Sunday, September 27, 2015

कोरियाली युवतीहरुमा नयाँ फेसन, निधारमा प्रेमको प्रतिक

कोरियाली युवतीहरु बेलाबेलामा नयाँ नयाँ फेसनमा मग्न हुन्छन् । पछिल्लो समय एक अनौठो फेसन चलेको छ । अहिले उनीहरु निधारमा प्रेमको प्रतिक मुटुको चिन्ह बनाउन थालेका छन् । आफ्नो कपालबाट निधारमा लटि्कएको लभको आकार बनाउने कोरियाली युवतीहरुको फेसनले निकै चर्चा पाइरहेको छ । हेयर स्प्रे तथा चिम्टाको माध्यमबाट युवतीहरुले आफ्नो कपाललाई मुटुको आकार दिइरहेका छन् । यस्तो फेसन चल्नुको एउटा मुख्य कारण भनेको इन्टाग्रााममा सबैभन्दा धेरै मन पराइएको तस्वीरमध्ये एक केन्डल जेनरको यस्तै तस्वीर जसमा केन्डलले आफ्नो टाउकोमा यस्तै मुटुको आकृति बनाएकी थिइन् । त्यसपछि के चाहियो र ? युवतीहरुले एकाएक त्यसलाई पछ्याउन थाले । यो फेसन ट्रेण्डलाई हातो आपमूरी अर्थात् हार्ट ब्यांग्स हेयर नाम दिइएको छ । यो हेयर स्टाइलका लागि युवतीहरुले ब्युटी पार्लर तथा सैलूनहरुमा पैसा फुकिरहेका छन् । यो फेसनले आफ्नो प्रेमी तथा पतिप्रतिको समर्पणभाव बढ्ने विश्वास उनीहरुको छ ।

No comments:

Post a Comment