Monday, February 29, 2016
डाक्टरले निकालेका छन् आधा दिमाग, तर सबै काम गर्नसक्छ यो बच्चा
मस्तिष्कमा थोरै सानो गडबडी हुँदा त मानिस असामान्य बन्दछ र ज्यानै जाने खतरा हुन्छ भने आधा मस्तिष्क नै नहुँदा त हालत के होला ?
कुनैपनि मानिसको आधा मस्तिष्क निकालिँदा समेत ऊ सामान्य अवस्थामै बाँच्न सक्छ र सबै काम सामान्य रुपमै गर्नसक्छ भन्ने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ । तर बेलायतमा भने एक बालकले यस्तै चमत्कार प्रदर्शन गरेका छन् ।
एउटा निकै दुर्लभ रोगबाट पीडित ५ वर्षका लिंकन फ्रिम्यान नामक बालकको आधा मस्तिष्क डाक्टरहरुले शल्यक्रिया गरी हटाइदिएका छन् । यसरी आधा मस्तिष्क काटेर फ्याँकिदिएपछि ती बालकको ज्यान तत्कालै नगएपनि उनी कहिल्यैपनि बोल्न नसक्ने र हिँडडुल पनि गर्न नसक्ने ठम्याइ डाक्टरहरुको थियो ।
तर डाक्टरहरुको अनुमानलाई गलत सावित गर्दै ती बालकले समग्र विज्ञानलाई नै चुनौती दिएका छन् । आधा मस्तिष्क फ्याँकेर पनि ती बालक पूरै फिट छन् र सबै काम सामान्य मानिसले जस्तै गर्न सक्छन् ।
लिंकन जन्मिँदै उनको मुखमा राता दागहरु थिए । यस्ता दागहरुले उनको अनुहार विस्तारै ढाक्न थाल्यो । एमआरआइ स्क्यान गर्दा उनको मस्तिष्कमा समस्या रहेको थाहा भयो । उनी स्ट्रुज बेवर सिन्ड्रोम नामक समस्याबाट पीडित रहेको पत्ता लाग्यो । सोही कारण उनी दिनमै ८० भन्दा बढि पटक बेहोस हुन्थे ।
रोग पत्ता लागेसँगै डाक्टरहरुले ती बालकको आधा मस्तिष्क शल्यक्रिया गरी हटाउने निर्णय गरे । उनलाई लण्डनको ग्रेड आर्मड स्ट्रीट अस्पतालमा भर्ना गरियो । एक वर्षसम्म उनलाई डाक्टरको पूर्ण निगरानीमा राखियो र १३ औँ महिनामा मस्तिष्कको शल्यक्रिया गरियो । ८ घण्टा लगाएर डाक्टरहरुले शल्यक्रिया गरी उनको आधा मस्तिष्क हटाए ।
शल्यक्रियापछि ती बालक जुन रुपमा प्रकट भए त्यसले सबै आश्चर्यमा पारे । उनी पूर्णतः स्वस्थ बालकको रुपमा तंगि्रए । छोरा लिंकन निकै बहादुर बनेर निस्किएको र अरु बच्चाको लागि प्रेरणाको श्रोत भएको आमा किम बताउँछिन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment