि दिनेगरी व्यवस्था मिलाईरहेका छौँ ।’ नेपालले भारतको बरौनी, रक्सौल, बैतालपुर, कर्नाल, मथुरा, हल्दिया, बनथरा, गोण्डा र सिलगुडीबाट तेल ल्याउने गर्छ । तर भारतले रक्सौल, बैतलपु र सिलगुडीबाट तेल भर्न नै नदिएको पेट्रोलियम व्यवसायीहरुले बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment