Friday, September 25, 2015

जलेश्वरमा दिउँसाे निषेधाज्ञा हटाइयो

गौशाला– स्थानीय प्रशासन कार्यालयले महोत्तरीको सदरमुकाम जलेश्वरमा दिनमा लगाउँदै आएको निषेधाज्ञा (कर्फ्यु) शनिबारबाट हटाएको छ । प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेका अनुसार शनिबारदेखि जलेश्वरमा बिहान ६ बजेदेखि राति ९ बजेसम्म निषेधाज्ञा हटाएको छ भने राति ९ बजेदेखि बिहान ५ सम्म मात्रै निषेधाज्ञा यथावत् नै रहने छ। भदौ २३ गते र २५ गते आन्दोलनको क्रममा जलेश्वरमा एक सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले भदौ २३ गतेदेखि जलेश्वरमा निषेधाज्ञा लगाउँदै आएको थियो। स्थानीय प्रशासनले जलेश्वरमा घटनापश्चात् दिनमा आठ घन्टा, छ घन्टा, चार घन्टा, दुई घन्टा, एक घन्टा निषेधाज्ञा लगाउँदै आएकोमा शनिबारबाट दिनमा पूर्णरुपमा निषेधाज्ञा मुक्त गरिएको प्रजिअ काफ्लेले बताए। रासस

No comments:

Post a Comment