Wednesday, September 30, 2015

मोदीको पुतला जलेकोमा भारतीय राजदूतको टाउको दुखाई

काठमाडौं— नेपालमाथि अमानवीय नाकाबन्दी लादेको एक सातापछि भारतीय राजदूत रञ्जित रेले नेपालमा भारतविरोधी भावना बढेकोमा गम्भीर चासो व्यक्त गरेका छन्। नाकाबन्दीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतको राष्ट्रिय झन्डा जलाइएको विषयलाई गम्भीरतापूर्वक लिएको उनले बताए। 'भारतको झन्डा र प्रधानमन्त्रीको पुतला जलाइएको विषयले हामी चिन्तित भएका छौं', उनले चुनौती मिश्रत स्वरमा भने, 'एन्टि इन्डियन भावना बढ्दै गए दुवै देशलाई राम्रो गर्दैन।' दशगजा (नो म्यान्सल्यान्ड) क्षेत्रमा भारतीय क्षेत्रबाट आएर प्रदर्शन गर्नेहरुप्रति राजदूत रेले घुमाउरो भाषामा साहनुभूति देखाएका थिए। 'नेम्यान्सल्यान्डमा गएर भारतीय सुरक्षाकर्मीले प्रदर्शनकारी हटाउने कुरा उचित हुँदैन', उनले भने, 'अहिले देखिएको समस्या छिटै समाधान हुने संकेत मैले पाएको छु।' मधेसी दल र सरकारबीच छिटै औपचारिक वार्ता भएर समस्या समाधान हुने सूचना आफूले पाएको उनले जानकारी दिए। बुधबार लैनचउर स्थित भारतीय दूतावासमा आयोजित पत्रकार सम्मेलनमा भारतीय राजदूत रेले पुरानैशैलीमा दलहरुलाई समस्या सुल्झाउन र सहमति गर्न अर्ति दिएका थिए। पत्रकार सम्मेलनपछि ऋषि धमालाको नेतृत्वमा पत्रकारहरुलाई साङ्ग्रिला होटलमा लञ्चका लागि लगिएको थियो। भारतीय अमानवीय दादागिरीका कारण ग्यास, तेल र नुन अभाव हुँदा लाखौं नेपाली भोकै बस्नुपर्ने अवस्थामा पुगेको भन्दै केही पत्रकारले दूतावासको लञ्च बहिस्कार गरेका थिए। नयाँ संविधानमा आफ्ना सर्त नमानेको प्रतिशोधमा मधेसी दल उचालेर नेपाल अशान्त पार्दै नाकाबन्दी लादेपछि जनस्तरबाट भारतीय हस्तक्षेपको व्यापक विरोध भइरहेको हो।

No comments:

Post a Comment