Friday, September 25, 2015

प्रधानमन्त्री कोइराला टीकापुर गए

असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला शनिबार विहान कैलालीको टीकापुर गएका छन् । एसएसपीसहित ९ जनाको मृत्यु हुने गरी टीकापुर घटना भएको एक महिना पछि प्रधानमन्त्री कोइराला काठमाडौंबाट टीकापुरका लागि उडिसकका छन् । उनले स्थानीय नेताहरुलाई भेट्ने कार्यक्रम छ । उनी हेलिकोप्टरबाट टीकापुरमा नै ओर्लने बताइएको छ । प्रधानमन्त्री कोइरालाले घटनास्थलको समेत अवलोकन गर्ने बताइएको छ । तर, सुरक्षाका कारण प्रधानमन्त्रीको कार्यतालिका बारे केही खुलाइएको छैन । प्रधानमन्त्री टीकापुर पुग्ने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

No comments:

Post a Comment