
वीरगन्ज: नेपाल आयल निगमले इन्धन लिन गएका ६४ वटा टयाङ्कर भारतको रक्सौलमा दुइ दिन देखि अलपत्र परेका छन् ।
रक्सौलमा रहेको भारतीय आयल निगम (आइओसी) ले डिप्पो भित्र छिर्नै नदिएका कारण आयल निगमका खाली टयाङ्करहरु विहिबार बिहानैदेखि डिपो अगाडी अलपत्र परेको नेपाल आयल निगमको अमलेखगन्ज डिप्पोका प्रमुख भानुभक्त खनालले बताए ।
असुरक्षाको कारण देखाउदै आइओसीले खाली टयाङ्करहरुलाई डिपो भित्र छिर्न नदिएको खनालले जानकारी दिए ।
आइओसी डिप्पो बाहिर पार्किङ गरि राखिएका नेपाली टयाङ्करका चालकहरुलाइ रक्सौलका स्थानीयले कुटने पिटने र ज्यान मार्ने समेतको धम्की दिएको ना २ ख ७३९१ नम्बरको टयाङकरका चालक श्याम बन्जाडाले बताए ।
रक्सौलका स्थानीयहरुले पटक पटक ज्यान मार्ने धम्की समेत दिएको उनले बताए । नेपालमा हडताल छ , तिमीहरु भने तेल लिन आउने , यही जलाएर मारिदिन्छौ ,शुक्रबार रक्सौलमा भेटिएका उनले अन्नपूर्ण पोष्टसंग भने , हामीलाई ज्यान जोगाउनै गा¥हो भइसकेको छ ।
- See more at: http://annapurnapost.com/News.aspx/story/19703#sthash.nnoto5kS.dpuf
No comments:
Post a Comment