Friday, September 25, 2015

वार्ता जति लम्ब्यायो त्यति अशान्ति : उपेन्द्र यादव

८ असोज, सप्तरी । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा मधेसवादी दलसँग भएको सम्झौता कार्यान्वयन भएमात्र अविलम्ब वार्ता हुनसक्ने बताएका छन् ।
उनले शुक्रबार सप्तरी सदरमुकाम राजविराजमा पत्रकारहरुसँग कुराकानी गर्दै अहिले मधेसमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनबाट भइरहेको दमन तत्काल रोक्नुपर्ने, छावनीबाट बोलाइएको सेना फिर्ता गर्नुपर्ने, घाइतेको उपचार र क्षतिपूर्तिको पूर्र्ण व्यवस्था गर्नुपर्नेलगायतका माग पनि अघि सारे । साथै, उनले तीन प्रमुख दलले आन्दोलनरत मधेसवादी दलसँग वार्ताको नाममा नाटक गरेको र वार्तातर्फ ठोस कार्ययोजनासहित पहल नगरेको आरोपसमेत लगाए । मधेसी दलसँगको वार्तालाई जति लम्ब्यायो त्यति नै राज्यलाई घाटा हुने र अशान्ति बढ्ने चेतावनी पनि उनले दिए । विगतमा सरकारसँग भएको २२ बुँदे र आठ बुँदे सम्झौता कार्यान्वयनमा नल्याइए राजमार्ग केन्द्रित आन्दोलनलाई निरन्तरता दिइने उनको भनाइ थियो । रासस

No comments:

Post a Comment