Tuesday, May 12, 2015
बीए तेस्रो वर्ष र १२ कक्षाको परीक्षा स्थगित, जेठको दोस्रो सातासम्म विद्यालय बन्द
काठमाडौं, ३० वैशाख - त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । जेठ १४ गते तोकिएको परीक्षा मंगलवारको दोस्रो ठूलो भूकम्पका कारण स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
परीक्षाको अर्को मिति पछि तोकिने र विद्यार्थीहरुलाई कम्तिमा १५ दिनअघि सूचना दिइने कार्यालयले जनाएको छ । उच्च माध्यमिक शिक्षा परिषदले पनि कक्षा १२ को परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ।
विद्यालय जेठको दोस्रो सातासम्म बन्द - शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने भने पनि अब विद्यालयहरु जेठको दोस्रो सातासम्म बन्द हुने जनाइएको छ।
तत्काल सुचारु हुने अवस्था नरहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले बताए । ग्रामीण क्षेत्रका अधिकांश विद्यालय भवन ध्वस्त भएका कारण पठन पाठन सम्भव नरहेको उनले बताए।
शहरकै पनि कतिपय विद्यालय भवन भत्किएका कारण निजी विद्यालय पनि सञ्चालन हुने अवस्था नरहेको जेभियर इन्टरनेशनल स्कूलका कार्यकारी निर्देशक लोकवहादुर भण्डारीले बताए । बच्चाहरुमा मनोवैज्ञानिक समस्या र अभिवभावकहरुले नै बच्चालाई विद्यालय पठाउने अवस्था नरहेको उनले बताए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment