Friday, September 25, 2015
सौरभ गांगुली सीएबी अध्यक्षमा नियुक्त
८ असोज, काठमाडौं । भारतीय पूर्व कप्तान सौरभ गांगुली क्रिकेट बोर्ड अफ बंगाल सीएबीका अध्यक्ष बनेका छन् ।
पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले यसको घोषणा गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । क्रिकेट बोर्ड अफ बंगालका अधिकारीहरुसँगको छलफलपछि मुख्यमन्त्री ममताले यस्तो घोषणा गरकी हुन् ।
नियुक्तिपछि गांगुलीले भने-यो ठूलो जिम्मेवारी हो । बंगाल क्रिकेटका लागि राम्रो गर्न जति सम्भव छ, गर्छु ।’
बीसीसीआईका पूर्व अध्यक्ष दिवंगत जगतमोहन डालमियाका छोरा अभिषेकलाई सीएबीका सचिव बनाइएको छ । जगतमोहन डालमिया केही दिन अघि मात्र निधन भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment