Sunday, September 27, 2015

मलेसियामा सडक दुर्घटनामा परेका नेपालीको अवस्था गम्भीर

क्वालालम्पुर । मलेसियामा सडक दुर्घटनामा परी एक नेपाली गम्भीर घाइते भएका छन् । सुनसरी जिल्लाको झुम्का घर भई मलेसियाका जोहोरवारुमा एक सेक्युरिटी कम्पनीमा कार्यरत अन्दाजी ४० वर्षका भीमबहादुर खड्का गाडीको ठक्करबाट गम्भीर घाइते भएका हुन् । विहीवार साँझ करीब चार वजेतिर डिउटी सकेर होस्टलतर्फ आउँदै गर्दा विपरीत दिशावाट आएको ट्रकले गेलनपत्तामा ठक्कर दिएको थियो । खड्काको जोहोरवारुको सुल्तानस्माईल अस्पतालमा आईसियुमा राखेर उपचार भैरहेको छ । खड्काको अवस्था गम्भीर रहेको अस्पताललाई उद्दृत गर्दै एनआरएन मलेसियाका सदस्य ज्ञानेन्द्र सिंहले अनलाईनखवरलाई जानकारी गराए । खड्का एक वर्ष अगाडि मात्रै रोजगारीको लागि मलेसिया आएका थिए ।

No comments:

Post a Comment