Sunday, September 27, 2015
छात्राहरुलाई अनौठो सजाय, कम्बल ओढेर घाममा दौडिनुपर्ने
दक्षिणी चीनको हुनान प्रान्तको एक विश्वविद्यालयले आफ्ना छात्राहरुलाई एक अनिवार्य सैन्य प्रशिक्षणका क्रममा एक अनौठो सजायँ दिएको छ ।
चांग्सास्थित कलेज अफ फरेन स्टडिजले सजायँको रुपमा आफ्ना २० जना छात्रालाई चर्को घाममा बाक्लो कम्बल ओठेर दौडिन लगायो । ती युवतीहरु पूरै पाँच मिनेट तातो गर्मीमा कम्बल ओठेर एथलेटिक्स ट्रयाकमा दौडिए ।
त्यस्तै अन्य केही विद्यार्थीलाई भने कम्बलले सरीर बेरेर टाउकोमा बाल्टिन राखेर दौडिन लगाइएको थियो।
सजाय पाइरहेका छात्रछात्राहरुलाई सैन्य प्रशिक्षण लिइरहेका अनय २ हजार भन्दा बढि विद्यार्थीहरुले हेरिरहेका थिए । अभ्यासका क्रममा अनुशासन उल्लंघन गरेको आरोपमा उनीहरुलाई यस्तो दण्ड दिइएको थियो । दण्डित भएका केही विद्यार्थीहरुले हजारौँ विद्यार्थीको अगाडि यस्तो यातना भोग्दा निकै लाज महसुस भएको बताए । उनीहरुलाई अब मनोपरामर्श दिइने बताइएको छ ।
स्मरण रहोस् अभ्यास तथा अनुशासनात्मक कारवाही चीनको सैन्य शिक्षा कार्यक्रमको एक हिस्सा हो । शारीरिक मजबुती तथा देशभक्ति बढाउने भन्दै चिनका विश्वविद्यालयहरुमा नयाँ छात्रछात्राहरुलाई कडा प्रशिक्षण दिने गरिन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment