Monday, February 8, 2016

दिवंगत पूर्व प्रधानमन्त्री कोइरालाको भोलि मात्र अन्त्येष्टि गरिने

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका दिवंगत सभापति एवं पूर्व प्रधानमन्त्री सु्शील कोइरालाको भोलि बुधबार मात्र अन्त्येष्टि गरिने भएको छ । कांग्रेस केन्द्रीय समितिको मंगलबार बसेको आकस्मिक बैठकले कोइरालाको पार्थिव शरीर श्रद्धान्जलीका लागि रंगशालामा राख्ने निर्णय गरेको छ । कोइरालाको गएराति १२ः५० मा निधन भएको थियो । उनको पार्थिव शरीरलाई अहिले पार्टी कार्यालय सानेपामा राखिएको छ । १२ बजेबाट अन्तिम श्रद्धान्जलीका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिनेछ । कांग्रेस बैठकले बुधबार २ बजे कोइरालाको अन्तिम संस्कार गर्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment