Friday, September 25, 2015
सात बुँदे भारतको होईन हाम्रो प्रस्ताव होः कर्ण
७ असोज, काठमाडौं ।
सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले भारतको नामबाट आएको भनिएको सात बुँदे प्रस्ताव भारतको नभई आफुहरुको भएको स्पष्ट पारेका छन । उनले भने–सात बुँदे हाम्रो प्रस्ताव हो । टाईम्स अफ ईण्डियाले हाम्रो मागमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो छापिदिएछ । म नाकाबन्दी भए साईकलमा हिड्छौ भन्ने जस्तो गैर जिम्मेवार अभिब्यक्ति दिन्न ।
कर्णले सरकारले अहिलेसम्म एजेण्डा, समय र स्थान विना बार्तामा बोलाएकोले बार्ता हुन नसकेको भन्दै बार्ताको बातावरण बनाएर बार्ता टोली गठन गरे ट्रयाक टुबाट सुरु गरे ट्रयाक वनमा पुग्दा सहमति हुने दावी गरे ।
उनले तीन दलको निर्णयले पनि बार्ताको बातावरण बन्न नसकेको भन्दै मधेसमा अधिकारकोलागि लड्दा लड्दै सहादत प्राप्त गरेकाहरुलाई शहिद घोषणा गर्न राज्यले अझै कन्जुस्याई गरेको आरोप लगाए ।
उनले भने–राज्यले शहिद घोषणा गरेन, मान्छेको जीवनको मुल्य दश लाख लगायो । मधेसमा शोक हुँदा राज्यले खुसीयाली मनाउन भन्न मिल्दैन । हामीले बालुृवाटारको चिया नखाएको होईन । अब पनि जाँदैनौ ।
यद्यपि कर्णले सरकारको बार्ताको आब्हान सकारात्मक भएको र राज्य यतिवेला केही स्टेप अगाडि बढेको महसुस भएको बताए ।
उनले मधेसलाई जहिले पनि भारतसँग जोडेर हेर्ने गरेकोमा दुख ब्यक्त गर्दै दुबै छिमेकीसँग डिप्लोमेसीमार्फत अघि बढ्नु पर्ने बताए ।
मधेसी जनअधिकार फोरम नेपाल ( गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले मधेसको मागलाई भारतसँग जोड्ने मनोबृत्तिले मधेसी पहाडी वा नेपालकै हित नगर्ने भन्दै नेपालको पहिलो शासक गोपालबंशका सन्तान आफूहरु नै भएको दावी गरे ।
उनले भने–अहिलेको यो दिने र लिने विचको लडाई हो । तर यो कुरा बुझ्नु पर्छ मधेसी लिने मात्रै होईन । मधेसीले म नेपाली हुँ म विकासमा साझेदारी चाहन्छु भनेको हो । यो गंभिरतालाई नबुझ्ने हो भने हामी सबै जल्छौ ।
यादवले मधेसको माग राष्ट्रिय अखण्डता र साम्प्रदायिक सदभावको पक्षमा रहेको दावी गर्दै अहिले पहाडेलाई उचालेर साम्प्रदायिकता बढाउन खोज्ने तत्वहरु सक्रिय भएको आरोप लगाए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment