Monday, September 28, 2015

मधेसी मोर्चासँग वार्ता गर्न तीन दलद्वारा समिति गठन नाकाबन्दी गर्नुको कारण स्पष्ट पार्न आग्रह

११ असोज, काठमाडौं । आन्दोलनरत मधेस केन्द्रित दलहरुसँग वार्ता गरी सहमतिमा ल्याउन प्रमुख तीन दलले वार्ता टोली गठन गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकले वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा तीन दलका एक-एक जना प्रतिनिधि छन् । कांग्रेसबाट वनमन्त्री महेश आचार्य र एमालेबाट प्रमुख सचेतक अग्नी खरेल छन् । एमाओवादीले भने आफ्नो प्रतिनिधिको नाम दिन बाँकी रहेको बैठकपछि एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । काठमाडौंमा नाकाबन्दी हुने गरी सीमा क्षेत्रमा अवरोध किन गरेको हो र माग के-के हुन् स्पष्टरुपमा राख्न तीन दलले मधेस केन्द्रित दलहरुलाई आग्रह समेत गरेका छन् ।

No comments:

Post a Comment