Wednesday, September 30, 2015

बेलहिया नाका भएर ग्यास र पेट्रोल नेपाल भित्रियो

सिद्धार्थनगर (रुपन्देही)– रुपन्देहीको बेलहिया नाका भएर बुधबार दिउँसो ग्यास र पेट्रोल नेपाल भित्रिएको छ। अहिलेसम्म तीनवटा पेट्रोल टयाङ्कर तथा एउटा ग्यास बुलेट भारतीय नाका सुनौली हुँदै नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ। कार्यालय प्रमुख लावण्य ढकालका अनुसार नेपाल र भारतीय भन्सारबीच १२ वटा टयाङ्कर (पेट्रोल र डिजेल) तथा चारवटा ग्यास बुलेट छाड्ने सहमति भएको छ। यस विषयमा बुधबार दुवै देशका भन्सार अधिकृतबीच सुनौलीमा सहमति भएको हो। रासस

No comments:

Post a Comment