Sunday, September 27, 2015
पुरुषले फोटो हेरेरै पत्ता लगाउँछन् धोकेबाज महिला
प्रकृतिले पुरुषमा यस्तो क्षमताको विकाश गरिदिएको छ की उनीहरु महिलाको तस्वीर हेरेरै ती महिला सम्बन्धमा इमान्दार छिन् वा धोकेबाज हुन् भन्ने कुरा पत्ता लगाउन सक्छन् ।
सुन्दा पत्यार नलाग्ने र हावादारी जस्तो लाग्ने यो तथ्य वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् ।
वैज्ञानिकहरुका अनुसार कुनैपनि महिलाको फोटोको अनुहार हेरेर पुरुषले महिलाले सम्बन्धमा धोका दिने नदिने भन्ने कुरा पत्ता लगाउन सक्छन् ।
युनिभर्सिटी अफ वेष्टर्न अस्ट्रेलियाका शोधकर्ताहरुले कुनै अपरिचित महिलाको तस्वीर हेरेरै उनको इमान्दारिताको बारेमा पुरुषले निकाल्ने निष्कर्ष सही सावित हुने गरेको तथ्य पत्ता लगाएका हुन् ।
शोधकर्ता टोलीकी सदस्य समान्था लेभर्सले पुरुषले महिलाको फोटोका आधारमा उनको धोकेबाजी चरित्र वा इमान्दारिताका विषयमा गर्ने जजमेन्टमा तितो सत्य लुकेको हुने बताइन् ।
अध्ययनका क्रममा शोधकर्ताहरुले पुरुषहरुलाई विभिन्न १७ जना महिलाहरुका तस्वीर देखाएका थिए जो उनीहरुको पार्टनरसँगै थिए । त्यसपछि पुरुषहरुलाई ती महिलाको इमान्दारिताका विषयमा सोधियो र कुन महिला आफ्नो पार्टनरसँग बढि इमान्दार छन् र को चाहीँ धोकेबाज छन् अर्थात् लोग्नेलाई छलेर अरुसँग पनि सम्बन्ध राख्ने खालका छन् ? भनेर सोधियो ।
एकजना पुरुषसँग मात्र होइन, एउटा तस्वीरलाई विभिन्न पुरुषसँग देखाएर सोही प्रश्न सोधियो । अनि सबै पुरुषबाट आउने जवाफ लगभग समान मात्र पाइएन, पुरुषहरुले महिलाको तस्वीर हेरेर गरेको अनुमान ५५ देखि ५९ प्रतिशत सम्म सही ठहरियो । पुरुषहरुले तस्वीर हेरेरै जो जो महिला छली छन् र पार्टनरसँगको सम्बन्धमा इमान्दार देखिँदैनन् भनेका थिए, लगभग उनीहरुको आचरण त्यस्तै पाइयो ।
शोधकर्ताहरुले महिलाका तस्वीरहरु पुरुषलाई देखाएर चरित्र परीक्षण गराउनु अघि सम्बन्धित महिलाहरुसँग गोप्य रुपमा उनीहरुको सम्बन्धका विषयमा जानकारी लिएका थिए र त्यसको टिपोट राखेका थिए । उक्त टिपोटलाई पुरुषहरुले दिएको जवाफसँग दाँजेर हेर्दा झण्डै ६० प्रतिशत मिलेको पाइयो ।
शोधकर्ताका अनुसार पुरुषको अनुमान पूर्णरुपमा नमिलेको भएपनि तथ्यांकीय हिसाबले निकै महत्वपूर्ण छ । केही सेकेण्ड मात्र फोटो हेर्दैमा गरिने अनुमान शत प्रतिशत सही हुन्छ भन्ने अपेक्षा गर्न नसकिने र फोटोमा एक झलक हेरेकै भरमा पुरुषले महिलाको चरित्रको विषयमा गर्ने अनुमान धेरै हदसम्म सही ठहर्नु निकै महत्वपूर्ण विषय रहेको शोधकर्ता बताउँछिन् ।
शोधकर्ता लेभर्सका अनुसार पुरुषको यो क्षमता प्रकृतिले नै प्रदान गरेको हो । मानव जातिको विकाशक्रममा पुरुष जातिहरु धोकेबाज महिलासँग फस्नबाट जोगियून् भनेर प्रकृतिले यस्तो क्षमता प्रदान गरेको हुनसक्छ: शोधकर्ता भन्छिन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment